CIN NEWS

CIN NEWS

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Bezoek zeker de website van de podcast en steun de maker: cinkhabar.com

Auteur

CIN NEWS

Categorie

News

Website van de podcast

cinkhabar.com

Nieuwste aflevering

16 jan. 2024

Waar luisteren?

Podcasts in de app Replaio Radio Binnenkort beschikbaar

Podcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts

Download het op Google Play Gratis installeren Android bijna 10 mln downloads · beoordeling 4,8 iOS binnenkort

Afleveringen

नेपालमा गलैँचा उत्पादन र निर्‍यात बढ्यो 04.09.2021

कोरोना महामारीका कारण नेपालको व्यापार, व्यवसाय, रोजगारीका सबै काम ठप्प भए । आर्थिक तथा व्यावसायिक काम अघि बढ्न नसके पनि गलैँचा उद्योगका श्रमिकले काम र दाम दुवै पाएका छन् । काममा कुनै अवरोध नभएपछि गत वर्ष गलैँचा निर्यात बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । १७ वर्षको उमेरमा गलैँचा कारखानामा प्रवेश गर्नुभएका श्याममाया तामाङ अहिले ५० वर्षको हुनुभयो । उहाँ श्रीमानसँगै एउटै तानमा गलै...

अबको ५ महिनाभित्र विद्युतीय बस चल्ला ? 03.09.2021

साझा यातायात सहकारी संस्थाले अबको ५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ । सरकारले विद्युतीय बस खरिद गर्न सेयर लगानीका रूपमा साझा यातायात सहकारी संस्थालाई २०७६ असोज ३० गते तीन अर्ब उपलब्ध गराएको थियो । बीचमा रोकिएको खरिद प्रक्रिया २०७७ माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले खुल्ला गर्ने निणर्य गरेपछि ४० वटा बस खरिद गर्न गत वर्षको चैत्र १३ गते बोलपत्र आह्वान गरेको छ । सोही अनुसार ९ वटा चिनिया...

जनक माविले किन गर्‍यो तरकारी खेती र कखुरा पालन ? 28.08.2021

सामान्यतया विद्यालयमा हुने गतिविधि के के हुन् ? ‘विद्यार्थी, शिक्षकबीच पठनपाठन, अतिरिक्त क्रियाकलाप, आदि ।’ धेरैको जवाफ यस्तो हुनसक्छ । तर काभ्रेको एक विद्यालयले तरकारी खेतीदेखि कुखुरा पालन उपचार, पोष्टमार्टमका कामसमेत सिकाउन थालेपछि विद्यार्थी पनि खुसी भएका छन् । ‍२ वर्षअघि नमूना विद्यालयको रूपमा घोषणा भएको काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यामिक विद्यालयले जग्गा लिजमा लिएर तरकारी खेती...

सुदूरपश्चिमका झण्डै ३ लाख नागरिक पिउने पानीको अभावमा 28.08.2021

सुदूरपश्चिम प्रदेश सरकारका अनुसार प्रदेशमा २५ लाख ५२ हजार ५ सय जनसङ्ख्या छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेशका झण्डै ८९ प्रतिशत मानिस आधारभूत पिउने पानीको पहुँचमा छन् भन्ने दाबी गर्छ । सरकारकै दाबीलाई मान्ने हो भने पनि झण्डै २ लाख ८० हजार ७ सय नागरिक आधारभूतस्तरको पिउने पानीको पहुँचमा छैनन् । आधारभुत पिउने पानीको पहुँच पुगेका भनिएका मध्ये पनि झण्डै ५० प्रतिशत नागरिकले स्वच्छ र...

