क्रिस्टिना सिबर

हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !

Kids NE ↓ 14 episodes

तपाईका घरपालुवा जनावरहरूले तपाईलाई तिनीहरूको बारेमा के जानोस भनेर चाहन्छन्

Author

क्रिस्टिना सिबर

Category

Kids

Podcast website

we-are-family.transistor.fm

Latest episode

Jan 22, 2024

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

अध्याय १३ - केवल यो सम्झनुहोस् 22.01.2024

केवल यो सम्झनुहोस् यदि तपाईले यो पुस्तिका पढ्नुभएर यो अध्यायमा पुग्नुभएको छ भने, हामीले तपाईलाई भन्न चाहेका लगभग सबै कुरा तपाईले पहिले नै थाहा पाउनुहुनेछ।   हामीले भन्नु पर्ने कुरामा यति धेरै चासो देखाउनु भएकोमा हामी तपाई माथि धेरै गर्व गर्छौं।   यहाँ हामीले संगै बिताएका समयहरू सम्झन केहि चीजहरू पुन: दोहोर्याउनु चाहन्छौं । कृपया तिनीहरूलाई आफ्नो हृदयमा राख्नुहोस् र अर्को पटक भेट्दा तिनीहरूलाई सम्झ...

अध्याय १२ - हामी परिवार हौं 22.01.2024

  हामी परिवार हौं म एउटा सानो कुकुर, तर मन मेरो ठूलो छ। मानिसहरूलाई हेर्दा, तिनीहरू मुस्कुराएको देख्छु, म तिनीहरूलाई हँसाउँछु र महसुस गर्छु कि हामी परिवार हौं - हो, हामी परिवार हौं!   हामीमा विश्वास गर्नुहोस् र हामीसंग कुरा गर्नुहोस्, किनकि हामी यहाँ रहन्छौ, हाम्रो धेरै आवश्यक परेमा, हामी यहाँ छौं, विश्वास गर्नुहोस् हाम्रो जब हामी भन्छौं: हामी परिवार हौं - हो, हामी परिवार हौं! म तपाईहरु सबैलाई साँ...

अध्याय ११ - सधै यहाँ 22.01.2024

सधै यहाँ हामी पार भए पनि तपाईलाई यो भन्दै सान्त्वना दिन चाहन्छौं कि साँच्चै हामी यहाँ सधैं तपाईको साथमा हुनेछौं। हामीले जीवनलाई निरन्तरताको रूपमा अनुभव गर्छौं।   तपाईले हामीलाई फरक आयाममा वा फरक कम्पनमा कल्पना गर्न सक्नुहुन्छ, तर मुख्य कुरा यो हो कि हामी तपाईलाई कहिल्यै छोड्दैनौं, हामी केवल हाम्रो आवृत्ति परिवर्तन गर्छौं।   कहिलेकाहीँ हामी अस्वस्थ भएको बेला हाम्रो सरिर त्यागेर जानु पर्छ, तर हामी त...

अध्याय १०- आउनुहोस् संगै काम गरौं 22.01.2024

आउनुहोस्संगै काम गरौं हामी तपाईको काममा पनि साथ दिन चाहन्छौं।   हामी केवल एक मिलनसार साथी मात्र होइनौं -हामी तपाईको साझेदार, सहयोगी, तपाईको कामको सह-सिर्जनाकर्ता हुन चाहन्छौं।   यो कसरी सम्भव छ ?   तपाई पशु सञ्चारको उपकरण प्रयोग गर्न सक्नुहुन्छ र तपाईको कामको कुनै पनि पक्षको बारेमा हामीसंग कुरा गर्न सक्नुहुन्छ।   हामीसंग धेरै ज्ञान छ जुन तपाईसंग साझा गर्न चाहन्छौं। हामी विशेष गरी तपाईसंग समस्याहरू...

