CIN NEWS

CIN NEWS

News NE ↓ 1346 episodes

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Author

CIN NEWS

Category

News

Podcast website

cinkhabar.com

Latest episode

Jan 16, 2024

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

जुत्ता–चप्पल उत्पादनमा आधाभन्दा बढी कामदार महिला 17.10.2019

फूटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफम्यान) का अनुसार देशभित्रका उद्योगमार्फत् वर्षमा आठ करोड जोर जुत्ता–चप्पल उत्पादन हुने गरेको छ । जसबाट करिब १९ अर्ब बराबरको कारोबार हुने गरेको छ । कुल बजारको करिब आधा कारोबार ओगटेको नेपाली जुत्ता उत्पादनमा झण्डै ५० प्रतिशत कामदार महिला छन् ।

अबको १० वर्षपछि चिनिया रेल नेपाल आउने 15.10.2019

नेपाल र चीनबीच केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर अर्थात् विस्तृत परियोजना प्रतिवेदन अध्ययन गर्ने सहमतिमा हस्ताक्षर भयो । अबको ९ देखि १० वर्षपछि नेपालमा चीनबाट रेल आउनेछ । 

नेपालमा प्राकृतिक प्रकोप : जोखिम धेरै, नियन्त्रणको प्रयास कमजोर 14.10.2019

सरकारले अहिले देशका कुन ठाउँमा कुन प्रकारको जोखिम छ, त्यो जोखिम कुन समयमा आउँछ भन्ने बारे अध्ययन गर्न लागेको छ । त्यो अध्ययन सफल भए जोखिम नियन्त्रणको कामलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने गृह मन्त्रालयको भनाइ छ । विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण बनाउने तयारी भएको पनि २० वर्षभयो । यस वर्ष भने त्यो पहल सुरु भएको छ ।

अबको लक्ष्य : पूर्ण सरसफाइ 02.10.2019

पूर्ण सरसफाइ अन्तरगत ढल व्यवस्थापन, चर्पीको प्रयोग, सुरक्षित खानेपानीको मात्र प्रयोग, खानेपानीको सुरक्षित भण्डारण, सुरक्षित खानेकुरा, व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता तथा वातावरणीय सरसफाइ लगायतका विषय पर्दछन् ।

सी विचारको बहस संयोग र शङ्काको सुविधा 28.09.2019

चिनियाँ राष्ट्रपति सी जिनफिङ यही असोज महिनाको अन्तिममा नेपाल भ्रमणमा आउने पक्का हुनु र चिनियाँ कम्युनिष्ट विचारधारा बारे बहस हुने समय एकै परेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच हरेक वर्ष नीतिगत छलफल गर्नेलगायत सहमति भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस विरोधमा उत्रिएको छ ।

वास्तविक हुरी प्रभावितले घर नपाएको गुनासो 26.09.2019

वडाध्याक्ष र गाउँपालिकाका अध्यक्षको सिफारिसमा जसको घर छ उसले थप घर पाएको पीडितहरुको गुनासो छ । गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव भने घर पाउनेहरु पनि वास्तविक पीडित भएका र वडाअध्यक्षले त्यसैकारण सिफारिस गरेको बताउनुहुन्छ ।

महिला मन्त्रीले बनाएका योजना कति पूरा, कति अधुरा ? 16.09.2019

संस्थागत योजनामा केन्द्रमा बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकका गुनासो सुन्न एवम् समस्या समाधान गर्नका लागि सहयोगी सेवा कक्ष र समस्या समाधान कक्षको स्थापना गर्ने भनिएको थियो ।

मेट्ला मेलम्चीको पानीले काठमाडौंको प्यास ? 13.09.2019

मन्त्रीमा उहाँको नियुक्ति भएको करिब १० महिनामा इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का रद्द भयो । त्यसको करिब ६ महिनापछि नयाँ ठेकेदार कम्पनी छनौट भएको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रराज पन्त बताउनुहुन्छ ।

फौजी किराले बाली सखाप पारेपछि भोकमरी हुने चिन्तामा किसान 13.09.2019

धान निकै कम फल्ने र प्रमुख बाली मकै भएकाले अब भोकमरी हुने हो कि भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो । लामो खडेरी पछि यस क्षेत्रमा किसानले मकै रोपेका थिए । मकैका बिरुवा राम्रोसँग सप्रिएको थियो । तर गोड्ने बेलामा मकैको बोटै किराले खाएपछि, किसानहरुमा अनिकालको चिन्ता छ ।

जमिनका मालिक बनेका 'महिलाको गाउँ' 13.09.2019

नेपालगञ्जबाट करिब ७ किलोमिटर पश्चिम दक्षिणतर्फ वन्जारे गाँउ छ । गाँउमा मधेसी र मुस्लिम समुदायका नागरिकको वाक्लो बसोबास छ । स्थानीयसँग धेरै जमिन त छैन । तर जति छ, त्यो जमिनका मालिक महिला छन् ।

धनकुटा नगरपालिका फोहोर व्यवस्थापनमा अब्बल 11.09.2019

सरकारले लिएको दिगो विकास लक्ष्यमा सन् २०३० सम्म खानेपानी र सरसफाईको पहुँच, शहरी फोरमैला व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलित स्मार्ट भिलेजमा ९० प्रतिशत लक्ष्य हाँसिल गर्ने भनिएको छ । तर धनकुटा नगरपालिका अहिले नै ८५ प्रतिशत भन्दा माथि रहेको नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।

संघीय राजधानीमा पानीको हाहाकार 09.09.2019

दिगो विकासका लक्ष्यअनुसार सन् २०३० सम्ममा सबैको निम्ति सुरक्षित र किफायती वा वेहोर्न सकिने खानेपानीको सर्वव्यापी र समतामूलक पहुँच हासिल गर्ने सरकारको अभियान छ ।

कार्ड अनिवार्य भएपछि मदिरा खाने घटे 05.09.2019

बाजुराको गौमुल गाउँपालिकाले थालेको मदिरा व्यवस्थापनको काम प्रभावकारी बनेको छ । गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि, मदिरा विक्रि वितरण र सेवन गर्नेहरु उल्लेख्य मात्रामा घटेका छन् । 

कहिलेसम्म भइरहन्छ कर्मचारी अभावको समस्या ? 05.09.2019

सुदूरपश्चिमको हिमाली गाउँपालिका मात्रै होइन, पूर्वको ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पनि कर्मचारी समस्या उस्तै छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीका अनुसार कृषि र पशुका बाहेक २७ जना कर्मचारीको दरबन्दीमा अहिले ९ जनाले काम गरिरहेका छन् ।

लागूऔषधको लतभन्दा जटिल बालबालिकामा इन्टरनेटको लत 31.08.2019

१० देखि १८ वर्ष मुनिका बालबालिकामा गरिएको एक सर्वेक्षण अनुसार ७२ प्रतिशतले इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । त्यो क्रममा प्रत्येक ४ जना बालिकामध्ये १ जना र ६ जना बालकमध्ये १ जना दुव्र्यवहारमा पर्ने गरेका छन् । इन्टरनेटको ज्यादा प्रयोगले बालबालिकाको सिकाइमा समेत असर परेको विभिन्न अध्ययनले देखाएको छ ।

सूर्तिजन्य पदार्थको नियन्त्रण : कानुन कार्यान्वयनमा चुनौति 28.08.2019

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुने, घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुने, सुर्तिजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने, विज्ञापन तथा प्रायोजन गर्न नपाइने लगाएतको व्यवस्था गरेको छ ।

न्यून ज्यालामा काम गर्दै विद्यालय कर्मचारी 26.08.2019

विद्यालय सहयोगी, प्रशासन सहायक र प्रारम्भीक बालविकासका सहयोगी कार्यकर्ताका लागि सरकारले प्रोत्साहन अनुदान भनेर इसिडिका लागि ६ हजार, विद्यालय सहयोगीको ४५ सय देखि ७५ सय र प्रशासन सहायकका लागि ११ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । त्यसमा स्थानीय सरकारहरुले थप गरेर दिन सक्ने केन्द्र सरकारको तर्क छ ।