पर्वतको महाशिलामा व्यावसायिक चिया खेती 23.08.2021

महाशिला गाउँपालिकाले चियाको प्रचारात्मक अभियानसमेत चलाएको छ । ‘अहिले हामीले यहाँका सरकारी कार्यालय, विद्यालय र होटलमा यहीँ उत्पादित चिया प्रयोग गर्न अनिवार्य गरेका छौँ ।,’ महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले भन्नुभयो,’ चिया खेतीले हामी उत्साहित छौँ । यसको स्वाद पनि गुणस्तरीय पाइयो । १८ सय मिटरको उचाइमा रहेको महाशिला गाउँपालिकामा चियाका लागि उपयुक्त हावापानी रहेको कृषि प्राविधिक बताउँछन् । तर संरक...

सीआईएनको सूचनापछि कहिल्यै बल्झिएन हरिप्रसादको घाउ 22.08.2021

४५ वर्ष भारतमा सरकारी कार्यालयमा चालकको रूपमा बिताउनुभएका उहाँ सेवानिवृतपछि पेनसन लिन थाल्नुभयो र २०७३ सालमा नेपाल फर्कनुभयो । आफूले भारतमै रहँदा बिहे गरेको हरिप्रसादको भनाइ छ । नेपाल आएको ४ वर्षपछि जेष्ठ नागरिक भत्ताका लागि प्रक्रिया सुरु गर्नुभयो । उमेर पुगेको भए पनि भारत सरकारले दिने पेनसन लिने गरेको भनेपछि जनप्रतिनिधि र वडा कार्यालयले यसबारेमा माथिल्लो निकायमा सोध्नुपर्छ भने । तत्कालका लागि भा...

झापामा एक हजार हाँसले धान खेत गोड्दै 20.08.2021

झापामा धान गोड्न हाँस प्रयोग गरिएको छ । निजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्य बैँक लिमिटेडले बर्दिया, झापा लगायतका जिल्लामा धान गोडमेलका लागि हाँस पालनको अवधारणा ल्याएको थियो । सोही अनुसार झापा गौरादहका धनन्जय चुँडालले एक हजार हाँस पालन गर्नुभएको छ । ३ बिगाहभन्दा धेरै क्षेत्रफलमा धान खेती गर्नुभएका उहाँले धान खेती र हाँसपालन एकसाथ गर्नुभएको छ ।

प्रत्यक्षदर्शी तीन जनालाई खलङ्गा झिकाइयो, प्रहरीको उच्च सुरक्षा, जनप्रतिनिधि र सर्वसाधारणमा शङ्का 03.08.2021

दार्चुला । महाकाली नदी पार गर्नेक्रममा स्थानीय जयसिंह धामी खसेर वेपत्ता भएको घटना बारे अध्ययन गर्न गठित कार्यदल टोली आज दार्चुला सदरमुकाम खलङ्गा पुग्दैछ। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेको बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का २ जवानले तुइन चुँडालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । यो घटनाको सत्यतथ्य बुझेर सार्वजनिक गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचि...

बैतडीको सिगास गाउँपालिकामा मदिरा प्रतिबन्ध 25.07.2021

अपराधसँग जोडिएको मदिरा व्यवस्थापनका लागि सङ्घीयता कार्यान्वयनमा आएपछि बाजुरामा मदिराकार्ड बनाएर जथाभावी मदिरा सेवन हुने परिपाटीलाई व्यवस्थापनको अभ्यास पनि गरियो । पूर्वी नेपालमा स्थानीय मदिराको बजारीकरणको चर्चा भइरहँदा बैतडीमा भने मदिराका कारण अपराध बढेको भन्दै पूणर् प्रतिबन्ध लगाइएको छ । बैतडीको सिगास गाउँपालिकाले मदिरा नियन्त्रणको निणर्य गरेपछि स्थानियहरु खुशी भएका छन् । सिगास गाउँपालिका वडा नम्...

