CIN NEWS

CIN NEWS

News NE ↓ 1346 episodes

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Author

CIN NEWS

Category

News

Podcast website

cinkhabar.com

Latest episode

Jan 16, 2024

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

अमेरिकाको ४६‍औँ राष्ट्रपतिमा बाइडेन निश्चित 08.11.2020

अफ्रिकी-दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित

चाडबाड, चिसो र कोरोना : खानपानमा कसरी ख्याल गर्ने ? 02.11.2020

अन्य वर्षहरुमा चिसोबाट बच्न पोषिलो र झोलिलो खानेकुरा खाने, न्यानो कपडा लगाउन चिकित्सकहरुको सुझाव हुन्थ्यो । तर यो वर्ष चिसोबाट मात्रै बचेर पुग्ने अवस्था छैन ।

काँग्रेस महाधिवेशन : तोकिएकै समयमा होला ? 02.11.2020

महाधिवेशन गर्दा नेताहरूको भीडभाड हुने र यसले कोरोना सङ्क्रमण फैलाउने भएकाले सार्नुपर्ने सभापति देउवा पक्षको तर्क छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने पदमा बसिरहने खेलका रुपमा महाधिवेशन सार्न खोजिएको बुझेको छ ।

कृषि तथा पशुपन्छी सम्बन्धि तथ्याङ्क व्यवस्थित गर्न स्थानीय सरकारलाई केन्द्रको बजेट 01.11.2020

कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीका अनुसार सफ्टवेयर करिब फाइनल हुने चरणमा छ । अब तालिमको तयारी भइरहेको छ । कहिले कहिले तथ्यांक अपडेट गर्ने, कसरी गर्ने भन्ने विषयमा सामान्य मार्गनिर्देशन पठाइएको छ, विस्तृत मार्गदर्शन बन्दैछ ।

वैकल्पिक शिक्षालाई सरकारको मान्यता, निल्नु न वकल्नुपर्ने विद्यार्थीको बाध्यता 12.10.2020

वैकल्पिक शिक्षालाई सरकारको मान्यता, निल्नु न वकल्नुपर्ने विद्यार्थीको बाध्यता (अडियोसहितण)

चिकित्सक भन्छन्, निको भएकालाई होइन, गम्भीर भएकालाई हेरेर सावधानी अपनाऔं 08.10.2020

डाक्टर पौडेलले भन्नुभयो, 'नेपालमा सङ्क्रमितको तुलनामा मृत्युदर निकै कम छ । त्यसकारण नागरिकले गम्भीर भएर सोचिरहनुभएको छैन । उहाँहरू मृतकको संख्या हेरिरहनुभएको भएको छ । यस्तो वेवास्ताले भोली भयावह अवस्था आउनसक्छ ।' 

प्रेम सम्बन्धको आरोपमा हुम्लामा महिलालाई यातना 03.10.2020

जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर ७ ओख्रेनकी एक २३ वर्षिया किशोरीलाई देवर नाता पर्ने गाउँकै किशोरसँग सम्बन्ध राखेको आरोपमा गाउँलेले शुक्रबार दिउँसो एकै स्थानमा जम्मा भएर दिसा खुवाएका हुन् ।

बङ्गुर पालेरै लाखौं आम्दानी 22.09.2020

बुढाथोकीले भन्नुभयो, ‘आनन्द भएको छ । क्षेत्रीको छोराले किन यो काम सुरु ग¥यो भन्ने प्रश्नहरू पनि आए । तर म काम गर्छु भन्ने भयो भने जातभात, लिङ्ग भेद केहीले पनि रोक्दैन रहेछ ।’

किबी फल झर्न थालेपछि सोलुखुम्बुका किसान चिन्तित 21.09.2020

सोलुखुम्बुमा किबी खेतीको सम्भावना राम्रो भएकाले यसतर्फ किसानको आर्कषण बढेको छ । किबी फलको बजार पनि राम्रो छ । तर अहिले फल झर्ने समस्याले बजारै पु¥याउन नपाउने हो कि भन्ने चिन्ता किसानलाई छ । 

बाटो बिग्रिएपछि बाजुराको स्याउ बजार पुग्न पाएन 21.09.2020

देख्नमा अरुभन्दा राम्रो नभएपनि बाजुराको स्याउ स्वादिलो छ । त्यसैले बाजुराको स्याउको माग बजारमा राम्रो छ । कैलालीका पवन विष्ट बाजुराको स्याउ खानका लागि रसिलो र मिठो बताउनुहुन्छ । 

तरकारी खेती, पशुपालन र घरेलु उद्यममा पर्वतका युवाको आकर्षण 20.09.2020

पौडेलले अगाडी थप्नुभयो, ‘अहिले चारवटा टनेलमा टमाटर फाइराखेको छु, एउटामा मिटर बोडी, तीनवटा टनेलबाटचाहिँ मैले नियमित टमाटरहरू टिपिराखेको छु भने एउटामाचाहिँ काक्रालाई फालेर भर्खर नयाँ टमाटर लगाएको छु । पोल्ट्री पनि छ मसँग अहिले, ८०० कुखुरा छ । प्लस यो टनेल गर्दा अहिले मैले वार्षिक ६ लाख आम्दानी गरिराखेको छु ।’ 

दाङको गढवामा व्यवसायीक रुपमा रेशम खेती 19.09.2020

अरू समस्या आउँदा पनि बिचलित नभइ काम गरिरहेको बताउनुहुन्छ, अर्का किसान धनीराम पौडेल । रेशम उत्पादन राम्रो भए एक बिगाह जमिनबाट बर्षमा ४ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।

कस्तो छ, मौलिक हक कार्यान्वयनको अवस्था ? 19.09.2020

मौलिक हकले छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरेको छ । संवैधानिक र कानुनी व्यवस्था भएपनि जातका आधारमा गरिने भेदभाव र विभेद अझै पनि हट्न सकेको छैन । 

कोभिड १९ ले परिवार योजना सेवा प्रभावित 18.09.2020

तर प्रदेश नम्बर ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी परिवार नियोजनाका साधन अभावको विषयलाई अस्वीकार गर्नुहुन्छ । गिरीले भन्नुभयो, ‘गर्भपतनलाई मिनिमाइज, सकेमा शुन्यमा झार्नुपर्छ । सचेत नागरिकको रुपमा, युवायुवतिलाई पनि जानकारी गराउने, सम्बन्ध राख्नुपरेको खण्डमा सुरक्षित रुपमा परिवार नियोजनको साधन प्रयोग गर्ने, जो सर्वसुलभ रुपमा सबै ठाउँमा छ ।’

मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम 17.09.2020

स्थानीयले कुनै समस्या देखिए गाउँमै खटिने प्राविधिकको सल्लाह पाउँछन् । कार्यक्रमले किसानलाई उन्नत बालीतर्फ आकर्षित गराएको बताउनुहुन्छ, अर्का किसान शंकर रिजाल । 

उपभोक्ता बनेर मन्त्री बजार पुगेपछि 17.09.2020

व्यापारीले मन्त्रीलाई चिनेनन् । हरेक पसलमा मूल्य फरक पाउनुभयो । एक ठाउँमा एकसय १० र अर्को एक ठाउँमा एकसय २० तिर्नुभयो । कालीमाटीमा त व्यापारीले मन्त्रीलाई किलोको एकसय ५० रुपैयाँ भने । 

लकडाउनका कारण होटल व्यवसायी मारमा 17.09.2020

मासिक एकलाख ५० हजार भाडा तिर्दै आएकोमा हाल भाडा समेत तिर्न नसक्ने अवस्था रहेको पोख्रेलको भनाइ छ । पोख्रेलले भन्नुभयो, ‘भाडा पनि साह्रै महङ्गो छ, व्यापार छैन । सरकारले केही राहत दिएर गरिदिन सके हो । अब जहिलेसम्म सक्छौं हेरौं, नसके साहुलाई बुझाउने हो, हिँड्ने हो ।’

लकडाउनका कारण किसानले आफ्नो उत्पादन बेच्न पाएनन् 17.09.2020

उत्पादन गरेको बस्तु समयमा विक्रि नहुने, विक्रि भएपनि समयमा भुक्तानी नापाईने र आवश्यक सामग्री सहज रुपमा उपलब्ध नहुदा समस्या भोग्नुपरेको धनकुटा नगरपालिका वडा नं २ का किसान चन्द्रलाल तामाङ्ग बताउनुहुन्छ । 

पाल्पाका किसान स्थानीय स्तरमै मल उत्पादन गर्दै 16.09.2020

जैविक मलले माटोमा उर्वराशक्ति बढाउने थाहा पाएपछि, आफैं खटेर मल उत्पादनमा लागेको स्थानीय कुलराज रानाभाटले बताउनुभयो । उत्पादित मल धानमा हाल्दा निकै राम्रो भएको उहाँको अनुभव छ ।

मन्त्री अर्याललाई प्रश्न : के हलियाहरु साँच्चै मुक्त भए ? 10.09.2020

पहिचान गर्न जाँदा १६ हजार ९ सय ५३ मुक्त हलियाको एकिन भयो । अनि यो तथ्यांक संकलन भइसकेपछि त्यसलाई संशोधित संख्याका रुपमा १६ हजार ३ सय २२ एकिन भए । अब आजका मितीसम्म आइपुग्दा पुर्नस्थापना भएकाको संख्या भनेको १२ हजार ८ सय ३० हो ।

प्रदेशलाई केन्द्र सरकारले आफ्नो नियन्त्रणमा राख्यो – उपेन्द्र यावद 09.09.2020

प्रदेश सरकार सँग न आफ्नै कर्मचारी छ, न त आफनो स्रोतमाथि अधिकार छ । न कानुन छ, न प्रशासन छ न केहि छ । त्यस्तो अवस्थामा कुन प्रदेश सरकार कति प्रभावकारी हुनसक्छ भन्ने कुराको पनि त ख्याल राख्नुपर्छ । 

आधारभूत सेवा सुविधा समेत छैन मुक्त हलियालाई 06.09.2020

सरकारले हलिया मुक्तिका नाममा केही पैसा दिएर घर मर्मत त गरिदियो, तर रोजीरोटीको उपाय नभएपछि पुनः अघोषित हलिया जीवन बिताउनु परेको छ ।

मजदूरी गर्नेहरूको प्रश्न, कहिले पाइन्छ काम ? कहिले पाइन्छ खाना ? 06.09.2020

कोरोना भाइरसको त्रासले चैत यता कार्यालयहरू राम्रोसँग सञ्चालन भएका छैनन् । विकास निर्माणका काम पनि प्रभावित भएका छन् भने पसल नखुल्दा दैनिक ज्याला मजदुरी गरेर खाने परिवार समस्यामा परेका छन् ।

मजदूरी गर्नेहरूको प्रश्न, कहिले पाइन्छ काम ? कहिले पाइन्छ खाना ? 06.09.2020

साहुको काम गरेर दैनिक गुजारा चलाइरहेका हलिया परिवारलाई कोभिड १९ ले प्रभाव पारेको छ । काम पनि पाइएको छैन, त्यसमाथी महङ्गीले झन् समस्या थपिएको स्थानीय हिक्मत वड बताउनुहुन्छ । 

धानमा हाल्न किसानले मल पाएनन् 01.09.2020

मकै छर्ने बेलामा सहकारी मार्फत रासायनिक मल पाएका किसानले धानमा राख्ने मल भने पाएका छैनन् । लामो लकडाउनका कारण सहकारीमा मल आएको छैन । बजारमा पनि अभाव छ ।

Listen to the CIN NEWS podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.