CIN NEWS

CIN NEWS

News NE ↓ 1346 episodes

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Author

CIN NEWS

Category

News

Podcast website

cinkhabar.com

Latest episode

Jan 16, 2024

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

अपमान गर्ने सन्तानलाई ३ लाख जरिमाना 09.08.2019

सरकारले संसदमा पेश गरेको विधेयक पारित भए प्रत्येक व्यक्तिले आफूले कमाएको मध्ये केही प्रतिशत रकम अनिवार्य रूपमा आफ्नो बुवा, आमाको बैँक खातामा जम्मा गर्नुपर्ने छ ।

यो वर्ष धान उत्पादन घट्ने 08.08.2019

 कृषि मन्त्रालयका सह प्रवक्ता डा. प्रदिपचन्द्र भट्टराईले भन्नुभयो, ‘समयमा पानी परेको भए धानको उत्पादन राम्रो हुन्थ्यो तर पछि रोपिएको धानले क्षेत्रफल धेरै भएपनि उत्पादन कम हुन्छ, यो प्राविधिक विषय हो । तर कति घट्छ भनेर भन्नको लागिचाहिँ रिसर्च नै गर्नुपर्ने हुन्छ, त्यो अहिले हामीले गरिसकेको छैन ।’ 

काँग्रेसभित्रको गुट र राजनीति 07.08.2019

 नेविसंघ मोरङका नेता विष्णु भुर्तेल नेताहरुको गुटगत राजनीतिबाट दिक्क हुनुहुन्छ । भुर्तेल जस्तै काँग्रेसका अधिकांश कार्यकर्ता नेताहरुको गुटगत राजनीतिमा सन्तुष्ट छैनन् । भुर्तेलले भन्नुभयो, ‘सन्तुष्ट हुने ठाउँ त धेरै कम मात्रै छ, राजनीतिक परिवर्तनपछि हुने सामाजिक, साँस्कृतिक आन्दोलनहरु थिए गाउँ गाउँका, त्यसलाई लिएर जान सकेन ।’ 

हरेक नेपालीलाई २ किलो मासुको अभाव 06.08.2019

पशु सेवा विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा भारत र चीनबाट मात्र ६० हजार पाँच सय ६६ वटा राँगा र चार लाख ११ हजार ८८ वटा खसी, बोका आयात गरिएको छ । यहि अनुसार आयात जारी रहे चालु वर्षमा मासुमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य पूरा हुने देखिदैन ।

बाँकेका आमा समूहको लोभलाग्दो सक्रियता 06.08.2019

न् २०३० सम्ममा गर्भवति महिलाको मृत्युदर प्रतिलाखमा ७० मा झार्ने लक्ष्य सरकारको छ । सरकारको लक्ष्यलाई सहयोग पुर्‍याउन बाँकेका महिला समूहको सक्रियता लोभलाग्दो छ ।

सिँचाईका लागि आकाशे पानी 05.08.2019

सिरहाका जयराम महतो पनि आकाशे पानी परेको बेला खाल्डो वा पोखरी बनाएर पानी जम्मा गर्ने र त्यहि पानीको प्रयोग गरेर कृषि उत्पादनमा प्रयोग गर्ने गर्नुहुन्छ । नेपालको कुल भू–भागको १७ लाख ६६ हजार हेक्टर क्षेत्रफल सिँचाई योग्य भएपनि १० लाख हेक्टर क्षेत्रफलमा मात्रै सिँचाई सुविधा पुगेको छ ।

कपडा उद्यमी कस्मीरा खातुनको सफलताको कथा । 03.08.2019

मिहेनत गर्नुअघि केहि गर्ने सपना देख्नुपर्छ, अनि सपना पूरा गर्न चाहिन्छ, हिम्मत । दुख, कष्ट र समस्याहरुसँग नहारे समाजको उदाहरण बन्न सकिन्छ । नेपालगञ्जमा कपडा उद्योग चलाउने मुस्लिम समूदायका एकजना महिलाको सफलताको कथा । 

किन आवश्यक छ बाघ संरक्षण ? 02.08.2019

 यदि कोही व्यक्तिले बाघलाई घाइते बनाए, मारे, यसका कुनै अंगप्रत्यंग छाला, दारा, जुंगा, नङ्ग्रा, ओसारपसार गरे, ब्यापार गरे वा घरमा राखेमा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५ देखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । 

