Christina Sieber
सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !
पशु संचार मार्फत सान्त्वना फेला पार्नुहोस् आफ्नो प्यारो पाल्तु जनावर, सबै भन्दा राम्रो साथी संग कुरा गर्न पशु संचार गर्दै रचिएको एक संग्रह। तपाईका घरपालुवा जनावरहरूले तपाईलाई सान्त्वना दिन चाहन्छन् र उनीहरूले तपाईलाई कति माया गर्छन् भनी बताउन चाहन्छन्। प्रायः तिनीहरू तपाईलाई आफैंसंग कोमल हुन र एक पटकमा एक दिन जीवन लिनको लागि भन्न चाहन्छन्। सत्रहरू तपाईको लागि रेकर्ड गरिएका छन् र नोटहरू लिनको लागि पुस्तकमा ठाउँ छ। तपाईका घरपालुवा जनावरहरू तपाईसंग यस यात्रामा जान चाहन्छन्।यो पुस्तक र पोडकास्ट पशु संचार को उपकरण मार्फत सिर्जना गरिएको हो। श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवादwww.voice-for-nature.com
Podcast'in sitesini ziyaret etmeyi ve yapımcısını desteklemeyi unutma: www.voice-for-nature.com
Yazar
Christina Sieber
Kategori
Podcast web sitesi
Son bölüm
29 Ağu 2023
Nereden dinlenir?
Uygulamada podcast'ler Replaio Radio Çok yakındaPodcast'ler çok yakında uygulamaya geliyor. Şimdi yükle ve podcast'lere yepyeni bir bakışı ilk gören sen ol
Bölümler
अध्याय १४ - अन्तिम शब्दहरु र नयाँ आरम्भ 29.08.2023 2:06
घ रपालुवा जनावरहरूले तपाईलाई उनीहरूसंग कुरा गरिरहन प्रोत्साहन दिन चाहन्छन्। तिनीहरू तपाईको जीवनमा हुन र सबै कुरामा भाग लिन मन पराउँछन्। तिनीहरू नदेखिए तापनि तिनीहरू सधैं यहाँ छन् भनी तपाईलाई जानकारी गराउन मन पराउँछन् । तिनीहरूले तपाईलाई आफ्नो उपस्थितिको सान्त्वना दिन चाहन्छन् र तपाईलाई थाहा दिन चाहन्छन् कि तिनीहरूले तपाईलाई कति माया गर्छन्। "केवल बुझ्नुहोस् कि हामी अझै यहाँ छौं - हामी सधै...
अध्याय १३ - कुराकानी जारी राख्दै 29.08.2023 1:27
अ न्तिम सत्रको लागि, तपाई आफ्नो घरपालुवा जनावरमा फर्कन सक्नुहुन्छ, "नमस्ते" भन्नुहोस् र तपाईले तिनीहरूको बारेमा के देख्नुहुन्छ ध्यान दिनुहोस्। पहिलो सत्रमा पहिलो पटक भेटेपछि के तपाईको सम्बन्धमा केही परिवर्तन भएको छ? के तपाईका घरपालुवा जनावरको लागी केहि प्रश्नहरु छन्? के तपाई उनिहरूसंगै केहि समय बिताउन चाहानुहुन्छ र साथीहरु भेटेर गफ गरे झै कुराकानीलाई सजिलै संग चल्न दिन चाहानुहुन्छ ? अब स...
अध्याय १२ - आफ्नो सम्बन्धको उत्सव मनाउनु 29.08.2023 4:36
यस सत्रको लागि घरपालुवा जनावरहरूले उत्सवको विषयवस्तु छनौट गरेका छन्। तिनीहरू जोड दिन चाहन्छन् कि जीवन एक उपहार हो र तिनीहरू हामीसंग यो तथ्य मनाउन चाहन्छन् र हामी सबै यसरी संगै आउँछौं, र हामी कहिलेकाहीँ खेल्छौं, गाउँछौं र संगै जिवनको पलहरु खुसीले मनाउछौं। जनावरहरूको लागि, जीवन एक पवित्र यात्रा हो र यात्राको अन्त्यमा त्यहाँ के थियो, के प्राप्त भयो, र त्यहाँबाट कसरी कुन बाटो जान्छ भनेर स्वीकार...
अध्याय ११ - व्यक्तिगत सल्लाहकार 29.08.2023 3:12
तपाईको प्रिय पाल्तु जनावर तपाईको लागि सल्लाहकार जस्तै हुन चाहन्छन। यस सत्रमा, तपाईले पहिले आफुलाई सल्लाह चाहिने कुराहरूको बारेमा केही प्रश्नहरू लेख्न सक्नुहुन्छ। तपाईले पहिले तिनीहरूलाई कसरी धेरै सम्झनुबाट पार गर्न सक्छु भन्ने बारे सोध्न सक्नुहुन्छ। उनीहरूसंग यो अवस्थाको सामना कसरी गर्ने भन्ने बारे सल्लाह माग्नुहोस् ? सायद तपाईको साथीसंग कुरा गर्दै यो दिशामा बाँधिनु एक कदम हो। तपाईले आफ्...