‘डिप बोरिङ’ का कारण भूमिगत पानी सुक्दै 20.07.2021

सीमरा नरबस्तीका गोकुलप्रसाद नेपालले आँगनकै डिलमा गाडेको कलधारामा अहिले पानि आउँदैन । पाँच वर्षअघि सोही धाराको पानि प्रयोग गरिरहेको भए पनि अहिले उक्त धारा प्रयोगमै छैन । १७ वर्षअघि २८ फिट गहिराईमै पिउनयोग्य पानि भेटिएको नरबस्ती क्षेत्रमा अहिले एक सय फिट गहिराईसम्म पाइप गाडिए पनि पानि नभेटिएको उहाँ बताउनुहुन्छ । ‘पहिले घरघरै धारा थिए, सबैले आफ्नै धाराको पानी प्रयोग गर्थे ।’, उहाँ भन्नुहुन्छ, ‘तर अहि...

प्रधानमन्त्रीमा देउवाले विश्वासको मत नपाए के हुन्छ ? 13.07.2021

संसद विघटनको दोस्रो पटकको प्रयास पनि सर्वोच्च अदालतले फैसलामार्फत विफल बनाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक र संवैधानिक धक्का लागेको छ । सर्वोच्चको फैसलापछि ओली पक्षीय नेता कार्यकर्ताले भने अदालतप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गर्न थालेका छन् । विपक्षी गठबन्धनका दल र नेताहरूले ओलीले गलत कदम चाालेको र सर्वोच्चको फैसलासँगै सच्चिएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प...

फरक यौनिकता भएकाहरूमाथि हिंसा तर न्याय पाउन मुस्किल 01.07.2021

महिला र पुरुषभन्दा फरक पहिचान भएका व्यक्तिहरूमध्येका एक हुनुहुन्छ, बाँके नेपालगञ्जका पुष्पा चौधरी । उमेरले उहाँ ३५ वर्षको हुनुभयो । सानै उमेरमा आफूमा आएको परिवर्तनबारे उहाँलाई केही जानकारी थिएन । उहाँको बानी व्यवहारका कारण भने घरमा आमा बुबा, भाइबहिनी र अन्य साथीहरूले उहाँलाई सँधै हेप्ने, जिस्क्याउने गर्दा उहाँलाई नराम्रो लागे पनि उहाँले त्यसको प्रतिकार गर्न सक्नुभएन । किनभने उहाँलाई नै थाहा थिएन,...

निर्माण क्षेत्रभित्रको टाँगिया बस्ती ४५ वर्षदेखि अँध्यारोमा 27.06.2021

काठमाडौँ । बाराको जितपुर सीमरा उपमहानगरपालिका १६ को टाँगिया बस्तीका तिलक मोक्तान निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पूर्वसम्भाव्यता अध्ययन भएकै वर्ष अर्थात २०५१ सालमा जन्मिनुभयो । उहाँलाई १० वर्षको हुँदादेखि छिट्टै बिजुली बाल्न पाइन्छ भन्ने सुनेको याद छ । १७ वर्ष बित्यो, ५ किलोमिटर उत्तरमा पर्ने निजगढ बजारको झिलिमिली हेरेर चित्त बुझाउनु परेको छ । घरमा ४ वर्षअघि २० वाटको सोलार राखे पनि...

डिजिटल भुक्तानीको कारोबार दोब्बर भन्दा बढिले वृद्धि 15.06.2021

अघिल्लो वर्षको तुलनामा डिजिटल भुक्तानीको कारोबार दोब्बर भन्दा बढिले बढेको छ । तर सरकारी कार्यालयमा डिजिटल भुक्तानी सेवालाई कार्यान्वयनमा ल्याउन चुनौतिपूर्ण देखिएको छ । यस्तो हुनुको कारणबारे साथी सीता शर्माले राष्ट्र बैंकका भुक्तानी प्रणली विभागका निर्देशन निश्चल अधिकारीलाई सोध्नुभएको छ । 

