CIN NEWS
CIN NEWS
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Mindenképp látogasd meg a podcast oldalát, és támogasd a készítőjét: cinkhabar.com
Hol hallgathatod?
Podcastok az alkalmazásban Replaio Radio HamarosanA podcastok hamarosan megérkeznek az alkalmazásba. Telepítsd most, és láss elsőként egy teljesen új megközelítést a podcastokhoz
Epizódok
छाउपडी विरुद्ध अदालतको पहिलो कारबाही 24.01.2020 2:26
मृतक पार्बतीका जेठाजु छत्र रावतलाई मुलुकि अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ४ बमोजिम ४५ दिन कैद फैसला गरिएको हो । गत मंसिर १५ गतेराती पार्बतीको छाउगोठमा मृत्युभएपछि उहाँका जेठाजु रावतलाई चारदिनपछि १९ गते प्रहरीले पक्राउगरी मुद्दा चलाएको थियो ।
किसान मर्ने देश 23.01.2020 2:01
विचौलियाको मनपरी सुनाउँदै थापाले भन्नुभयो, ‘काउली छ, यो भाउमा दिने भा देऊ नत्र लिंदैनौं भन्छ पसलेले । अब बेच्न ल्याएको सामान फर्काएर लैजाने कुरा त हुँदैन, उसले जति भन्छ त्यति भाउमा दिनुपर्छ । उसको भाउमा हामी दिन्छौं अनि उसको भाउमा बजारमा बिक्रि हुन्छ ।’
जिम्मेवारी श्रीमतिको, काम गर्ने श्रीमान 22.01.2020 2:35
उपप्रमुख र उपाध्यक्ष कुनै कार्यक्रममा गएपछि भत्ता बुझ्न श्रीमान पुग्छन् । उपप्रमुख बैठकमा हुँदा हलबाहिर श्रीमानहरुको ठूलो भिड नै जम्मा भएर गफिने गरेको देखिन्छ । कतिपय कार्यक्रममा अतिथि उपप्रमुख, भाषण गर्ने श्रीमान भएको रोचक दृश्य पनि देखिने गर्छ ।
फैलिंदै मध्यम वर्ग 22.01.2020 3:11
विभागका महानिर्देशक नविन लाल श्रेष्ठले सीआईएनसँग कुराकानी गर्दै सर्वेक्षणका लागि तालिम दिने काम भइरहेको बताउनुभयो । नेपालमा कुन वर्गको अवस्था कस्तो छ, त्यसलाई केन्द्रीत गरेर एक वर्ष भित्रमा तथ्याङ्क लिने काम गरिने विभागको भनाइ छ । कृषि र उद्योग क्षेत्रको विस्तारसँगै सम्पत्तिका आधारमा धनी र गरिबमा बाँडिएको नेपाली समाजमा मध्यमवर्गको विस्तार बाक्लिएको हो । तर, मुख्य स्रोत विदेशबाट पठाएको रेमिटेन्समा...
मध्यमवर्गका नेपालीको सङ्ख्या बढ्यो 22.01.2020 3:11
नेपालमा वर्गसम्बन्धी एक मात्र आधिकारिक परिभाषा छ । त्यो हो– गरिबीको । प्रतिव्यक्ति प्रतिवर्ष १९ हजार २ सय ६१ रुपैयाँ आम्दानी नहुने व्यक्तिलाई गरिबीको रेखामुनि राखिएको छ ।
एमसीसी विवाद 20.01.2020 2:47
एमसीसी बहसलाई कसरी लिने ? अन्तराष्ट्रिय मामिलाका जानकार अरुण सुवेदीले भन्नुभयो, ‘एक्स्ट्रा हाइ भोल्टेज ट्रान्समिसन लाइन यसले बनाइदिने हुँदा त्यसबाट हुइलिङ हुने पावरचाहिँ, बजार भनेको भारत हो भारतले किनिदिएन भने त्यसको कुनै अर्थ हुँदैन । त्यसकारण बजारको अप्रुबल लिनुपर्छ । बजारले किनिदिन्छ भने म बनाइदिन्छु भनेको भएर त्यसलाई अन्यथा लिनु हुँदैन ।’
संविधानमा अधिकार, व्यवहारमा अत्याचार 19.01.2020 2:52
संविधानले नै खाद्य सम्बन्धी अधिकारलाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । गुणस्तरीय खाद्यन्नको पहुँचमा प्रत्येक नागरिक हुनुपर्ने परिकल्पना संविधानले गरे पनि नयाँ संविधान जारी भएको ४ वर्ष बित्दा पनि व्यवहारमा लागु हुन सकेको छैन ।
नमुना घोषणा भएका विद्यालयकै कमजोर नतिजा 18.01.2020 2:49
विद्यालयले तोकिएको उद्देश्य अनुसारको पारदर्शिता, निर्णय प्रक्रियामा सहभागिता, विद्यालयको भौतिक संरचना, शिक्षकको योग्यता तथा उपलब्धता र समुदायबाट विद्यालयलाई प्राप्त भौतिक सहयोगलाई लगानी मानेर गरिएको विश्लेषणमा २४ जिल्लामध्ये औसतमा सबैभन्दा राम्रो मनाङ र कमजोर भोजपुरका सामुदायिक विद्यालय देखिएका हुन् ।
कार्यविधि सिंहदरबारमै घुमिरह्यो,कार्यक्रम सुरु हुनै सकेन 18.01.2020 2:14
कृषि विज्ञ दुर्गाप्रसाद दवाडीका अनुसार अनुदान अन्तरगत छुट्याईएको बजेट फ्रिज हुने अवस्थामा छ । दवाडीले भन्नुभयो, ‘कृषि मन्त्रालय, अर्थ मन्त्रालयको मुख ताक्छ । अर्थ मन्त्रालय यो कार्यविधिको पछि किन लागेको हो ? भन्छ अनि स्वीकृत गर्दैन । त्यसैले बजेट फ्रिज हुने अवस्थामा छ । नागरिक भने कार्यविधिकै कारण मर्कामा परेका छन् । कतिपय कार्यक्रम सुरु हुने समयमा नभएपछि अब त्यो पैसा खर्च हुँदैन ।’
बालबालिका हराउने दर दोब्बरले बढ्यो 17.01.2020 4:21
बालकभन्दा बालिका धेरै हराउने तर नभेटिने समस्या समाधानका लागि सरकार र अभिभावकले गरेको प्रयासले सफलता पाउन सकेको छैन ।
जनप्रतिनिधिको विवाद, सेवाग्राहीमा प्रभाव 17.01.2020 2:04
शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने दिगो विकासका लक्ष्यमा भनिएको छ ।
स्वास्थ्यमा नागरिकको लगानी राज्यभन्दा सय गुणा बढी 16.01.2020 2:28
सिन्धुलीका अनिशा अधिकारीको पाठेघरमा समस्या भएर उपचार गराउन काठमाडौं आउनुभयो । काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि जाँदा ६÷७ वटा जाँच डाक्टरले लेखेछन् । ५ हजार तिर्नुभयो, तर धेरै उपचार बाँकी नै छ । स्वास्थ्य सेवामा प्रत्येक नागरिकको समान पहुँच, आधारभूत स्वास्थ्य सेवा निःशुल्क, कोही पनि नागरिक आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने ग्यारेन्टी राज्यले गरेको छ ।
प्रतिनिधि सभा रोकिंदा राष्ट्रिय सभा पनि अप्ठ्यारोमा 15.01.2020 1:55
प्रतिनिधि सभा बैठक प्रभावित हुँदा माथिल्लो सदन मानिने राष्ट्रिय सभा पनि प्रभावित भएको छ । माघ ५ गतेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकका लागि छलफल गर्ने विषयको अभाव छैन । तर त्यसपछि के छलफल गर्ने ? उपाध्यक्ष शशिकला दाहालका अनुसार राष्ट्रिय सभा अन्यौलमा छ ।
बीमाको नाममा श्रमीकलाई मारमा पार्नेगरी नीतिगत भष्टाचार हुँदा सरकार साँक्षी (अडियोसहित) 14.01.2020 3:00
श्रम स्वीकृति दुई वर्षको भएता पनि कामदारले तीन वर्षको बीमा गर्नैपर्छ । विदेशीने श्रमिकले एक वर्षका लागि एक हजार पाँच सयदेखि तीन हजारसम्मको बीमा गरानुपर्छ । बीमाको प्रकृति पनि उमेरै पिच्छे फरक–फरक हुने गरेको छ ।
तीन महिनादेखि सभामुखको कुर्सी खाली 13.01.2020 2:34
सङ्घीयतासँगै स्थानीय तह सबैभन्दा प्रभावकारी सरकारको रूपमा रहे पनि स्थानीयस्तरमा अनियमितता र भ्रष्टाचार पनि मौलाउँदै गएकोमा चिन्ता व्यक्त व्यक्त गर्दै उनीहरूले त्यसलाई उजागर गर्नमा सञ्चारमाध्यमहरू चुकिरहेको टिप्पणी गरे ।
दुई अध्यक्षलाई शिवमायाको जवाफ ‘प्रतिनिधि सभालाई रिक्त बनाएर राजीनामा दिन्न’ 13.01.2020 1:19
हिजोको बैठकमा सभामुख चयन गर्ने कार्यसूची भएपनि सत्तारुढ नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसक्दा सूचना टाँसेर बैठक स्थगित भएको हो । यसअघि पनि दुईपटक सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । सत्तारुढ नेकपाको शनिबार साँझ बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने र आइतबारको बैठक आफैं चलाउने बताउनुभएको थियो ।
मिटर साहुको ज्याजति 09.01.2020 3:11
भक्कानो छोड्दै महतोले सुनाउनुभयो, ‘हजुरबुबा, बुबा, आमा, श्रीमतिको नाममा भएका सम्पत्तिहरु बेचेर साहुको पैसा तिरें । उल्टै साहु र साहुका एकाउन्ट हेर्ने अशोक यादवले तँलाई मारेर फालिदिन्छु भन्दै धम्की दिन थालेका छन् । घरबाट निकालिएको छु । कहिले कहाँ कहिले कहाँ रात बिताउनुपर्छ । आफ्नो भन्ने पनि कोहि छैन । छोराछोरीलाई भेट्न पनि दिँदैनन् ।’ दुईजना साहुका कारण अहिले झन्डै ५ हजारभन्दा बढी पीडित बनेका छन् ।...
अस्पतालमा बढे निमोनियाका बिरामी 09.01.2020 2:59
स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ५६ हजार १ सय ४६ जनामा निमोनियाको संक्रमण देखिएको थियो । यसमध्ये कडा निमोनिया १६ सय ३२ जना बालबालिका संक्रमित भएका थिए । निमोनिया सहित श्वास प्रश्वाससँग सम्बन्धित रोगका कारण गतवर्ष ७४ जना बालबालिकाको मृत्यु भएको तथ्याङ्कमा छ ।
सर्लाहीमा मिटर ब्याजको अर्को घटना सार्वजनिक 08.01.2020 0:58
आज बिहान सीआईएनसँग कुराकानी गर्दै सर्लाहीका कुशवाहले भन्नुभयो ‘मैले सञ्जय कुमार रौनियारसँग एक करोड रुपैयाँ ऋण लिएको थिए । ऋण लिएको एक वर्ष नपुग्दै मैले धितोमा राखेको जग्गा उहाँले बेच्न थाल्नुभयो । त्यसपछि मैले उहाँलाई सम्पर्क गरेँ । मैले उहाँको व्याज पनि तिरिसकेको थिएँ । उहाँले जग्गा बेच्न जरुरी नै थिएन ।’
जुम्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु 04.01.2020 2:00
जुम्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु
पर्यटन प्रवर्धन गर्न गोरखाबाट पदयात्र सुरु 04.01.2020 2:50
पुस २७ गते काठमाण्डौँ पुग्ने गरी हिजोबाट यात्रा सुरु भएको हो । पदयात्रा सुरु हुनुपूर्व एक कार्यक्रमका बीच पदयात्रामा निस्किएका टोलीलाई टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० शुरु 01.01.2020 2:04
सीआईएनसँगको विशेष कुराकानीमा मन्त्री भट्टराईले यो वर्ष विगतका वर्षहरुभन्दा भिन्न हुने बताउनुभएको हो । नेपाल आउने पर्यटकले नेपालीको एकता, उत्साह र जाँगरलाई थप हौसला प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ ।
सुन्तलाले बजार पायो तर ढुवानी महङ्गो 21.12.2019 1:55
केहिवर्ष अघिसम्म बलिङ्टार ५ का खिमबहादुर थापा डोकोभरी सुुन्तला बोकेर कावासोती र दलदलले पुग्नुहुन्थ्यो । २८ किलोमिटर लामो पैदल यात्रापछि पुगिने बजारले कहिल्यै उचित मूल्य दिएन । अहिले अवस्था फेरिएको छ । सुन्तलाको भारी बोकेर बजार डुल्नु पर्दैन । सडक र ढुवानीको व्यवस्थाले केही सहज बनाएको किसानहरु बताउँछन् ।
बैतडीमा छैन दाइजोको समस्या 21.12.2019 1:02
कतिपय अविभावकले छोरीलाई आफ्नो गच्छे र अवस्था हेरेर सहयोग गर्छन् । तर त्यस्तो सहयोग दाईजोको रुपमा नभएको स्थानीयको भनाइ छ । स्थानीय दुरा भाँट दाइजो ल्याउनुपर्ने वा दिनुपर्ने भनेर करकाप नहुने गरेको बताउनुहुन्छ ।
बलात्कार पीडितको पीडा : न्याय पाउनै कठिन 21.12.2019 3:29
प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ५ सय ७७ र कार्तिक महिनामा मात्रै बलात्कार झन्डै दुईसय घटना भएका छन् । यो प्रहरीसम्म आइपुगेको घटना मात्रै हो । बाहिरै नआएका घटना यो भन्दा अझै बढि हुनसक्ने अनुमान छ । बलात्कारको घटनाको तथ्याङ्क जति डरलाग्दो छ, न्यायको ढोका ढकढक्याउन पुगेकाहरुले भोग्नुपर्ने हिंसा अझै पीडादायी छ ।
Hasonló podcastok
A Replaio nem podcastkiadó; a műsorok nevei, borítóképei és hanganyagai a szerzőiket illetik, és nyilvános RSS-csatornákon keresztül terjednek.