CIN NEWS

CIN NEWS

News NE ↓ 1346 epizód

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Mindenképp látogasd meg a podcast oldalát, és támogasd a készítőjét: cinkhabar.com

Szerző

CIN NEWS

Kategória

News

A podcast weboldala

cinkhabar.com

Legutóbbi epizód

2024. jan. 16.

Hol hallgathatod?

Podcastok az alkalmazásban Replaio Radio Hamarosan

A podcastok hamarosan megérkeznek az alkalmazásba. Telepítsd most, és láss elsőként egy teljesen új megközelítést a podcastokhoz

Letöltés a Google Play-ről Telepítsd ingyen Android közel 10 M letöltés · 4,8-as értékelés iOS hamarosan

Epizódok

सुरक्षित स्थानमा सर्न थाले लिदीका पहिरो प्रभावित 27.08.2020

अहिले बाँसखर्कमा एक सय २५ परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ । हालसम्म १ सय २१ परिवार बाँसखर्क पुगेका छन् । खानेपानी, इन्धनसँगै शौचालयको पनि समस्या हुनसक्ने चिन्ता विस्थापितहरुलाई छ ।

सङ्क्रमित रेडियोकर्मी सुरक्षित भएर सूचना दिंदै 25.08.2020

पछिल्लो पटक गत भदौ ४ गते रेडियोमा कार्यरत मध्ये ६ जनाले पीसीआर परिक्षण गराएकोमा ५ जनामा भदौ ७ गते सङक्रमण पुष्टि भएको रेडियोमा कार्यरत शिवनाथ यादवले सीआईएनसँग बताउनुभयो ।

कुनै पनि दलका प्रमुख र निर्णायक भूमिकामा छैनन् महिला 23.08.2020

नेपालको संविधानले हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत अनिवार्य गरेको छ । तर नेपालका राजनीतिक दलमा भने अहिलेसम्म महिलाको प्रतिनिधित्व २० प्रतिशत नाघेको छैन ।

कर्मचारी भर्नामा तीनै तहका सरकारको मनलाग्दी 18.08.2020

कतिपय स्थानीय तहले स्थायी दरबन्दी भन्दा बढी करारमा राखेका र एउटा स्थानीय तहले मात्र ८० जना कर्मचारी अस्थायी करारमा भर्ना गरेको पाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । 

बस्ती सारिदिन नागरिकले गरेको आग्रह कसैले सुनेनन् 15.08.2020

एक महिनाको बिचमा उनीहरूले कहिले जुगल गाउँपालिकाका जनप्रतिनिधि, कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी त कहिले सांसद र नेता, सबैतिर समस्या सुनाइसकेका थिए । तर उनीहरूको समस्याको समाधानमा कसैले चासो देखाएनन् ।

दुर्गम जिल्लाबाट जोखिममा रहेका गर्भवती र सुत्केरी उद्दार गर्ने कार्यक्रम प्रभावकारी 13.08.2020

काखमा श्रीमतीलाई राखेर हेलिकोप्टरमा बस्नुभएका अभिजितले खुशी हुँदै भन्नुभयो, ‘हामीजस्तो मान्छेले यस्तो सुविधा पाउनु एकदमै खुशीको कुरा हो । जिल्लामा सम्भव छैन भन्ने बित्तिकै मेरो सात्तो गएको थियो । तर जब हेलिकोप्टर बोलाउने कुरा भयो, मलाई त विश्वास नै लागेको थिएन । तर जब हेलिकोप्टर आफ्नै नजिक आएर बस्यो । मेरो त खुशीको सीमा छैन । अब बेलैमा सुविधा सम्पन्न अस्पताल पुगेपछि मेरो श्रीमती र बच्चाको ज्यान जो...

हुम्लामा सुरु भयो पठनपाठन 09.08.2020

लामो समय बन्द रहेका विद्यालय सञ्चालन भएपछि शिक्षकहरू समेत खुशी छन् । एउटै कक्षालाई दुई सत्रमा पढाउनु पर्दा कामको भार थपिए पनि उनीहरूले त्यसलाई बोझको रुपमा लिएका छैनन् । 

सुदूरपश्चिम प्रदेश सरकारको जनस्वास्थ्य विधेयक छलफलमा 31.07.2020

विधेयकका बारेमा अहिले सरोकारवाला निकायसँग छलफल चलाइरहेको समितिका सभापति कुन्ती जोशीले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार कोरोनाको महामारीका बीच पनि केही समुदायमा स्वास्थ्य सावधानी अपनाएर विधेयकको बारेमा छलफल चलाउने तयारी भएको छ । 

हवाई उडानका लागि वायुसेवा निगम र विमानस्थल तयारी अवस्थामा 23.07.2020

बुद्ध एयरलाईन्सका बजार व्यवस्थापक प्रमुख रुपेश जोशीले बन्दाबन्दीका कारण व्यहोर्दै आएको आर्थिक व्ययभार विस्तारै कम हुने र नियमित उडानमा जाँदा सम्पूर्ण यात्रु तथा कर्मचारीको सुरक्षाको ख्याल राखेर तयारी अवस्थामा रहेको बताउनुभयो । लकडाउनपछिको उडान कसरी गर्ने भन्ने बारेमा एयरलाईन्सले अभ्यास पनि गरिसकेको भन्दै उहाँले यात्रुको सुरक्षा प्रमुख प्राथमिकता भएका कारण विमानस्थलदेखि विमानमा सवार हुने बेलामा र व...

महामारीले आर्थिक संकटको चिन्ता,गरिखाने वर्गलाई झन अप्ठ्यारो 14.06.2020

नेपालमा आर्थिक संकट हुँदा पर्ने असरबारे बताउँदै अर्थविद् नरेश कटुवालले भन्नुभयो, ‘बाहिरबाट आउने रेमिट्यान्स, पर्यटन व्यवसाय, साना तथा मझौला घरेलु उद्योगहरू, धेरैले रोजगारी गुमाइसकेको अवस्थामा सबै क्षेत्र धरासायी भएर जान्छ ।’ अर्थविद् कटुवालका अनुसार यसबाट न्यून आय भएका, गरिखाने वर्ग यसबाट झन अप्ठ्यारोमा पर्नेछन् ।

फौजी किरा नियन्त्रणका लागि खरानी र काठको धुलो उपयोगी 13.06.2020

शभर फौजी किराले किसानलाई दुःख दिइरहेको छ । करोडौंको बाली नोक्सानी गरिरहेको किरालाई नियन्त्रण गर्न किसानले सकेका छैनन् । लकडाउन छ, धेरै ठाउँमा त किसानले विषादी लिन जान पनि पाएका छैनन् । 

स्थानीय सरकार भन्छन्, क्वारेन्टाइन व्यवस्थापनमै धेरै पैसा खर्च भयो 05.06.2020

एउटा क्वारेन्टाइन कम्तीमा पनि डेढ सय बेड क्षमताको निर्माण गरिएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक अनिल विश्वकर्माले भन्नुभयो, ‘एक जनाको दैनिक खाना, पानी, खाजा लगायत गरेर दिनको तीन सय ६७ खर्च हुन्छ ।’

रुकुम घटनामा जति ठूलो नेता जोडिएपनि प्रहरी प्रभावमा पर्दैन 04.06.2020

हाम्रो स्थानीय प्रहरी छ, उसले पनि अनुसन्धान गर्छ र त्यो अनुसन्धान कस्तो भएको छ भन्ने कुरा हेर्नका लागि कर्णाली प्रदेशमा रहेको संघीय प्रहरी कार्यालयका एसएसपीको नेतृत्वमो एक टोली पनि परिचालन रहेको छ । नेपाल प्रहरीले केन्द्रबाट पनि दैनीक रुपमा जानकारी लिइरहेकै छ । त्यसैले यसमा दायाबाँया हुन सक्ने अवस्था त छदै छैन नि ।

महिलाका लागि कस्तो आयो बजेट ? 03.06.2020

कुल तीन खर्ब ५२ अर्ब ९० करोड विकास खर्चमध्ये एक अर्ब १४ करोड रुपैयाँ समग्र महिला, बालबालिका र जेष्ठ नागरिकको शिर्षकमा छुट्याइएको छ । यो बजेटले समग्र महिलाका क्षेत्र समेट्न सक्ला ? धेरैको मनमा प्रश्न उठेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको समग्र बजेट मात्रै घटेको छैन, महिला, बालबालिका र जेष्ठ नागरिकको बजेट पनि घटेको छ ।

दुई देशको समझदारी विपरित अलैंची रोक्दै भारत 02.06.2020

काकडभिट्टा नाकाबाट खाद्यान्न लगायतका सामान नेपालमा निर्वाध आइरहेका छन् । नेपालका व्यवसायी तिनै ढुवानीका साधनमा अलैंची पठाउन चाहन्छन् । तर, निर्यात हुन नसकेको अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता नरोक्न सर्वत्र दवाव 23.05.2020

सामाजिक सुरक्षा भत्ता नरोक्न सर्वत्र दवाव

सुत्केरी हवाइ उद्धार कार्यक्रम प्रभावकारी बन्दै 22.05.2020

सुत्केरी हवाइ उद्धार कार्यक्रम प्रभावकारी बन्दै

ठूला होटल ६ महिना बन्द हुने, सरकारले आफूहरुको कुरा नसुनेको मजदुरको गुनासो (अडियोसहित) 08.05.2020

ठूला होटल ६ महिना बन्द हुने, सरकारले आफूहरुको कुरा नसुनेको मजदुरको गुनासो (अडियोसहित)

३० प्रतिशत उद्योग प्रतिष्ठानले मात्र चैत महिनाको पारिश्रमिक दिए, बाँकीलाई न काम, न दाम (अडियोसहित) 04.05.2020

३० प्रतिशत उद्योग प्रतिष्ठानले मात्र चैत महिनाको पारिश्रमिक दिए, बाँकीलाई न काम, न दाम (अडियोसहित)

प्रचण्ड र नेपाल समूहले स्थायी समितिमा एक्ल्याउने विश्लेषणपछि बामदेव कार्ड मैदानमा (अडियोसहित) 03.05.2020

प्रचण्ड र नेपाल समूहले स्थायी समितिमा एक्ल्याउने विश्लेषणपछि बामदेव कार्ड मैदानमा (अडियोसहित)

लकडाउनले व्यवसायिक किसानलाई लाखौंको घाटा 23.04.2020

हाल औषधीको समस्या रहेको पशु प्राविधिक करुण अधिकारी बताउनुहुन्छ । बन्दका कारण औषधि अभावका साथै पशुवस्तुको उपचारमा समेत समस्या भएको उहाँको भनाइ छ ।

कोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउनुपर्ने सुझाव, परिवारका सदस्यले मनोबल बढाउन सघाउनुपर्ने (अडियोसहित) 15.04.2020

कोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउनुपर्ने सुझाव, परिवारका सदस्यले मनोबल बढाउन सघाउनुपर्ने (अडियोसहित)

मजदुर भन्छन्, ठूलालाई पास मिल्छ तर हामीलाई घर जाने व्यवस्था भएन 11.04.2020

शहरमा भोकै बस्नुभन्दा केही दिनको सास्ती सहेर भएपनि गाउँ फर्कन चाहेको उनीहरू बताउँछन् । घर फर्कन चाहेका नागरिकलाई सुरक्षित तरिकाले गाउँ पु¥याउन सरकारले विशेष कदम चाल्नुपर्ने देखिन्छ । 

कोरोनालाई जित्ने ६५ वर्षीय वृद्धाको अठोट 06.04.2020

डाक्टरहरूले त अब ज्वरो नाप्नुहुन्छ, जानुहुन्छ । ज्वरो छैन आमा भन्नुहुन्छ । प्रेसर बढेछ र प्रेसरको औषधि चलाउनु भइच । अनि दमको औषधि दिनु भइच । आज हस्पिटलमा आका नि चार दिन भए । मैले एउटो टब्लेट नि खाइछैन ।

पैसामा तीनहजार भन्दा बढि प्रकारका किटाणु 05.04.2020

न्यूयोर्क विश्वविद्यालयले गरेको एउटा अध्ययन अनुसार पैसामा सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण हुने पुष्टि भएको छ । त्यसैले कोरोना भाइरस पनि नोटबाट सर्न सक्ने खतरा रहेको बताउनुहुन्छ, सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन ।

Hallgasd a(z) CIN NEWS podcastot a Replaióban

Rádió és podcastok egy alkalmazásban - ingyen és regisztráció nélkül. Telepítsd még ma, és ne maradj le a premierről

Letöltés a Google Play-ről

A Replaio nem podcastkiadó; a műsorok nevei, borítóképei és hanganyagai a szerzőiket illetik, és nyilvános RSS-csatornákon keresztül terjednek.