अध्याय १० - ज्योतिको संसारहरू 29.08.2023 4:07
पक्कै पनि तपाई आफ्नो साथी अहिले कस्तो छ भनेर जान्न चाहनुहुन्छ होला। यस सत्रमा तपाईले पहिले आफ्नो घरपालुवा जनावरहरूलाई भेट्टाउने ठाउँको बारेमा केही प्रश्नहरू लेख्न सक्नुहुन्छ। सायद तपाईसंग तिनीहरूको संक्रमणको बारेमा केही प्रश्नहरू छन्। तिनीहरूको लागि यो कस्तो थियो? के तिनीहरू आफ्नो अनुभवको बारेमा केहि साझा गर्न चाहन्छन्? तिनीहरूले इन्द्रेणी पुल माथि ज्योतिको संसारमा जाने अनुभव कसरी गरे? अहि...
अध्याय ९ - प्रश्नहरू सोध्दै 29.08.2023 3:10
यो सत्र सुरु गर्न, तपाई आफ्नो पाल्तु जनावरको लागी केहि प्रश्नहरु लेख्न सक्नुहुन्छ। सायद तपाई सोध्न चाहानुहुन्छ कि उनीहरूले तपाईसंग समय बिताउदा कसरी रमाइलो गरे होला। के उनीहरूलाई उनीहरू सुतेको ठाउँ मन परेको थियो त ? के तिनीहरूले बाहिर हिढ्न जाँदा आनन्द उठाए ? के तिनीहरूले तपाईसंग खेल्न मन पराए? तिनीहरूले तपाईसंगै जिवन बिताउदा कस्तो अनुभव गरे भन्ने बारे तपाई जान्न चाहने कुनै पनि कुरा सोध्न स...
अध्याय ८ - तिम्रा सम्झनाहरू कोर्दै 29.08.2023 1:49
अर्को सत्रको लागि, तपाईले केही कोर्न रंगीन पेन्सिल र कलमहरू, साथै कागजका केही टुक्राहरू वा नोटप्याडहरू निकालेको तपाईको घरपालुवा जनावरहरूले चाहन्छन्। तपाईले आफ्नो घरपालुवा जनावरको चित्र कोर्न सुरु गरेको तिनीहरू देख्न चाहन्छन्। यो कलाको टुक्रा हुनु वा भब्य हुनु पनि आवश्यक छैन। मुख्य उद्देश्य भनेको तपाईको घरपालुवा जनावरको लागि तपाईको प्रेमसंग जोड्नु र यसलाई रंग र आकारहरूमा व्यक्त गर्नु हो। सा...
अध्याय ७- असल सम्झनाहरु 29.08.2023 3:29
पहिले तपाईले आफ्नो घरपालुवा जनावर संगै बिताएका तीनवटा अविस्मरणीय समयहरू आफ्नो स्मृतिमा सङ्कलन गर्न सक्नुहुनेछ। आदर्श रूपमा, तपाईले तपाईको लागि धेरै विशेष लाग्ने पलहरू छनौट गर्नुहुनेछ। अब तपाई आफ्नो घरपालुवा जनावरतिर फर्केर "नमस्ते" भनेर तिनीहरूले कस्तो प्रतिक्रिया देखाउँछन् हेर्नु होस्। हुनसक्छ तपाईहरू एक-अर्कालाई भेट्ने यो नयाँ तरिकामा बढी अभ्यस्त भइसकेको हुन सक्ला, तपाईले के देख्नुहुन्छ केवल ध्य...
अध्याय ६ -आफ्नो पाल्तु जनावरसंग साझेदारी 29.08.2023 2:26
तपाईले आफ्नो घरपालुवा जनावरलाई बताउन चाहनुहुने कुराहरूको बारेमा सोचेर यो सत्र सुरु गर्न सक्नुहुन्छ। हुनसक्छ यी चीजहरू तपाईले उनीहरूलाई भनिसक्नु भएको थियो, वा उनीहरू बित्नु अघि भन्न मन पराउनुहुन्थ्यो भनेर महसुस गर्नुभयो। तिनीहरू तपाईको जीवनमा कति महत्त्वपूर्ण छन् भनेर तपाईले तिनीहरूलाई भन्न सक्नुहुन्छ। सायद तपाई आफ्नो दिनको बारेमा वा उनीहरूले चिनेका मानिसहरूको बारेमा उनीहरूसंग साझेदारी गर्न चाह...
