CIN NEWS
CIN NEWS
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Husk å besøke podkastens nettsted og støtte skaperen: cinkhabar.com
Hvor kan du lytte?
Podkaster i appen Replaio Radio Kommer snartPodkaster kommer snart til appen. Installer nå, og bli den første som ser en helt ny tilnærming til podkaster
Episoder
अमेरिकाको ४६औँ राष्ट्रपतिमा बाइडेन निश्चित 08.11.2020 1:43
अफ्रिकी-दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित
चाडबाड, चिसो र कोरोना : खानपानमा कसरी ख्याल गर्ने ? 02.11.2020 4:29
अन्य वर्षहरुमा चिसोबाट बच्न पोषिलो र झोलिलो खानेकुरा खाने, न्यानो कपडा लगाउन चिकित्सकहरुको सुझाव हुन्थ्यो । तर यो वर्ष चिसोबाट मात्रै बचेर पुग्ने अवस्था छैन ।
काँग्रेस महाधिवेशन : तोकिएकै समयमा होला ? 02.11.2020 2:26
महाधिवेशन गर्दा नेताहरूको भीडभाड हुने र यसले कोरोना सङ्क्रमण फैलाउने भएकाले सार्नुपर्ने सभापति देउवा पक्षको तर्क छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने पदमा बसिरहने खेलका रुपमा महाधिवेशन सार्न खोजिएको बुझेको छ ।
कृषि तथा पशुपन्छी सम्बन्धि तथ्याङ्क व्यवस्थित गर्न स्थानीय सरकारलाई केन्द्रको बजेट 01.11.2020 3:00
कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीका अनुसार सफ्टवेयर करिब फाइनल हुने चरणमा छ । अब तालिमको तयारी भइरहेको छ । कहिले कहिले तथ्यांक अपडेट गर्ने, कसरी गर्ने भन्ने विषयमा सामान्य मार्गनिर्देशन पठाइएको छ, विस्तृत मार्गदर्शन बन्दैछ ।
वैकल्पिक शिक्षालाई सरकारको मान्यता, निल्नु न वकल्नुपर्ने विद्यार्थीको बाध्यता 12.10.2020 5:15
वैकल्पिक शिक्षालाई सरकारको मान्यता, निल्नु न वकल्नुपर्ने विद्यार्थीको बाध्यता (अडियोसहितण)
चिकित्सक भन्छन्, निको भएकालाई होइन, गम्भीर भएकालाई हेरेर सावधानी अपनाऔं 08.10.2020 3:09
डाक्टर पौडेलले भन्नुभयो, 'नेपालमा सङ्क्रमितको तुलनामा मृत्युदर निकै कम छ । त्यसकारण नागरिकले गम्भीर भएर सोचिरहनुभएको छैन । उहाँहरू मृतकको संख्या हेरिरहनुभएको भएको छ । यस्तो वेवास्ताले भोली भयावह अवस्था आउनसक्छ ।'
प्रेम सम्बन्धको आरोपमा हुम्लामा महिलालाई यातना 03.10.2020 1:41
जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर ७ ओख्रेनकी एक २३ वर्षिया किशोरीलाई देवर नाता पर्ने गाउँकै किशोरसँग सम्बन्ध राखेको आरोपमा गाउँलेले शुक्रबार दिउँसो एकै स्थानमा जम्मा भएर दिसा खुवाएका हुन् ।
बङ्गुर पालेरै लाखौं आम्दानी 22.09.2020 1:28
बुढाथोकीले भन्नुभयो, ‘आनन्द भएको छ । क्षेत्रीको छोराले किन यो काम सुरु ग¥यो भन्ने प्रश्नहरू पनि आए । तर म काम गर्छु भन्ने भयो भने जातभात, लिङ्ग भेद केहीले पनि रोक्दैन रहेछ ।’
किबी फल झर्न थालेपछि सोलुखुम्बुका किसान चिन्तित 21.09.2020 2:48