छोइनसक्नु तरकारीको भाउ 01.08.2019

 क महिना अघि ५३ रुपैयाँ रहेका घिरौलाको मूल्य ७८ रुपैया पुगेको छ भने ७८ रुपैया किलो रहेको भटमास १ सय ५ रुपैया पुगेको छ । २६ रुपैयाँ रहेको सेतो आलु ३३ रुपैयाँ पुगेको छ । 

तीन तहका सरकारबीच समन्वय नहुँदा विकासमा असर 01.08.2019

 सापकोटाले भन्नुभयो, ‘तपाईले गरिराखेको काम मैले एकैचोटी लिंदा तपाईले मलाई धेरै कुरा बुझाउनुपर्ने हुन्छ । तपाईले के गर्नुभएको थियो, कसरी गर्नुभएको थियो, के सोचेर गर्न थाल्नुभएको थियो ? आदि कुराहरु सोध्नुपर्यो नि । २० करोडको ठेक्का होला, १५ करोडको ठेक्का होला, अथवा २ करोडको ठेक्का होला, ५० लाखको मात्रै होला । हामीले यो सोचेर यहाँसम्म यो हिसाबले काम गरेका थियौं, तर अब यो ठेक्काचाहिँ तपाईहरुकोमा...

३२ हजार सरकारी कर्मचारी सामाजिक सुरक्षा बाहिर 31.07.2019

सामाजिक सुरक्षा ऐन् २०७४ को दफा २१ मा सरकारी सेवामा बहाल रहेका व्यक्ति वा सरकारी कोषबाट सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि यसै महिनादेखी सरकारले सामाजिक सुरक्षा कोष सङ्कलन गर्दैछ ।

सरकारको भ्यू – टावर मोह 29.07.2019

 नेपालमा ६० वर्ष अघिबाट भ्यू टावर निर्माण सुरु भएको हो । भ्यू–टावर निर्माण गर्नु भनेको छेउछाउका घर, रुख, अग्लो पहाड, डाँडा भन्दा अलिकति माथि पुगेर दृश्यहरु हेर्न सक्ने अवस्था बनाउनु हो । नेपालका डाँडाकाँडा आफैंमा गगनचुम्बी भ्यू–टावर हुन् । तिनै अग्ला डाँडामा सिमेन्टका थुम्का साँच्चिकै आवश्यकता हो त ? बहसको विषय बनाउनु जरुरी छ । 

सुदूरपश्चिममा मदिरा 'एक पाउ, एक साँझ' 26.07.2019

कतिपय स्थानीय तहले आफ्नो गाउँ र नगरलाई मदिरा निषेधित घोषणा गरिसकेका छन् भने कतिपयले मदिरा नियन्त्रणका लागि कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् ।

सुदुरपश्चिम प्रदेशका सबै स्थानीय तह पकेट क्षेत्र घोषणा हुँदै 24.07.2019

हिमाली क्षेत्र स्याउ र ओखरको लागि राम्रो भएपनि तल्लो भेगमा भने तरकारी खेतिबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । तरकारी खेती गरिरहनु भएका किसान चक्रबहादुर साउद आफ्नो आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । बैतडी, डडेल्धुरा, डोटी र अछाम सुन्तला जातका फलफूल राम्रोसँग उत्पादन हुने क्षेत्र हो । कागति, अनार, सुन्तला लगाएतका फलफूल लगाउने हो भने किसानहरुले मनग्य आम्दानी गर्न सक्ने कृषि प्राविधिक बताउँछन् ।

रोकिएला त असारे विकास ? 24.07.2019

 समयमा बजेट नआउँदा अघिल्लो आर्थिक वर्षमा विराटनगर महानगरपालिकाको झन्डै ८ करोड बजेट फ्रिज भयो । यस वर्षबाट भने महानगरले निर्माणको चरणमा जानुभन्दा पहिलेको काम भदौसम्म सक्ने र फागुनसम्म सबै योजना सक्नेगरी काम सुरु गरेको छ । 