डिजिटल भुक्तानीमा सेवाग्राहीको आकर्षण 15.06.2021

पछिल्लो समय नेपालमा पनि विद्युतीय (डिजिटल) कारोबारको लोकप्रियता बढेको देखिन्छ । अझै कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञाले पनि डिजिटल कारोबारको लोकप्रियता झनै बढेर गएको छ । आगामी वर्ष सरकारले प्राप्त गर्ने राजश्व बैँकिङ प्रणालीमा लैजाने र डिजिटल भुक्तानीको प्रयोगलाई सर्वसुलभ बनाउने बजेटमार्फत सरकारले घोषणा गरेको छ । तर पनि डिजिटल भुक्तानीमा आमनागरिक आकर्षित हुन सकिरहेका छैनन् । आर्थिक वर...

निर्माण व्यवसायी अझैँ मिलेमतोकै पक्षमा, राज्यलाई घाटा 09.06.2021

पूर्वाधार विकास कार्यालय पाँचथरले चालु आर्थिक वर्षमा सडकको कालोपत्रे लगायत कामको लागि २ अर्ब ६६ कारोडभन्दा धेरै लागत अनुमानमा बोलपत्र खुलायो । तर, अन्तिम मितिमा एउटा मात्र बोलपत्र बाँकी राखी अन्य निर्माण व्यवसायीले फिर्ता लिए । लागत अनुमानकै हाराहारीमा नियमावली, नीति नियमभन्दा मिलेमतोमा ठेक्का सम्झौता भयो । उमेश जेठाराका अनुसार ठ्याक्कै त्यस्तै देखिन्छ बझाङमा पनि । बाटो, भवन, सिँचाइ, खानेपानीको नि...

जेठ २५ देखिको कोरोना खोप ग्रामीण क्षेत्रमा केन्द्रित हुने 03.06.2021

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ २५ गतेबाट देशभरि कोरोनाविरुद्धको खोप अभियान चलाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सरकारले गत माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । विभिन्न चरणमा गरेर सरकारले हालसम्म २८ लाख २७ हजारभन्दा बढीलाई खोप लगाइसकेपछि फेरि खोप अभियान चलाउन लागिएको हो । सिरहाका रामपुकार यादव ७१ वर्ष पुग्नुभयो, उहाँलाई कोरोनाविरुद्धको खोप लगाउने इच्छा छ ।...

गाउँ फर्केकाहरुबाट कोरोना सर्ने चिन्ता 15.05.2021

कोरोना महामारी तीव्र गतिमा फैलिएपछि नेपालको अधिकांश जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको छ । सहरको कार्यस्थल धेरै व्यक्तिहरू गाउँघरमै फर्किएका छन् । तर उनीहरूले सावधानी नअपनाइँदिँदा गाउँमा पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङक्रमण भएका तर गाउँ फर्केकाहरू आइसोलेसनमा नबस्ने र सुरक्षाका मापदण्ड पालना नगरी जथाभावी डुल्दा स्थानीयबासी त्रसीत छन् । ताप्लेजुङको हिलिहाङ्ग गाउँपालिका १ का रमा वाग...

क्षतिपूर्तिपछि कर्णालीका स्याउ किसान बीमातर्फ आकर्षित 01.05.2021

मुगुको छायाँनाथरारा नगरपालिका १० भच्चलेकका कृष्णबहादुर सेजुवालले ६ सयभन्दा बढी स्याउका बोट लगाउनुभएको छ । ५ सय बोटले फल पनि दिइरहेका छन् । अघिल्लो वर्ष भने फूल लागेपछि असिनाले झारिदियो तर बीमा गरेका कारण उहाँले १ लाख ३५ हजार रुपैयाँ पाउनुभयो । अघिल्लो वर्ष फूल लागेपछि असिनाले झारिदिएका कारण प्रति बोट २ सय ७० रुपैयाँका दरले क्षतिपुर्ति पाएको उहाँको भनाइ छ । ‘मैंले १५ हजार वर्गमिटरमा स्याउका ६ सय बो...