३३ प्रतिशत महिला सहभागिता नीतिमा मात्रै 25.08.2019

संविधानको मौलिक हक अन्तर्गत धारा ३८ को उपधारा (४) मा महिलालाई राज्यका सबै निकायमा समानुपातिक सहभागिताको हक हुने उल्लेख छ । यो व्यवस्था अनुसार राज्यका हरेक तह, तप्का र निकायमा महिलाको जनसंख्या तथा नेपालमा रहेको जातीय विविधता (जनजाति र आदिवासी, मधेसी, दलित)का आधारमा महिला सहभागितालाई सुनिश्चित गरिनुपर्ने हो ।

गरिबी अन्त्य अभियानमा चुनौतीका चाङ 20.08.2019

अब बाँकी ५१ जिल्लामा रहेका गरिबको सूची तयार पार्ने क्रममा सरकार छ । गरिब पहिचानको दोस्रो चरणका काम भइरहेको भए पनि बाँकी रहेका जिल्लाहरूमा गरिब पहिचानको कार्यक्रम सुरुवात नै भएको छैन ।

निजी आवास निर्माणमा ढिलाइ : जोखिमयुक्त बस्ती मुख्य चुनौति 19.08.2019

 सीआईएनसँगको कुराकानीमा प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले भन्नुभयो, ‘अघिल्लो वर्ष हामीले एक चरणको सम्पन्न गर्यौं र अहिले फेरि हामीले छुट तथा पुनः जाँच सर्वेक्षण भनेर एक लाख ७७ हजार सर्वेक्षण गरेका छौं । त्यसबाट लाभग्राही पहिचान गरेर उहाँहरुलाई अनुदान सम्झौता गराउने, रकम दिने र घर बनाउने कुरा हाम्रोलागि अहिले सबैभन्दा चुनौतिको विषय बनेको छ ।’ 

माछा पालन व्यवसायमा गोलन्जोरका युवा 18.08.2019

सामुहिक रुपमा सुरु गरेको माछा पालन अरु युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने बैदेशिक रोजगारीबाट फर्र्किएर माछापालनमा लाग्नुभएका समूहका सदस्य ध्रुव थापाको विश्वास छ । 

रासायनिक मल नहालेरै मनग्गे उत्पादन 18.08.2019

गाईवस्तुको मल बाली विरुवाका लागि निकै राम्रो हुने कृषिविज्ञहरु बताउँछन् । तर किसानले कम्पोष्ट मलको सट्टा रासायनिक मल प्रयोग गर्ने क्रम रोकिएको छैन । रासायनिक मलको प्रयोग कम गराउन किसानलाई सचेतनाका कार्यक्रम र कम्पोष्ट मल बनाउने सीप सिकाउन जरुरी देखिन्छ ।

पूर्ण स्तनपानका लागि सुदुरपश्चिम सरकारको विशेष कार्यक्रम 17.08.2019

 सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य निर्देशनालय, सुदुरपश्चिमका जनस्वास्थ्य अधिकृत रमेश मलासीले प्रदेश सरकारले पहिलो वर्ष प्रदेश मातहत रहेका सबै स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना गर्ने बताउनुभयो । 

काभ्रेमा कपडा बैँक प्रभावकारी बन्दै 12.08.2019

नवजीवन परोपकार सेवा समाजका आजीवन सदस्य सर्वश्री अधिकारी विभिन्न समस्यामा परेको तथा विपन्न परिवारलाई समस्या नहोस् भनेर कपडा बैँक स्थापना गरेको बताउनुहन्छ ।

बालकल्याण माविमा वर्षे विदामा पढाइ 12.08.2019

सामान्यतया हरेक सामुदायिक विद्यालय वर्खाको समयमा एक महिनाका लागि बिदा गरिन्छ र शिक्षक तथा विद्यार्थी आ आफ्नो घर जाने गर्छन् । तर रोल्पाको एउटा विद्यालयले भने विद्यार्थीलाई थप ज्ञान आर्जन होस् भन्दै पढाइलाई निरन्तरता दिएको छ ।

Listen to the CIN NEWS podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.