हुम्लाका विपन्न नागरिको अनुदानबाट कर्मचारीलाई घुस 23.07.2019

सरकार मातहतका निकायको काम नागरिकको सेवा गर्नु हो । तर हुम्लामा भने सेवा गर्ने निकायका कर्मचारीले आर्थिक शोषण गरेको खुलासा भएको छ ।

किसानसँग समस्याका चाङ 21.07.2019

  काभ्रेका विष्णुप्रसाद सापकोटाले थोरै भएपनि आधुनिक प्रविधिको उपयोग त गर्नुभएको छ तर उत्पादनले मुल्य नपाएको गुनासो गर्नुहुन्छ । सापकोटाले भन्नुभयो, ‘मैले पाँच महिना लगाएर बन्दा तयार गरेँ, त्यो लगेर बजार १० रुपैयाँ किलो बेच्छु । ७/८ रुपैयाँ त मेरो लागत परेको छ । अनि उसले १० मा किनेर २० मा बेच्छ । डबल खान्छ ।’

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनको परीक्षण सफल 20.07.2019

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २ सय ५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर क्षेत्रको पाईप परीक्षण गरिएको हो । 

साँघुरो ठाउँमा काेचिएर बस्नुपरेको छः सेतीमाया श्रेष्ठ, भूकम्प प्रभावित 20.07.2019

 धादिङको नीलकण्ठ नगरपालिका १२ साङकोशका सेतीमाया श्रेष्ठले सकसपूर्ण जीवन बिताउनुपरेको गुनासो सुनाउनुभयो ।  

जोखिमयुक्त स्ठानमा रातदिन बिताउन गाह्रो छः प्रेमबहादुर रोका, भूकम्प प्रभावित 20.07.2019

 पुनर्निर्माण नगरिँदा जोखिमयुक्त स्थानमा दिनरात बिताउनुपर्दा त्रास उत्पन्न हुने गरेको मेलम्ची नगरपालिका ५ का प्रेमबहादुर रोकाले बताउनुभयो ।  

निवेदन दिएका सबै लाभग्राहीमा पर्दैनन्ः मनोहर घिमिरे, सहप्रवक्ता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण 20.07.2019

 गुनासो सुनुवाइबाट १ लाखभन्दा धेरै सङख्यामा लाभग्राही थपिएको र २ सय ७२ वटा बस्ती सार्नुपर्ने विज्ञको समूहले निष्कर्ष निकालेको राष्ट्रिय पुन निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले सीआईएनसँग बताउनुभयो ।  

बाढी प्रभावितलाई स्वास्थ्य समस्या 19.07.2019

 रौतहटका शिवहरी महतोको माटोको घर छ । डुुबानका कारण उहाँको घरभरि पानी पस्यो । विद्यालयमा आश्रय लिएर बसिरहनु भएका उहाँको परिवारलाई खान, बस्न जति समस्या छ, स्वास्थ्य समस्याले झन सताउन थालेको छ । 

वैदेशिक रोजगारीमा महिलामाथिको प्रतिबन्ध हटाउन मानवअधिकार आयोगको माग 18.07.2019

 वैदेशिक रोजगारीमा जानेहरु शोषणमा परेको र उनिहरुको मानव अधिकारको हनन् भएको भएपनि सरकारको कमद प्रभावकारी नभएको मानव अधिकारको क्षेत्रमा काम गर्नेहरु बताउँछन् । 

जुत्ताभित्र पनि सर्प बसेको हुनसक्छः डा शेरबहादुर पुन 16.07.2019

बासस्थान खोज्दै जाँदा सर्प बुट जुत्ताभित्र पसेको हुनसक्ने भएकाले जुत्ता लगाउँदा जाँच गरेर मात्र लगानउनुपर्ने डा पुनले सुझाव दिनुभयो । 

झुल लगाएर पनि सर्पबाट जोगिन सकिन्छः डा पारस पाण्डे 16.07.2019

भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एनेस्थियोलोजिस्ट डा पाण्डेका अनुसार गर्मी सुरु भएयता अस्पतालमा दैनिक कम्तिमा १० जना सर्पदंशका बिरामी आउने गरेका छन् । 

Listen to the CIN NEWS podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.