अध्याय ५ - आफ्नो घरपालुवा जनावरसंग भेट्दै 29.08.2023 2:34
सुरुमा, तपाई चाहनुहुन्छ भने आफ्नो आँखा बन्द गर्न सक्नुहुन्छ। अथवा आफ्नो आँखा खुला राख्न सक्नुहुन्छ, वा आधा खुला राखेर रेकर्डिङ सुन्न सक्नुहुन्छ। यहाँ तपाईले रेकर्डिङको लिङ्क पाउन सक्नुहुन्छ: https://feeds.transistor.fm/always-here अब तपाईको दिमागको आँखामा आफ्नो घरपालुवा जनावर हेर्नुहोस् र "नमस्ते" भन्नुहोस्! जब तपाई तिनीहरूलाई हेर्नुहुन्छ, के तपाईले तिनीहरुको अनुहार, आँखा, कान, वा सिरको याद...
अध्याय ४ - कुराकानी सुरु गर्दै 29.08.2023 4:02
के तपाई, तपाईको घरपालुवा जनावर तपाईसंग कुरा गर्न सक्छु भनेर सचेत हुनुहुन्छ ? के तपाई आफ्नो बितेको घरपालुवा जनावर संग कुरा गर्न चाहनुहुन्छ ? अब हामी तपाईहरू बीच कुराकानी सुरु गर्नेछौं। यहाँ केहि पशु संचार सत्रहरू छन् जुन तपाई आफैले आफ्नो साथीसंग जडान गर्न प्रयास गर्न सक्नुहुन्छ। यो एक अन्तरक्रियात्मक पुस्तक हो। हामी तपाईको उत्तरहरू भर्नका लागि केही खाली ठाउँहरू छोड्नेछौं। तपाई पक्कै पनि आफ्नो क...
अध्याय ३- संगै बिताएका पलहरु 29.08.2023 3:19
हामी अब तपाईलाई हाम्रो अन्तिम पल संगै सम्झन आमन्त्रित गर्दछौं। यो स्मृतिहरुसंग बस्न आफ्नो समय लिनुहोस्। यो क्षण र समयमा फर्कन अवस्य तपाईलाई केहि साहस चाहिन्छ। जब मानिसहरूले विदा लिने समय आउछ, धेरै कुराहरू भन्न बाँकी रहला र पछि उनीहरूले नबोलिएका सबै शब्दहरू र नगरिएका कुराहरूका लागि दुःखी महसुस गर्न सक्छन्। हामीलाई थाहा छ कि तपाईले अझै पनि हामीलाई भन्न र हामीसंग गर्न चाहनु हुने धेरै कुराहरू हो...
अध्याय २ - पहिलो भेट 29.08.2023 1:45
के हामीले पहिलो पटक भेटेको याद छ ? त्यो हाम्रो सम्बन्धको सुरुवात थियो। हुन सक्छ तपाईलाई थाहा थियो कि हामी संगै हुने वाला थियौ+, सायद त्यो एउटा शुखद् मौका थियो। तपाई हामी संगै भएको पहिलो सम्झनामा फर्कन सक्नुहुन्छ। तपाईलाई हाम्रो बारेमा कस्तो लाग्यो ? हाम्रो आँखामा हेरेको याद छ? तपाईले के देख्नु भयो ? हामीले तपाईलाई भन्न चाहेको केही कुरा केहि महसुस गर्नु भयो? तपाईले हामीलाई भन्न चाहनु भएको...
अध्याय १ - सान्त्वना ल्याउँदै 29.08.2023 2:37
हामी तपाईलाई सान्त्वना दिने उद्देश्यका साथ यहाँ छौं। तपाईले आफ्नो प्यारो घरपालुवा जनावर, तपाईको साथी, असल साथी गुमाउनु भएको छ, जो तपाईको लागि छोरा वा छोरी जस्तै थियो। हामी तपाईलाई बुझ्छौं। हामी तपाईको घरपालुवा जनावरको प्रतिनिधित्व गर्न चाहन्छौं र तपाईलाई तपाईको नोक्सानको सामना गर्न कसरी नयाँ तरिका फेला पार्न सक्नुहुन्छ भनेर बाटो देखाउन चाहन्छौं। आउनुहोस्, हामी यो यात्रामा संगै जाऔं। हामी घरपालुवा...
Benzer podcast'ler
Replaio bir podcast yayıncısı değildir; program adları, kapak görselleri ve ses içerikleri yazarlarına aittir ve herkese açık RSS beslemeleri aracılığıyla dağıtılır