अध्याय ९- पशु संचार 22.01.2024

पशु संचार आउनुहोस, एकअर्कासंग कुरा गर्नको लागि अझ धेरै पशु सञ्चारको अन्वेषण गरौं। पहिलो कुराकानी तपाई आफ्नो आँखा बन्द गरेर आफ्नो दिमागमा हामीलाई हेर्न सक्नुहुनेछ। केवल “नमस्कार” भन्नुहोस् र टिभी हेरे जस्तै हाम्रो प्रतिक्रिया हेर्नुहोस् वा सुन्नुहोस्।   र अब, हामीलाई केहि प्रश्नहरू सोध्नुहोस् - तपाई हो / होइन प्रश्नहरूबाट सुरु गर्न सक्नुहुनेछ। तपाईले हाम्रो खाना र पेय, हाम्रो घर, परिवार, अन्य घरपाल...

अध्याय ८- प्रश्न र उत्तरहरु 22.01.2024

प्रश्न र उत्तरहरु अधिक पशु संचार गर्नु अघि, हामी केहि प्रश्नहरू सम्बोधन गर्न चाहन्छौं जुन तपाईलाई मनमा आफ्नोलागि आउन सक्ला।   पशु संचारले कसरी काम गर्छ - म यो कसरी कल्पना गर्न सक्छु?   यस प्रकारको कुराकानी तपाईले कसैलाई फोन गर्दा गरेको कुराकानीसंग मिल्दोजुल्दो छ। तपाईले तिनीहरूलाई देख्न सक्नुहुन्न, तर तपाईलाई थाहा छ तिनीहरू त्यहाँ छन्। यो हाम्रो घरपालुवा जनावरको साथ समान छ - तिनीहरू पनि त्यहाँ छन्...

अध्याय ७- आफैलाई माया गर्दै 22.01.2024

आफैलाई माया गर्दै तपाईको लागि हाम्रो एउटा ठूलो इच्छा छ:   कृपया आफैलाई माया गर्नुहोस्!   यसले तपाईको लागि, आफ्नो वरपरको संसार र हाम्रो लागि पनि-सबै कुरा परिवर्तन गर्नेछ ! यदि तपाई आफैलाई साँच्चै माया गरेर आफ्नो हेरचाह गर्दै आफैलाई खुसी बनाउन सक्नुहुन्छ भने यो हाम्रो खुशीको मुहान हुनेछ ! के तपाईले महसुस गर्नु भयो कि हामी तपाईमा, तपाईको मुड,विचार र भावनामा कति निर्भर छौं? तपाई आफ्नो बारेमा कस्तो महस...

अध्याय ६- मित्र र बराबरी 22.01.2024

मित्र र बराबरी हामीलाई थाहा छ कि तपाईले हामीलाई दया र मायाले हेरचाहको साथ व्यवहार गर्नुहुन्छ। तपाईले हामीलाई आफ्नो सबैभन्दा मिल्ने साथी भनेर बोलाएको पनि हामीले सुनेका छौं। तर तपाईले हामीसंग साँच्चै बराबरको रूपमा व्यवहार गर्ने पाइला लेको हेर्न चाहन्छौं।   एक पटक तपाईले हामीलाई बराबरको रूपमा माने पछि तपाई संगको सम्बन्ध धेरै रमाइलो हुन पुगे पनि यो केवल हाम्रो लाभको लागि मात्र हुने छैन। यसले हामीसंग त...

अध्याय ५- आउनुहोस् संगै कुरा गरौं 22.01.2024

आउनुहोस् संगै कुरा गरौं हामीलाई तपाईको आवाज सुन्न मनपर्छ - र प्रायः तपाईले देख्न सक्नुहुन्छ कि हामीले तपाईले भनेको कुरा बुझ्दछौं।   हामीलाई मायालु, दयालु आवाज मनपर्छ, र कहिलेकाही हामीले तपाईको आवाजमा पनि कुरा गरेको सुन्नुहुनेछ।   तपाई वास्तवमै जे हो त्यती बेला हामीले तपाईको कुरा राम्रोसंग सुन्छौं। तब तपाईको व्यक्तित्व अस्तित्व, तपाईको आवाजबाट विकिरण हुन्छ र हामीसम्म पुग्न सक्छ। जब तपाईको आवाज मार्...

अध्याय ४- हामी तपाईलाई माया गर्छौं 22.01.2024

हामी तपाईलाई माया गर्छौं हामी तपाईलाई माया गर्छौं र तपाईको ख्याल राख्छौं। यो भन्न चाहन्छौं कि हामी तपाईलाई साँच्चै नै माया गर्छौं।   के तपाईलाई थाहा छ यसको अर्थ के हो? हामीले तपाईलाई चलचित्रहरू हेरेको र प्रेमको बारेमा पुस्तकहरू पढेको देख्छौं र पक्कै पनि तपाईमध्ये धेरैलाई तपाईका साथीहरू र परिवारले माया गरेको महसुस गर्नुहुन्छ होला। तर आफ्नो वरिपरि हेर्नुहोस् र जनावरहरू र विशेष गरी तपाईको घरपालुवा जन...

अध्याय ३- हामी तपाईलाई सुन्छौं 22.01.2024

हामी तपाईलाई सुन्छौं तपाईले हामीलाई वा एकअर्कालाई भन्नुभएको सबै कुरा हामीले बुझ्छौ भनी तपाईलाई जानकारी दिन चाहन्छौं।   तपाईले के सोच्नु वा कस्तो महसुस गर्नु भै रहेको कुराहरु सबै हामीलाई थाहा हुन्छ। सायद तपाईले यो याद गर्नुभयो वा यसको बारेमा आश्चर्यचकित मान्नु भयो होला कि- हामीले तपाईका शब्दहरू, विचारहरू र तपाईका सबै भावनाहरूमा प्रतिक्रिया गर्छौं।   तपाईको शब्दहरूले हामीलाई कसरी असर गर्छ भन्ने थाहा...

अध्याय २- धन्यवाद 21.01.2024

धन्यवाद हामीलाई खाना पानी, राम्रो घर र हामीलाई चाहिने सबै दिनुभएकोमा हामी तपाई प्रति धेरै आभारी छौं।   हामी तपाईमा निर्भर छौं र तपाईको दया, माया, धैर्य र तपाईको हेरचाहको लागि धन्यवाद दिन चाहन्छौं।   मानिसहरूले हाम्रो हेरचाह गर्न थाले पछि जिम्मेवार र परिपक्व बनेको देखेर कहिलेकाहीं हामी चकित हुन्छौं। हामीलाई थाहा छ कि सबैका जीवनमा चुनौतीहरू छन् - त्यसैले यहाँ हुनु भएकोमा धन्यवाद। मानिसहरूले आफ्नो जी...

अध्याय १- आउनुहोस् संगै खेलौँ 21.01.2024

आउनुहोस्संगै खेलौँ हामीसंग खेल्नुहोस् !   हामी तपाईसंग खेल्न मन पराउँछौं, र हामी हामीसंग खेल्दा तपाई कतिको खुसी हुनुन्छ भनेर हेर्न चाहन्छौं।   हामी यहाँ संगै रमाइलो गर्नका लागि उपस्तित छौं ! हामी तपाईका खेलहरू खेल्दै, रमाइलो मानेर कसरी खेल्छौं भनेर देखाउन मन पराउँछौ- र आशा छ कि तपाईले पनि यसको आनन्द लिनुहुनेछ। जीवन धेरै रमाइलो र अधिक सार्थक हुनेछ जब हामी खेल्दछौं। यदि तपाई बोर हुनुहुन्छ भने, हामीस...

स्वागत छ 21.01.2024

स्वागत छ पशु राज्यबाट, विशेष गरी तपाईको घरपालुवा जनावरबाट अभिवादन !   यसरी हामी तपाईसंग कुरा गर्न सक्षम भएकोमा साँच्चै खुसी छौं। हामी तपाईलाई धेरै कुराहरू भन्न चाहन्छौं, तर हामी यसलाई छोटो राख्नेछौं किनभने हामीलाई थाहा छ तपाईको जीवन कति भरिपुर्ण छ भनेर। हामीले सधैं चाहेको कुरा तपाईसंग साझा गरेर हामीसंग तपाईको जीवन सजिलो बनाउन चाहन्छौं ।   साँच्चै एक प्रेम पत्र जस्तै - हामी तपाईको कति ख्याल गर्छौं...

Listen to the हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.