CIN NEWS
CIN NEWS
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Mindenképp látogasd meg a podcast oldalát, és támogasd a készítőjét: cinkhabar.com
Hol hallgathatod?
Podcastok az alkalmazásban Replaio Radio HamarosanA podcastok hamarosan megérkeznek az alkalmazásba. Telepítsd most, és láss elsőként egy teljesen új megközelítést a podcastokhoz
Epizódok
मूल्य बढेपछि प्याज किन्ने र खाने घटे 04.12.2019 3:10
केसीले भन्नुभयो, ‘एकसय ९० हुँदासम्म त किनेको थिएँ, अस्ति त दुईसय ४० भने खुल्ला अनि ल्याउन मनै लागेन । मैले खाना, खाजा खानको लागि आउने सबैलाई भनेको छु, प्याज मङ्गो छ म हाल्दिनँ भनेर । कसैले कम्प्लेन गर्नुभएको छैन । बरु उहाँहरुले किन्नु पर्दैन, प्याज नभएपनि मिठो हुन्छ, हामी यस्तै खान्छौं भन्नुहुन्छ । मासुमाचाहिँ चाहिने नै भएकाले थोरै हाल्ने गरेको छु ।’
जोखिम कम गर्न पूर्व योजना बनाउन किसानलाई विज्ञको सुझाव 14.11.2019 2:09
तरकारी तथा नगदे बाली लगाउँदा प्राकृतिक प्रकोपको जोखिम हुन्छ, विभिन्न रोग किराको आक्रमण हुन सक्छ । त्यसको लागि बालीको बीमा गराउनुपर्ने अधिकृत काफ्लेले बताउनुभयो ।बाली लगाउनु भन्दा अगाडि नै किसानले मल र बजारको सहजै पहुँच हुने स्थानको छनोट गर्नुपर्छ ।
नेपाली भूमी मिचिएको विषयमा के भन्छन्, विज्ञ ? 10.11.2019 2:32
तर नेपाल ७० वर्षअघि आफ्नो भूमी भारतीय नक्सामा पर्दा पनि किन बोलेन ? जलस्रोत विज्ञ डाक्टर जगत नेपाल भन्नुहुन्छ, ‘जुन बेला हामीले लिपु खोलालाई महाकाली शिर मानेर हाम्रा नक्सा निकाल्यौं यो ठूलो गल्ती भएको हो । यही गल्तीलाई समातेर उसले एउटा खोल्सी बनायो अहिले । बिना तथ्य, बिना आधार हामीले लिपुलाई महाकालीको शिर मान्यौं । ’
नेपाल-भारतबीच ७१ स्थानमा सीमा विवाद 09.11.2019 4:43
नभए भोलि भारतले बनाएको र हाम्रो भूमि मिचेकै नक्सामा सरकारले सहमति जनाउने हो भने नेपालमा झनै आगो बल्छ । त्यसको हामीबाट र आम जनताबाट विरोध हुन्छ । हाम्रो सरकारबाट त्यो गल्ति हुन्छ भन्ने लाग्दैन । यदि कसैले त्यस्तो गल्ति गर्छ भने त त्यसको मूल्य उहाँहरुले चुकाउनु पर्छ ।
गाउँपालिकाको केन्द्र पुग्न भारतको बाटो भएर 09.11.2019 1:53
स्थानीय विजयकुमार लामाले भन्नुभयो, ‘हाम्रो आफ्नो गाउँपालिका जानलाई इन्डियाको मानेभञ्ज्या, सुकिया हुँदै पशुपति, फिकल हुँदै इलाम गएर उँभो देउराली घुम्नुपर्छ । नेपालबाट छ छन त तर असुविधा । बाटो छैन । भारतको बाटो हुँदै जानलाई धेरै लामो बाटो पर्छ । जान एकदिन आउन एकदिन । टन्न खर्च बोकेर जानुपर्ने हुन्छ । दुई हजारको काम छ भने यहाँबाट १० हजारजति बोकेर जानुपर्छ । बस्नुपर्यो, खानुपर्यो । भारु नेरु पैसा बोके...
के नेपाल आतङ्कवादीको अखडा बन्दैछ ? 07.11.2019 2:34
नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर रहेको र भारतसँगको खुला सीमाका कारण नेपालमा आतङ्कवादीहरु सहजै प्रवेश गर्न सक्ने जिकिर गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने प्रतिवेदनमा उल्लेख गरिएको सुरक्षासम्बन्धी विषयलाई गलत भनेको छ । विमानस्थलका प्रवक्ता प्रताप बाबुु तिवारीले पनि अमेरिकी प्रतिवेदन गलत भएको बताउनुभएको छ । सीआईएनसँगको कुराकानीमा उहाँले अन्तर...
ढिलासुस्तीको नमूनाः ताप्लेजुङ सडक आयोजना 05.11.2019 2:47
विकासका लागि महत्वपूर्ण आधार भनेको पूर्वाधार निर्माण हो । तर पूर्वाधारमा पर्ने सडक निर्माणमा कति ढिलासुस्ती हुन्छ भन्ने उदाहरण ताप्लेजुङको सडक आयोजनाले देखाएको छ ।
दिगो विकास लक्ष्य पूरा गर्ने सरकारको दावी 02.11.2019 2:50
गरिबी निवारणकै लागि काम गर्ने दिशामा लाग्न सबैजसो मन्त्रालय र मन्त्रालय मातहतका निकायको प्रयास जरुरी रहेको मन्त्रालयको गरिबी निवारण शाखाका प्रमुख, उपसचिव अनन्तबहादुर बस्नेतले सीआईएनसँग बताउनुभयो ।
धानमा बाला नलागेपछि किसानलाई चिन्ता 02.11.2019 2:45
भारतीय उत्पादन गरिमा जातको धान तराईका क्षेत्रमा पनि राम्रो फलेपछि सरकारले २०७२ मा नेपालमा सूचीकृत गरेको थियो । यस अगाडीका बर्षमा उत्पादन राम्रो भएको भएपनि यसपटक किसानले रोपेको धानमा बाला लागेन । दाङ, बारा, रौतहट, पर्सा, कपिलवस्तु, चितवन, कैलाली लगाएत जिल्लामा लगाईएको धानमा बाला लागेन । मानो रोपेर मुरी फलाउने समयमा किसानको भकारी रित्तै भएको छ ।
देउरा बजारमा फोहोर व्यवस्थापनको समस्या 01.11.2019 2:03
स्थानीय कलक बहादुर विष्ट फोहोर फाल्ने ठाउँ नभएको बताउनुहुन्छ । बजार व्यवस्थापन समिति वा गाउँपालिकाले प्लाष्टिककै भाँडा भएपनि ठाउँ ठाउँमा राखिदिए सजिलो हुने उहाँ बताउनुहुन्छ । देउरा बझाङको मात्रै नभई डोटी र बैतडी जिल्लाको पनि प्रमुख बजार हो । बजारमा बढ्दै गएको फोहोरलाई व्यवस्थापन गर्न स्थानीय सरकारले चासो नदेखाएको स्थानीय हरी रोकायाले गुनासो गर्नुभयो ।
बसाइ नेपालमा, दैनिकी भारतमा 01.11.2019 2:47
जौवारीका स्थानीयलाई इलाम बजार पुग्नुभन्दा सिमावर्ती भारतका बजारहरु मानेभञ्जाङ, सुकिया, सिमाना जस्ता ठाउँमा जान पायक पर्छ । बिरामी हुँदा भारतिय अस्पताल जानुपर्ने बाध्यताले खर्च पनि धेरै लाग्ने स्थानीयको गुनासो छ । स्थानीय कुमार बस्नेत आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबार रहेकाले महङ्गो रकम तिरेर उपचारका लागि जान समस्या हुने बताउनुहुन्छ ।
दशैं तिहारको बिदामा थियटर र नाटकको नौलो अनुभव 30.10.2019 1:57
कार्यशालामा काकरभिट्टा क्षेत्रका १३ जना बालबालिका सहभागि थिए । स्थानीय हिलारी पोर्तेल र अंकित निरौला नयाँ नयाँ विषय सिक्न पाउँदा निकै खुशी लागेको बताउनुहुन्छ । बालबालिकाहरुको बिदाको समयको सदुपयोग गरेर उनीहरुलाई नयाँ कुरा सिकाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । परिवर्तन थिएटरका अध्यक्ष कविता नेपाल विद्यार्थीहरुको छुट्टीको सदुपयोग गर्दै कार्यक्रम गरिएको बताउनुहुन्छ ।
बजारका भाँडाले विस्थापित गर्यो माटाका भाँडा 30.10.2019 1:54
कपिलवस्तुको शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका लगायतका ठाउँमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीका कोहार र मुस्लिम धर्मावलम्बीका कसघड जातीका नागरिक ठूला चाडबाडका बीच माटाका सामग्री बनाउन अहिले व्यस्त छन् ।
काभ्रेमा फूल खेती गर्ने किसान बढ्दै 30.10.2019 2:05
जिल्लाको बनेपा, धुलीखेल, पनौती, रोशी, पाँचखाल, बेथानचोक र भुम्लुका विभिन्न स्थानाम फूल खेती हुँदै आएको छ । पुष्प खेती प्रबद्र्धनका लागि कृषि ज्ञान केन्द्र काभ्रेले योजना बनाइरहेको कार्यालय प्रमुख जनार्दन खड्काले बताउनुभयो ।
साढे सात करोडका सरकारी गाडी प्रयोगविहिन 30.10.2019 2:35
दुवै गाडीको खरिद मुल्य तत्कालिन समयमा ४०/४० लाख उल्लेख गरिएको छ । त्यतिखेर ४० लाखमा किनिएका ती गाडीको मूल्य अहिले डेढ करोड पर्छ । करिब डेढ करोड पर्ने अर्काे कालो रङको गाडीको नम्मर प्लेट नै छैन । जिल्ला समन्वय समितिकै परिसरमा अर्को कुनामा अर्को ल्यान्डरोभर कम्पनीकै गाडी विग्रीएको अवस्थामा छ र उक्त गाडी पनि कति समयदेखि त्यहाँ छ भन्ने कुनै अभिलेख छैन ।
नेपालको ओखर अलपत्र, विदेशबाट करोडौंको आयात 29.10.2019 3:38
चार दिनअघि असन पुग्दा ललितपुरका लक्ष्मी महर्जन भाईटीकाका लागि भाईमसलाको सामान किन्दैगर्दा भेटिनुभयो । ओखरको मुल्यमा उहाँले निकैबेर मोलमोलाई गर्नुभयो । ७ सयमामा एक प्याकेट किन्नुभयो ।
बजार अनुगमनलाई नियमित बनाउन उपभोक्ताको माग 28.10.2019 1:57
चाडपर्वका बेलामात्रै भन्दा पनि नियमित रुपमा बजार अनुगमन हुनुपर्ने उपभोक्ताको माग छ । चाडपर्वको बेला दैनिक चाहिने उपभोग्य सामानसँगै अन्य सामानको पनि बिक्री बढ्ने भएकाले उपभोक्ता ठगीमा पर्ने सम्भावना बढि नै हुन्छ ।
सीप सिक्न पाएपछि खुशी,गुरुङ समुदायका महिला 28.10.2019 2:18
गुरुङ समुदायका महिला तथा किशोरीका लागि पोखरा महानगरपालिका वडा नं ९ को ५० हजार रुपैयाँ सहयोग तथा तमु धिं नेपाल केन्द्रीय आमा समितिको व्यवस्थापनमा तालिमको आयोजना गरिएको हो । तालिममा सहभागी चिसापानीका अस्मी गुरुङ युवाहरुले कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने बताउनुहुन्छ । तमु महिलाहरुलाई उद्दमशीलताको विकासका साथै संस्कृति संरक्षणका लागि तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
स्थानीय जातको सयपत्री फुल्न ढिलाइ 28.10.2019 1:32
१३ रोपनी जमिनमा लगाएको स्थानीय जातको सयपत्री २० प्रतिशत मात्रै फूलेपछि धनकुटा ३ सेउलेका नगेन्द्र घिमिरे निराश हुनुहुन्छ । तिहारमा बेच्नका लागि लगाएको सयपत्री नफूलेपछि उहाँका छिमेकी गजेन्द घिमिरे पनि खुशी हुन सक्नुभएको छैन । उहाँले चार रोपनी जमिनमा सयपत्री र मखमली फूल लगाउनुभएको छ । मखमली ढकमक्क भएपनि सयपत्रीमा भर्खर कोपिला मात्रै लाग्दैछ ।
सार्वजनिक ठाउँमा सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणको जिम्मा अब प्रहरीलाई 26.10.2019 2:49
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिव पुस्करराज नेपालका अनुसार यसका लागि ऐन संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ । गृह मन्त्रालयबाट प्रतिक्रिया पाइसकेको र अर्थ अनि उद्योग मन्त्रालयबाट आइसकेपछि कानुन मन्त्रालय हुँदै मन्त्रीपरिषद्मा पठाउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका उप सचिव नेपालले भन्नुभयो, ‘जबसम्म नेपाल प्रहरीलाई हामीले सहभागी गराउन सक्दैनौ...
परिणाम नदिए जनताबाट खतरा छः प्रचण्ड 25.10.2019 9:14
यो ऐतिहासिक महत्वको राजनीतिक पहलकदमी पनि हो । त्यस अर्थमा मलाई गर्व छ । नेपाल गणतन्त्रको एउटा नयाँ युगमा प्रवेश गर्यो। तर जनताले यो गणतन्त्रबाट जे–जस्तो राहत, परिणाम, सुविधा, मुक्ति खोजेका हुन्, त्यो अझैँ प्राप्त भएको अनुभूति जनताको तहमा भएको छैन ।
दिगो विकास लक्ष्य पूरा गर्न योजना कार्यान्वयन आवश्यक 22.10.2019 2:38
गुणस्तरीय शिक्षा, स्वच्छ पिउने पानी, स्वास्थ्यको पहुँच, गरिबीको अन्त्य, सामुदायिक स्रोतको संरक्षण, भोकमरी अन्त्यलगायत १७ वटा लक्ष्य दिगो विकास अन्तर्गत पर्दछन् ।
कृषिमा युवाको मेहनत,सफलता र रोजगारीको सम्भावना 21.10.2019 2:43
भाइ किशोर स्याङ्तानले पनि स्नातक पढेपछि कृषि जेटिए पढ्नुभयो । भाइ कृषि प्राविधिक, दाजु पशु प्राविधिक अब व्यावसायिक कृषिलाई अघि बढाउन झन सजिलो भयो । व्यावसायीक कृषि गरेको ६ वर्षमा आम्दानीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ ।
गरिबका कार्यक्रम प्रभावकारी नभएको गुनासो 21.10.2019 2:53
तथ्याङ्कअनुसार गरिबीकै कारण नेपालका सातमध्ये एक आधारभूत आवश्यकताबाट वञ्चित छन् भने पाँच वर्षमुनिका १० प्रतिशत बालबालिका उमेर र उचाइभन्दा कम तौलका छन् ।
पर्याप्त खानाको अभावमा ४० लाख बालबालिका स्वास्थ्य समस्यामा 17.10.2019 2:33
खाद्यको पहुँचमा नभएकै कारण बालबालिकामा ख्याउटेपन, कुपोषण, पुड्कोपन जस्ता समस्या देखिने गरेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । भोकमरी न्यूनीकरणमा नेपालले सुधार गरेको छ, तर सन्तोषजक सुधार भने छैन । सबै नागरिकको पहुँचमा खाद्यान्न पु¥याउन सरकारको आगामी रणनीति के छ ? कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जीसी उत्पादन बढाउने र त्यसलाई सामाजिक न्यायको आधारमा वितरण गर्ने लक...
Hasonló podcastok
A Replaio nem podcastkiadó; a műsorok nevei, borítóképei és hanganyagai a szerzőiket illetik, és nyilvános RSS-csatornákon keresztül terjednek.