सोलुखुम्बुमा किबी खेतीको सम्भावना राम्रो भएकाले यसतर्फ किसानको आर्कषण बढेको छ । किबी फलको बजार पनि राम्रो छ । तर अहिले फल झर्ने समस्याले बजारै पु¥याउन नपाउने हो कि भन्ने चिन्ता किसानलाई छ ।
बाटो बिग्रिएपछि बाजुराको स्याउ बजार पुग्न पाएन 21.09.2020 2:51
देख्नमा अरुभन्दा राम्रो नभएपनि बाजुराको स्याउ स्वादिलो छ । त्यसैले बाजुराको स्याउको माग बजारमा राम्रो छ । कैलालीका पवन विष्ट बाजुराको स्याउ खानका लागि रसिलो र मिठो बताउनुहुन्छ ।
तरकारी खेती, पशुपालन र घरेलु उद्यममा पर्वतका युवाको आकर्षण 20.09.2020 2:45
पौडेलले अगाडी थप्नुभयो, ‘अहिले चारवटा टनेलमा टमाटर फाइराखेको छु, एउटामा मिटर बोडी, तीनवटा टनेलबाटचाहिँ मैले नियमित टमाटरहरू टिपिराखेको छु भने एउटामाचाहिँ काक्रालाई फालेर भर्खर नयाँ टमाटर लगाएको छु । पोल्ट्री पनि छ मसँग अहिले, ८०० कुखुरा छ । प्लस यो टनेल गर्दा अहिले मैले वार्षिक ६ लाख आम्दानी गरिराखेको छु ।’
दाङको गढवामा व्यवसायीक रुपमा रेशम खेती 19.09.2020 2:11
अरू समस्या आउँदा पनि बिचलित नभइ काम गरिरहेको बताउनुहुन्छ, अर्का किसान धनीराम पौडेल । रेशम उत्पादन राम्रो भए एक बिगाह जमिनबाट बर्षमा ४ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।
कस्तो छ, मौलिक हक कार्यान्वयनको अवस्था ? 19.09.2020 3:25
मौलिक हकले छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरेको छ । संवैधानिक र कानुनी व्यवस्था भएपनि जातका आधारमा गरिने भेदभाव र विभेद अझै पनि हट्न सकेको छैन ।
कोभिड १९ ले परिवार योजना सेवा प्रभावित 18.09.2020 3:02
तर प्रदेश नम्बर ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी परिवार नियोजनाका साधन अभावको विषयलाई अस्वीकार गर्नुहुन्छ । गिरीले भन्नुभयो, ‘गर्भपतनलाई मिनिमाइज, सकेमा शुन्यमा झार्नुपर्छ । सचेत नागरिकको रुपमा, युवायुवतिलाई पनि जानकारी गराउने, सम्बन्ध राख्नुपरेको खण्डमा सुरक्षित रुपमा परिवार नियोजनको साधन प्रयोग गर्ने, जो सर्वसुलभ रुपमा सबै ठाउँमा छ ।’
मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम 17.09.2020 3:04
स्थानीयले कुनै समस्या देखिए गाउँमै खटिने प्राविधिकको सल्लाह पाउँछन् । कार्यक्रमले किसानलाई उन्नत बालीतर्फ आकर्षित गराएको बताउनुहुन्छ, अर्का किसान शंकर रिजाल ।
उपभोक्ता बनेर मन्त्री बजार पुगेपछि 17.09.2020 2:47
व्यापारीले मन्त्रीलाई चिनेनन् । हरेक पसलमा मूल्य फरक पाउनुभयो । एक ठाउँमा एकसय १० र अर्को एक ठाउँमा एकसय २० तिर्नुभयो । कालीमाटीमा त व्यापारीले मन्त्रीलाई किलोको एकसय ५० रुपैयाँ भने ।
लकडाउनका कारण होटल व्यवसायी मारमा 17.09.2020 2:12
मासिक एकलाख ५० हजार भाडा तिर्दै आएकोमा हाल भाडा समेत तिर्न नसक्ने अवस्था रहेको पोख्रेलको भनाइ छ । पोख्रेलले भन्नुभयो, ‘भाडा पनि साह्रै महङ्गो छ, व्यापार छैन । सरकारले केही राहत दिएर गरिदिन सके हो । अब जहिलेसम्म सक्छौं हेरौं, नसके साहुलाई बुझाउने हो, हिँड्ने हो ।’
लकडाउनका कारण किसानले आफ्नो उत्पादन बेच्न पाएनन् 17.09.2020 1:28
उत्पादन गरेको बस्तु समयमा विक्रि नहुने, विक्रि भएपनि समयमा भुक्तानी नापाईने र आवश्यक सामग्री सहज रुपमा उपलब्ध नहुदा समस्या भोग्नुपरेको धनकुटा नगरपालिका वडा नं २ का किसान चन्द्रलाल तामाङ्ग बताउनुहुन्छ ।
पाल्पाका किसान स्थानीय स्तरमै मल उत्पादन गर्दै 16.09.2020 2:31
जैविक मलले माटोमा उर्वराशक्ति बढाउने थाहा पाएपछि, आफैं खटेर मल उत्पादनमा लागेको स्थानीय कुलराज रानाभाटले बताउनुभयो । उत्पादित मल धानमा हाल्दा निकै राम्रो भएको उहाँको अनुभव छ ।
मन्त्री अर्याललाई प्रश्न : के हलियाहरु साँच्चै मुक्त भए ? 10.09.2020 9:54
पहिचान गर्न जाँदा १६ हजार ९ सय ५३ मुक्त हलियाको एकिन भयो । अनि यो तथ्यांक संकलन भइसकेपछि त्यसलाई संशोधित संख्याका रुपमा १६ हजार ३ सय २२ एकिन भए । अब आजका मितीसम्म आइपुग्दा पुर्नस्थापना भएकाको संख्या भनेको १२ हजार ८ सय ३० हो ।
प्रदेशलाई केन्द्र सरकारले आफ्नो नियन्त्रणमा राख्यो – उपेन्द्र यावद 09.09.2020 5:21
प्रदेश सरकार सँग न आफ्नै कर्मचारी छ, न त आफनो स्रोतमाथि अधिकार छ । न कानुन छ, न प्रशासन छ न केहि छ । त्यस्तो अवस्थामा कुन प्रदेश सरकार कति प्रभावकारी हुनसक्छ भन्ने कुराको पनि त ख्याल राख्नुपर्छ ।
आधारभूत सेवा सुविधा समेत छैन मुक्त हलियालाई 06.09.2020 3:00
सरकारले हलिया मुक्तिका नाममा केही पैसा दिएर घर मर्मत त गरिदियो, तर रोजीरोटीको उपाय नभएपछि पुनः अघोषित हलिया जीवन बिताउनु परेको छ ।
मजदूरी गर्नेहरूको प्रश्न, कहिले पाइन्छ काम ? कहिले पाइन्छ खाना ? 06.09.2020 3:03
कोरोना भाइरसको त्रासले चैत यता कार्यालयहरू राम्रोसँग सञ्चालन भएका छैनन् । विकास निर्माणका काम पनि प्रभावित भएका छन् भने पसल नखुल्दा दैनिक ज्याला मजदुरी गरेर खाने परिवार समस्यामा परेका छन् ।
मजदूरी गर्नेहरूको प्रश्न, कहिले पाइन्छ काम ? कहिले पाइन्छ खाना ? 06.09.2020 1:48
साहुको काम गरेर दैनिक गुजारा चलाइरहेका हलिया परिवारलाई कोभिड १९ ले प्रभाव पारेको छ । काम पनि पाइएको छैन, त्यसमाथी महङ्गीले झन् समस्या थपिएको स्थानीय हिक्मत वड बताउनुहुन्छ ।
धानमा हाल्न किसानले मल पाएनन् 01.09.2020 2:09
मकै छर्ने बेलामा सहकारी मार्फत रासायनिक मल पाएका किसानले धानमा राख्ने मल भने पाएका छैनन् । लामो लकडाउनका कारण सहकारीमा मल आएको छैन । बजारमा पनि अभाव छ ।
Lignende podkaster
Replaio er ikke podkastutgiver; programnavn, omslag og lyd tilhører opphavspersonene og distribueres via offentlige RSS-feeder.