कौसी खेती प्रविधि सिकाउने ‘कृषि काका’ 27.04.2021

गाउँमा घर वरिपरि करेसाबारी हुन्छ तर सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउनै मुस्किल छ । पशुपालन र तरकारी खेतीको लागि गाउँ र ठूलो क्षेत्र चाहिन्छ भन्ने प्रायः धेरैको मान्यता भए पनि तरिका जानेमा घरको छत र कौसीमा नै तरकारी खेती र पशुपन्छी पालन गर्न सकिन्छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ का रामजीप्रसाद ढकाल आफ्नै घरको कौसीलाई नै करेसाबारी बनाएर भान्साका लागि दैनिक चाहिने तरकारी उत्...

गरिबको 'नागरिक्ता' मा कर छलीको धन्दा 25.03.2021

त्रिभुवन राजपथ अन्तर्गत जीतपुरसिमरा ९ छातापिपराबाट झण्डै ३ किलोमिटर भित्रको एउटा विपन्न बस्ती । जहाँका नागरिक आफू बसेकै जमिनमा पनि आफ्नो अधिकार छैन । ग्रामीण सडक पेटीमा स-साना झुप्रा बनाएर घाम पानिको ओत लागिरहेका करिब ४० परिवारको यो गाउँ अहिले राज्यको नजरमा ‘करोडौँ कर छलेर फरार अभियुक्तहरूको बस्ती’ बनेको छ । गाउँमै दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका त्यही बस्तीका महन्थ महरा चमार, राम्रो रोजगार...

निर्देशिकाको आडमा भ्रष्टाचार मौलाउँदै, कृषि मन्त्रालय कानुनीविहीन अवस्थामा 17.03.2021

 चाँडै मस्यौदा तयार पार्ने मन्त्री अर्यालको प्रतिबद्धता

बिजुली बाल्ने योजना कार्यान्वयनमा समस्या 22.02.2021

रोल्पा र जाजरकोटमा जस्तै कालिकोटका कतिपय ठाउँमा पनि बिजुली छैन । कालीकोटको खाँडाचक्र गाँउपालिकामा पनि अझैँ विद्युत पुगेको छैन । बिजुली नहुँदा समस्या भएको स्थानीय यशोदा विश्वकर्माले बताउनुभयो । 

गाडी हाँक्दैमा छुट्यो 'कुबेर'को साङ्गीत यात्रा 20.02.2021

रथोर पैसाको जोहो गरेपछि फाट्टफुट्ट गीत पनि निकाल्नुहुन्थ्यो । दर्जनभन्दा बढी गीत गाए पनि कुबेरलाई कसैले चिनेन । उमेर ढल्किंदै जाँदा उहाँको सारथी बनेको छ, सामाजिक सञ्जाल र नारायण गोपालका गीतहरू । अचेल उहाँले नारायण गोपालका थुप्रै गीतहरूलाई आफ्नो स्वरमा गाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियो लाखौँ दर्शकको माझमा पुगेको छ । दर्शकबाट तारिफ र ताली पाउन थालेपछि मुर्झाएको मनले फेरि पालुवा हाल...

सद्भाव र संस्कृति जगेर्नामा रेडियो प्रभावकारी 13.02.2021

कोरोना महामारीमा मात्रै होइन, बाढी, पहिरो, भूकम्प वा अन्य जुनसुकै विपदका समयमा पनि रेडियोहरुले सक्रियतापूर्वक सूचना प्रवाह गरेका छन् । सूचनाको सम्वाहक मात्रै हैन, कला, सस्कृति, भाषा, भूगोलका माध्यमबाट समुदायलाई जोड्ने काम पनि रेडियोहरुले गरिहरेका छन् ।

Luister naar de podcast CIN NEWS in Replaio

Radio en podcasts in één app - gratis en zonder account. Installeer vandaag nog en mis de lancering niet

Download het op Google Play

Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds