CIN NEWS
CIN NEWS
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Bezoek zeker de website van de podcast en steun de maker: cinkhabar.com
Auteur
CIN NEWS
Categorie
Website van de podcast
Nieuwste aflevering
16 jan. 2024
Waar luisteren?
Podcasts in de app Replaio Radio Binnenkort beschikbaarPodcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts
Afleveringen
एक सय प्रतिशत महङ्गीले उपभोक्ता तनावमा 20.05.2019 3:00
किसानको बारीबाट सस्तोमा किन्ने तर बजारमा पुर्याउँदासम्म दोब्बरतेब्बर भाउ बढाउने बिचौलियालाई कारबाहीको दायरामा ल्याउन सरकार आक्रामक रूपमा प्रस्तुत नभएसम्म महङ्गीबाट उपभोक्ताले मुक्ति पाउने देखिँदैन ।
६८ करोडको नमूना बस्ती खाली हुने चिन्ता 17.05.2019 2:56
लाप्राकका ५ सय ७३ घरधुरी भूकम्प प्रभावित परिवारका लागि गैरआवासीय नेपाली सङ्ले बस्ती बनाइरहेको छ । बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत काम सकिएको भए पनि लाप्राकबासी त्यो बस्तीमा सर्न इच्छुक देखिएका छैनन् । भूकम्पका कारण लाप्राकको बस्ती असुरक्षित रहेको विज्ञहरूको भनाइपछि लाप्राकबासीलाई स्थानान्तरण गर्न गुप्सीपाखामा नमूना बस्ती बनाईएको हो ।
बेरोजगार युवालाई रोजगारी कार्यक्रम 16.05.2019 2:23
युवालाई रोजगारीमा सहभागि गराउँदै बेरोजगारी अन्त्य गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्नुभएको थियो ।
विश्व युवा सम्मेलनमा नेपालका युवालाई अवसर 16.05.2019 2:23
संस्थाले हरेक वर्ष आयोजना गर्ने विश्व युवा सम्मेलनमा फरक विषयमा उद्यमशिल युवाहरुको योजनाहरुबीच प्रतिष्पर्धा गराएर उनीहरुलाई त्यस्ता योजना सञ्चालनमा सघाउने गरेको छ ।
अङ्गीकृत नागरिकतामा मुख्य बहस 14.05.2019 2:59
उपसमितिले अहिलेसम्म ३ ओटा बैठक बसेको र यसबारेमा सहमतिको प्रक्रिया अगाडि बढाएको समितिका सदस्यहरु बताउँछन् । तर सर्वपक्षीय, सर्वदलीय सहमति खोज्नु अघि उपसमितिमा नै सहमति खोज्ने प्रयास गरिएकाले अरु कार्यविधि बनाउनै बाँकी रहेको उपसमिति सदस्य यशोधा सुवेदीले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयलयमा माध्यम भाषा अङ्ग्रेजी बनाउने प्रतिस्पर्धा, रहरमा अति नगर्नुः शिक्षा मन्त्री पोखरेल 14.05.2019 6:08
विद्यालय र स्थानीय सरकार अङ्ग्रेजी अनिवार्य भन्ने बाटोमा लग्दा अङ्ग्रेजी नजान्ने शिक्षकले पढाएको अङ्ग्रेजी कस्तो होला ? नेपाली पनि नजान्ने अङ्ग्रेजी पनि नजान्ने कस्तो जनशक्ति तयार गर्दैछौं ? यसमा गम्भीर बहस आबश्यक छ ।
मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः सञ्चारमन्त्री बास्कोटा 13.05.2019 2:40
सरकारले मिडिया काउन्सिल विधेय संसद्मा दर्ता गराएपछि विधेयकभित्रको व्यवस्थाले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । नेपाल पत्रकार महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम गरीरहेको छ भने सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले पनि विरोध जनाएको छ । मिडिया काउन्सिल विधेयक र यसबारेमा भइरहेका विरोधका बारेमा राजन रूचालले सञ्चार तथा सूचना प्रविधि मन्त्री ग...
गाउँमै उद्यमको बाटो खोज्दै युवा 10.05.2019 1:42
जैशी केहिवर्ष अघिसम्म खाँडी मुलुकमा हुनुहुन्थ्यो । १० वर्ष अर्काको देशमा पसिना बगाएपछि उहाँ आफ्नै गाउँ फर्कनुभयो । अहिले उहाँले वेकरी र चाउमिन उद्योग सञ्चालन गर्नुभएको छ । उद्योगबाट खर्च कटाएर मासिक ५० हजारसम्म आम्दानी हुन्छ । केही रकम बचत पनि गर्नुभएको छ ।
सुन्तला गाउँको लोभलाग्दो आम्दानी 10.05.2019 2:27
बरातुकै अर्का किसान जगत रोकायाको बारीमा ८० वटा सुन्तलाका बिरुवा छन् । अहिले ३० वटा बोटमा फल लाग्ने गरेको छ । वार्षिक ४ लाखसम्म आम्दानी हुने गरेको रोकाया बताउनुहुन्छ ।
श्रमको सिद्धान्तले नछोएका श्रमिक 09.05.2019 3:36
भगवतिले अरुको घरमा गएर काम गर्न थालेको १५ वर्ष भयो । सुरुवाती समयमा उहाँ एकदिनमा ४ देखि ५ घरकोसम्म काम गर्नुहुन्थ्यो । श्रमको सिद्धान्तले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्छ । तर भगवतीको जीवनमा यो सिद्धान्त लागू हुँदैन ।
विपन्न उत्थानका लागि गठन भएका समितिहरु नै उत्थान गर्नुपर्ने अवस्थामा 09.05.2019 2:58
बाटो वरपर भेटिनेलाई सोध्छन् तर सजिलै बताउने कोही भेटिँदैन । भेटियोस् पनि कसरी ? किन कि समितिको कार्यालय रहेको घरमा मधेशी आयोगका पदाधिकारी र कर्मचारी बस्न थालेका छन् ।
ट्याटुः परम्परा, बाध्यता र रहर 07.05.2019 2:33
शरीरमा ट्याटु खोप्ने चलन कहिलेबाट शुरु भयो ठ्याक्कै भन्न सक्ने अवस्था छैन । तर आदीबासी जनजाती समूदायमा ट्याटु खोप्ने चलन निकै अघिदेखि थियो । पछिल्लो समय नेपाली युवा पुस्तामा ट्याटु खोप्ने चलन थप बढेको देखिन्छ । ट्याटुको मौलिकता मात्र छैन, परम्परागत विशेषता पनि उतिकै छ ।
टकविहीन टक्सार 06.05.2019 4:15
धातुका कलात्मक भाँडाकुँडा कुँद्ने सीपमा ख्याति कमाएको टक्सार बजार यतिबेला भने टकविहीन छ ।
आधारभूत स्वास्थ्य सेवाबाटै बञ्चित कर्णालीबासी 04.05.2019 2:40
कर्णालीका अधिकांश जिल्लाका नागरिक यस्तै समस्या झेलिरहेका छन् । कर्णालीका दश जिल्ला मध्ये जुम्लामा एउटा शिक्षण अस्पताल छ । अरु जिल्लामा एक–एक वटा जिल्ला अस्पताल छन् ।
अघिल्लो बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन निराशाजनक 04.05.2019 2:58
एक वर्षभित्र भूकम्प प्रभावितहरूको निजी आवास निर्माणको काम सक्ने घोषणा थियो । तर पूरा भएन । एक वर्षभित्रै गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान सुरु हुने लक्ष्य पनि असफल भयो ।
देवीदेवताको चोरीतस्करी नियन्त्रण चुनौतीपूर्ण 03.05.2019 5:02
पुरातत्व विभागको अभिलेख हेर्दा अघिल्लो आर्थिक वर्षमा मूर्ति हराएका ५ ओटा उजुरी परे । आर्थिक वर्ष ७२/७३ मा यो सङ्ख्या ४ थियो भने त्यसको अघिल्लो वर्ष २ ओटा उजुरी परेका थिए । २०६४ देखि २०६८ को मात्र हिसाब गर्ने हो भने १८ ओटा मूर्ति हराएको उजुरी विभागमा परेको थियो । रहस्ययूक्त कुरा यो छ कि हराएका मध्ये असाध्यै कम मूर्ति बारे मात्र खोजीका लागि उजुरी पर्ने गरेको छ ।
जब श्रमिक महिला आफैंले अभियानको उद्घाटन गरे 01.05.2019 2:35
श्रमिक दिवसका अवसर पारेर आज काठमाडौंमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले पनि आफैंले कार्यक्रम गरेर आफ्ना क्षेत्रको समस्या सरकारलाई सुनाए ।
२ महिनापछिको पहिलो प्रतिनिधिसभा बैठकः आरोपप्रत्यारोपमा केन्द्रित 30.04.2019 2:15
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अधिकांश समय सरकारको आलोचानायुक्त रह्यो । यो आर्थिक बर्ष खेर फालेको, सरकारले शान्ती सुरक्षाको प्रत्याभूति गर्न नसकेको, सार्वजनिक र सरकारी सम्पति दुरुपयोग गरेको आरोप लगाउनुभयो । लगत्तै बोल्नुभएका नेकपा संसदिय दलका उपनेता सुवास नेम्वाङ्ले देउवाको आरोपको खण्डन मात्रै गर्नु भएन । संविधान कार्यान्वयनमा सफलता मिलेको दावी गर्दै भन्नुभयो ।
कहिल्यै नमेटिने पुर्कोटबासीको प्यास 29.04.2019 4:27
सुख्खा बारी आकासे पानीको पर्खाइमा छ । चिलाउने र सल्लाका बोट पनि वर्षात, झरी पर्खिरहेका छन् । नानीमायालाई सागसब्जी लगाउने धोको छ तर पानी नहुँदा पूरा भएको छैन । ‘चर्पी छ, तर दिसापिसाव गर्न जङ्गलतिर जानुपर्छ । पानी भए पो चर्पी जानू ।’ नानीमायाले सीआईएनसँग भन्नुभयो । चर्पीको ढोकामा माकुराको जालो जेलिएको छ । रहर भएर पनि यहाँका किसान गाईभैंसी पाल्दैनन्, पानी खुवाउनु पर्ने दुख र चिन्ताले ।
सेनेटरी प्याडमा ठगिदै महिला 27.04.2019 4:43
विस्पर अल्ट्रा क्लिन नामको प्याड काठमाडौंका खुद्रा पसलमा ७० रुपैयाँमा बिक्रि हुन्छ । एकैपटक ५० वटा किने प्रतिगोटा ६२ रुपैयाँमा दिन विक्रेता तयार हुन्छन् । त्यही प्याड मकवानपुर पुग्दा ७५ रुपैयाँमा किन्नुपर्छ ।
साझा खबर २०७६ बैशाख ६ गते, बिहान ६ः०० बजे 19.04.2019 32:25
साझा खबर २०७६ बैशाख ६ गते, बिहान ६ः०० बजे
Epi-67. Hello Samsad_2076-01-06_Hem Kumar Rai (Solukhumbh) 18.04.2019 27:21
Epi-67. Hello Samsad_2076-01-06_Hem Kumar Rai (Solukhumbh)
साझा खबर २०७६ बैशाख ५ गते, साँझ ७ः३० बजे 18.04.2019 32:01
साझा खबर २०७६ बैशाख ५ गते, साँझ ७ः३० बजे
साझा खबर २०७६ बैशाख ५ गते, बिहान ६ः०० बजे 18.04.2019 32:01
साझा खबर २०७६ बैशाख ५ गते, बिहान ६ः०० बजे
Episode-39. Ghar Aangan 2076-01-05 17.04.2019 26:20
Episode-39. Ghar Aangan 2076-01-05
Vergelijkbare podcasts
Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds