CIN NEWS

CIN NEWS

News NE ↓ 1346 episódios

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Não deixe de visitar o site do podcast e apoiar quem o produz: cinkhabar.com

Autor

CIN NEWS

Categoria

News

Site do podcast

cinkhabar.com

Último episódio

16 de jan de 2024

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

मूल्य बढेपछि प्याज किन्ने र खाने घटे 04.12.2019

केसीले भन्नुभयो, ‘एकसय ९० हुँदासम्म त किनेको थिएँ, अस्ति त दुईसय ४० भने खुल्ला अनि ल्याउन मनै लागेन । मैले खाना, खाजा खानको लागि आउने सबैलाई भनेको छु, प्याज मङ्गो छ म हाल्दिनँ भनेर । कसैले कम्प्लेन गर्नुभएको छैन । बरु उहाँहरुले किन्नु पर्दैन, प्याज नभएपनि मिठो हुन्छ, हामी यस्तै खान्छौं भन्नुहुन्छ । मासुमाचाहिँ चाहिने नै भएकाले थोरै हाल्ने गरेको छु ।’

जोखिम कम गर्न पूर्व योजना बनाउन किसानलाई विज्ञको सुझाव 14.11.2019

तरकारी तथा नगदे बाली लगाउँदा प्राकृतिक प्रकोपको जोखिम हुन्छ, विभिन्न रोग किराको आक्रमण हुन सक्छ । त्यसको लागि बालीको बीमा गराउनुपर्ने अधिकृत काफ्लेले बताउनुभयो ।बाली लगाउनु भन्दा अगाडि नै किसानले मल र बजारको सहजै पहुँच हुने स्थानको छनोट गर्नुपर्छ ।

नेपाली भूमी मिचिएको विषयमा के भन्छन्, विज्ञ ? 10.11.2019

तर नेपाल ७० वर्षअघि आफ्नो भूमी भारतीय नक्सामा पर्दा पनि किन बोलेन ? जलस्रोत विज्ञ डाक्टर जगत नेपाल भन्नुहुन्छ, ‘जुन बेला हामीले लिपु खोलालाई महाकाली शिर मानेर हाम्रा नक्सा निकाल्यौं यो ठूलो गल्ती भएको हो । यही गल्तीलाई समातेर उसले एउटा खोल्सी बनायो अहिले । बिना तथ्य, बिना आधार हामीले लिपुलाई महाकालीको शिर मान्यौं । ’

नेपाल-भारतबीच ७१ स्थानमा सीमा विवाद 09.11.2019

नभए भोलि भारतले बनाएको र हाम्रो भूमि मिचेकै नक्सामा सरकारले सहमति जनाउने हो भने नेपालमा झनै आगो बल्छ । त्यसको हामीबाट र आम जनताबाट विरोध हुन्छ । हाम्रो सरकारबाट त्यो गल्ति हुन्छ भन्ने लाग्दैन । यदि कसैले त्यस्तो गल्ति गर्छ भने त त्यसको मूल्य उहाँहरुले चुकाउनु पर्छ ।

गाउँपालिकाको केन्द्र पुग्न भारतको बाटो भएर 09.11.2019

स्थानीय विजयकुमार लामाले भन्नुभयो, ‘हाम्रो आफ्नो गाउँपालिका जानलाई इन्डियाको मानेभञ्ज्या, सुकिया हुँदै पशुपति, फिकल हुँदै इलाम गएर उँभो देउराली घुम्नुपर्छ । नेपालबाट छ छन त तर असुविधा । बाटो छैन । भारतको बाटो हुँदै जानलाई धेरै लामो बाटो पर्छ । जान एकदिन आउन एकदिन । टन्न खर्च बोकेर जानुपर्ने हुन्छ । दुई हजारको काम छ भने यहाँबाट १० हजारजति बोकेर जानुपर्छ । बस्नुपर्यो, खानुपर्यो । भारु नेरु पैसा बोके...

के नेपाल आतङ्कवादीको अखडा बन्दैछ ? 07.11.2019

नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर रहेको र भारतसँगको खुला सीमाका कारण नेपालमा आतङ्कवादीहरु सहजै प्रवेश गर्न सक्ने जिकिर गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने प्रतिवेदनमा उल्लेख गरिएको सुरक्षासम्बन्धी विषयलाई गलत भनेको छ । विमानस्थलका प्रवक्ता प्रताप बाबुु तिवारीले पनि अमेरिकी प्रतिवेदन गलत भएको बताउनुभएको छ । सीआईएनसँगको कुराकानीमा उहाँले अन्तर...

ढिलासुस्तीको नमूनाः ताप्लेजुङ सडक आयोजना 05.11.2019

विकासका लागि महत्वपूर्ण आधार भनेको पूर्वाधार निर्माण हो । तर पूर्वाधारमा पर्ने सडक निर्माणमा कति ढिलासुस्ती हुन्छ भन्ने उदाहरण ताप्लेजुङको सडक आयोजनाले देखाएको छ ।

दिगो विकास लक्ष्य पूरा गर्ने सरकारको दावी 02.11.2019

गरिबी निवारणकै लागि काम गर्ने दिशामा लाग्न सबैजसो मन्त्रालय र मन्त्रालय मातहतका निकायको प्रयास जरुरी रहेको मन्त्रालयको गरिबी निवारण शाखाका प्रमुख, उपसचिव अनन्तबहादुर बस्नेतले सीआईएनसँग बताउनुभयो ।

धानमा बाला नलागेपछि किसानलाई चिन्ता 02.11.2019

भारतीय उत्पादन गरिमा जातको धान तराईका क्षेत्रमा पनि राम्रो फलेपछि सरकारले २०७२ मा नेपालमा सूचीकृत गरेको थियो । यस अगाडीका बर्षमा उत्पादन राम्रो भएको भएपनि यसपटक किसानले रोपेको धानमा बाला लागेन । दाङ, बारा, रौतहट, पर्सा, कपिलवस्तु, चितवन, कैलाली लगाएत जिल्लामा लगाईएको धानमा बाला लागेन । मानो रोपेर मुरी फलाउने समयमा किसानको भकारी रित्तै भएको छ ।

देउरा बजारमा फोहोर व्यवस्थापनको समस्या 01.11.2019

स्थानीय कलक बहादुर विष्ट फोहोर फाल्ने ठाउँ नभएको बताउनुहुन्छ । बजार व्यवस्थापन समिति वा गाउँपालिकाले प्लाष्टिककै भाँडा भएपनि ठाउँ ठाउँमा राखिदिए सजिलो हुने उहाँ बताउनुहुन्छ । देउरा बझाङको मात्रै नभई डोटी र बैतडी जिल्लाको पनि प्रमुख बजार हो । बजारमा बढ्दै गएको फोहोरलाई व्यवस्थापन गर्न स्थानीय सरकारले चासो नदेखाएको स्थानीय हरी रोकायाले गुनासो गर्नुभयो ।

बसाइ नेपालमा, दैनिकी भारतमा 01.11.2019

जौवारीका स्थानीयलाई इलाम बजार पुग्नुभन्दा सिमावर्ती भारतका बजारहरु मानेभञ्जाङ, सुकिया, सिमाना जस्ता ठाउँमा जान पायक पर्छ ।  बिरामी हुँदा भारतिय अस्पताल जानुपर्ने बाध्यताले खर्च पनि धेरै लाग्ने स्थानीयको गुनासो छ । स्थानीय कुमार बस्नेत आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबार रहेकाले महङ्गो रकम तिरेर उपचारका लागि जान समस्या हुने बताउनुहुन्छ ।

दशैं तिहारको बिदामा थियटर र नाटकको नौलो अनुभव 30.10.2019

कार्यशालामा काकरभिट्टा क्षेत्रका १३ जना बालबालिका सहभागि थिए । स्थानीय हिलारी पोर्तेल र अंकित निरौला नयाँ नयाँ विषय सिक्न पाउँदा निकै खुशी लागेको बताउनुहुन्छ । बालबालिकाहरुको बिदाको समयको सदुपयोग गरेर उनीहरुलाई नयाँ कुरा सिकाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । परिवर्तन थिएटरका अध्यक्ष कविता नेपाल विद्यार्थीहरुको छुट्टीको सदुपयोग गर्दै कार्यक्रम गरिएको बताउनुहुन्छ ।

बजारका भाँडाले विस्थापित गर्यो माटाका भाँडा 30.10.2019

कपिलवस्तुको शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका लगायतका ठाउँमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीका कोहार र मुस्लिम धर्मावलम्बीका कसघड जातीका नागरिक ठूला चाडबाडका बीच माटाका सामग्री बनाउन अहिले व्यस्त छन् ।

काभ्रेमा फूल खेती गर्ने किसान बढ्दै 30.10.2019

जिल्लाको बनेपा, धुलीखेल, पनौती, रोशी, पाँचखाल, बेथानचोक र भुम्लुका विभिन्न स्थानाम फूल खेती हुँदै आएको छ । पुष्प खेती प्रबद्र्धनका लागि कृषि ज्ञान केन्द्र काभ्रेले योजना बनाइरहेको कार्यालय प्रमुख जनार्दन खड्काले बताउनुभयो ।

साढे सात करोडका सरकारी गाडी प्रयोगविहिन 30.10.2019

दुवै गाडीको खरिद मुल्य तत्कालिन समयमा ४०/४० लाख उल्लेख गरिएको छ । त्यतिखेर ४० लाखमा किनिएका ती गाडीको मूल्य अहिले डेढ करोड पर्छ । करिब डेढ करोड पर्ने अर्काे कालो रङको गाडीको नम्मर प्लेट नै छैन । जिल्ला समन्वय समितिकै परिसरमा अर्को कुनामा अर्को ल्यान्डरोभर कम्पनीकै गाडी विग्रीएको अवस्थामा छ र उक्त गाडी पनि कति समयदेखि त्यहाँ छ भन्ने कुनै अभिलेख छैन ।

नेपालको ओखर अलपत्र, विदेशबाट करोडौंको आयात 29.10.2019

चार दिनअघि असन पुग्दा ललितपुरका लक्ष्मी महर्जन भाईटीकाका लागि भाईमसलाको सामान किन्दैगर्दा भेटिनुभयो । ओखरको मुल्यमा उहाँले निकैबेर मोलमोलाई गर्नुभयो । ७ सयमामा एक प्याकेट किन्नुभयो ।

बजार अनुगमनलाई नियमित बनाउन उपभोक्ताको माग 28.10.2019

चाडपर्वका बेलामात्रै भन्दा पनि नियमित रुपमा बजार अनुगमन हुनुपर्ने उपभोक्ताको माग छ । चाडपर्वको बेला दैनिक चाहिने उपभोग्य सामानसँगै अन्य सामानको पनि बिक्री बढ्ने भएकाले उपभोक्ता ठगीमा पर्ने सम्भावना बढि नै हुन्छ ।

सीप सिक्न पाएपछि खुशी,गुरुङ समुदायका महिला 28.10.2019

गुरुङ समुदायका महिला तथा किशोरीका लागि पोखरा महानगरपालिका वडा नं ९ को ५० हजार रुपैयाँ सहयोग तथा तमु धिं नेपाल केन्द्रीय आमा समितिको व्यवस्थापनमा तालिमको आयोजना गरिएको हो । तालिममा सहभागी चिसापानीका अस्मी गुरुङ युवाहरुले कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने बताउनुहुन्छ । तमु महिलाहरुलाई उद्दमशीलताको विकासका साथै संस्कृति संरक्षणका लागि तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

स्थानीय जातको सयपत्री फुल्न ढिलाइ 28.10.2019

१३ रोपनी जमिनमा लगाएको स्थानीय जातको सयपत्री २० प्रतिशत मात्रै फूलेपछि धनकुटा ३ सेउलेका नगेन्द्र घिमिरे निराश हुनुहुन्छ । तिहारमा बेच्नका लागि लगाएको सयपत्री नफूलेपछि उहाँका छिमेकी गजेन्द घिमिरे पनि खुशी हुन सक्नुभएको छैन । उहाँले चार रोपनी जमिनमा सयपत्री र मखमली फूल लगाउनुभएको छ । मखमली ढकमक्क भएपनि सयपत्रीमा भर्खर कोपिला मात्रै लाग्दैछ ।

सार्वजनिक ठाउँमा सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणको जिम्मा अब प्रहरीलाई 26.10.2019

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिव पुस्करराज नेपालका अनुसार यसका लागि ऐन संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ । गृह मन्त्रालयबाट प्रतिक्रिया पाइसकेको र अर्थ अनि उद्योग मन्त्रालयबाट आइसकेपछि कानुन मन्त्रालय हुँदै मन्त्रीपरिषद्मा पठाउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका उप सचिव नेपालले भन्नुभयो, ‘जबसम्म नेपाल प्रहरीलाई हामीले सहभागी गराउन सक्दैनौ...

परिणाम नदिए जनताबाट खतरा छः प्रचण्ड 25.10.2019

यो ऐतिहासिक महत्वको राजनीतिक पहलकदमी पनि हो । त्यस अर्थमा मलाई गर्व छ । नेपाल गणतन्त्रको एउटा नयाँ युगमा प्रवेश गर्‍यो। तर जनताले यो गणतन्त्रबाट जे–जस्तो राहत, परिणाम, सुविधा, मुक्ति खोजेका हुन्, त्यो अझैँ प्राप्त भएको अनुभूति जनताको तहमा भएको छैन ।

दिगो विकास लक्ष्य पूरा गर्न योजना कार्यान्वयन आवश्यक 22.10.2019

गुणस्तरीय शिक्षा, स्वच्छ पिउने पानी, स्वास्थ्यको पहुँच, गरिबीको अन्त्य, सामुदायिक स्रोतको संरक्षण, भोकमरी अन्त्यलगायत १७ वटा लक्ष्य दिगो विकास अन्तर्गत पर्दछन् ।

कृषिमा युवाको मेहनत,सफलता र रोजगारीको सम्भावना 21.10.2019

भाइ किशोर स्याङ्तानले पनि स्नातक पढेपछि कृषि जेटिए पढ्नुभयो । भाइ कृषि प्राविधिक, दाजु पशु प्राविधिक अब व्यावसायिक कृषिलाई अघि बढाउन झन सजिलो भयो । व्यावसायीक कृषि गरेको ६ वर्षमा आम्दानीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ ।

गरिबका कार्यक्रम प्रभावकारी नभएको गुनासो 21.10.2019

तथ्याङ्कअनुसार गरिबीकै कारण नेपालका सातमध्ये एक आधारभूत आवश्यकताबाट वञ्चित छन् भने पाँच वर्षमुनिका १० प्रतिशत बालबालिका उमेर र उचाइभन्दा कम तौलका छन् ।

पर्याप्त खानाको अभावमा ४० लाख बालबालिका स्वास्थ्य समस्यामा 17.10.2019

खाद्यको पहुँचमा नभएकै कारण बालबालिकामा ख्याउटेपन, कुपोषण, पुड्कोपन जस्ता समस्या देखिने गरेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । भोकमरी न्यूनीकरणमा नेपालले सुधार गरेको छ, तर सन्तोषजक सुधार भने छैन । सबै नागरिकको पहुँचमा खाद्यान्न पु¥याउन सरकारको आगामी रणनीति के छ ? कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जीसी उत्पादन बढाउने र त्यसलाई सामाजिक न्यायको आधारमा वितरण गर्ने लक...

Ouça o podcast CIN NEWS no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos