CIN NEWS

CIN NEWS

News NE ↓ 1346 episódios

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Não deixe de visitar o site do podcast e apoiar quem o produz: cinkhabar.com

Autor

CIN NEWS

Categoria

News

Site do podcast

cinkhabar.com

Último episódio

16 de jan de 2024

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

प्रदेश २ मा ऐन् विपरित करार कर्मचारी नियुक्त 21.02.2020

प्रदेश २ मा ऐन् विपरित करार कर्मचारी नियुक्त

शिक्षा आर्जन गर्ने थलो बन्दै कारागार 20.02.2020

कैदी बन्दी मध्येकाले अरूलाई सिकाउँछन् । पढ्दै र पढाउँदै गरेका सबै सजाय काट्न आएका कैदी बन्दी हुन् । विभिन्न समस्याले पढ्न नपाएका र पढ्दापढ्दै बिचमै छाडेकालाई कारागारमा पढ्ने व्यवस्था गरिएको हो । 

साहसिक पर्यटनमा अघि बढ्दै पर्वत 20.02.2020

कालीगण्डकी नदीमाथी पर्वतमा बन्जीजम्पका लागि पुल बनाएर सफल परीक्षण गरिएको छ । सिन्धुपाल्चोकका राजु कार्की र पर्वतका युवा व्यवसायी समेतगरी ११ जनाको लगानीमा विश्वकै नमुना दाबी गरिएको बन्जी सञ्चालनको तयारीमा छ । 

कोरोना भाइरस र संक्रमणबारे सचेत बन्दै नेपाली 20.02.2020

मौसम परिवर्तनसँगै देखिने फ्लूको लक्षणजस्तै कोरोनाको पनि रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिन्छ । तर लक्षण मिल्दोजुल्दो भयो भनेर डराउने भन्दा पनि त्यसको वास्तविकतामा ध्यान दिनुपर्ने डा.शेर बहादुर पुनको सुझाव छ ।

कोरोनाबारे सचेतनाका लागि सीडीओ देखी मन्त्रीसम्म घरदैलोमा 19.02.2020

हिजो खरिपाटी पुग्दा नेपाल विद्युत प्राधिकरण तालिमकेन्द्रको मुल गेटमा काभ्रेका महेश्वर बस्नेत र धनकुमारी बस्नेत, हातमा ब्ल्याङ्केट बोकेर उभिइरहनुभएको थियो । छोरी रीना बस्नेत क्वारेन्टाईनमा हुनुहुन्छ । छोरीसँग एकछिन फोनमा कुरा गरेपछि बस्नेत दम्पतिले, मुल गेटमा रहेका सुरक्षाकर्मीलाई ब्ल्याङ्केट जिम्मा लगाउनुभयो । छोरीसँग प्रत्यक्ष भेट नभएपनि फोन तथा भिडियो कलबाट कुराकानी भइरहेको छ । सरकारले सकुशल नेप...

नेकपाको घोषणापत्रः बुँदा आकर्षक, कार्यान्वयन भने निरासाजनक 18.02.2020

एक वर्षभित्रै तुइनलाई झोलुङ्गे पुलले विस्थापित गरिने र आगामी ३ वर्षमा उपत्यकामा विद्युतीय सवारीसाधन मात्रै उपयोग गर्ने भनिएको थियो तर दुवै कामले गति लिएका छैनन् । सरकार बनेको २ वर्षमा भैरहवा र तीन वर्षमा पोखरा विमानस्थलको काम सक्ने घोषणापत्रमा लेखिएकोमा दुवै विमानस्थल निर्माणाधीन छन् । 

विदेशमा सिकेको सीपले आम्दानीलाई सघायो 17.02.2020

स्थानीय सरकारले गाउँमै रोजगारी सिर्जना गरि विदेश जाने क्रम रोक्ने प्रयास गरिरहेका छन् । प्रदेश सरकार मातहत रहेको कृषि ज्ञान केन्द्र मार्फत कृषिमा लाग्ने युवाले अनुदान, सस्तो दरमा ऋण, बजारीकरणमा सहयोग पाउने गरेका छन् । जैमिनी नगरपालिका ८ छिस्तीका केदार शर्मा कृषिबाटै नेपालको समृद्धि सम्भव रहेको बताउनुहुन्छ । गाउँमै उद्यम गरिरहेका युवालाई स्थानीय र प्रदेश सरकारको बलियो साथ आवश्यक छ ।

स्थानीय सरकारको सहयोगमा गाउँमा पुग्यो खानेपानी 16.02.2020

भौगोलिक विकटताका कारण माथिल्लो मुलकोटका स्थानीयलाई पानीको साह्रै दुःख थियो । अहिले गाउँमै खानेपानी पुगेपछि नागरिक दङ्ग छन् । स्थानीय दोलखबहादुर पुन अब डोकामा बोकेर पानी ओसार्नुपर्ने बाध्यता हटेको बताउनुहुन्छ । 

थुम्पाखरमा कालिज पालन 15.02.2020

प्रतिगोटा तीन हजारसम्म विक्री हुने कालिजको मासु स्वादिलो हुने भएकाले यसको माग बढ्दै गएको छ । व्यवसाय सुरु गर्दा लगानी बढि परेजस्तो लागेपनि विक्री हुन थालेपछि दुई वर्षभन्दा कम समयमै लगानी उठ्ने र त्यसपछि व्यवसायमा नाफा हुन थाल्ने समुहका अर्का सदस्य मधुसुदन कार्कीको विश्वास छ ।

प्रणय दिवस र प्रेमिल गीतहरू 14.02.2020

माया प्रेम भन्दा पर रहेर समाजको कल्पना गर्न सकिंदैन । समाजका गतिविधी र दिनचर्यालाई शब्द, संगीत र स्वरमा उतार्नेहरू माया प्रेमबाट पर रहने कुरै भएन । स्वभाविक रुपमा स्रोताको रोजाईमा पनि प्रेमिल गीतहरू नै बढि हुन्छन् ।

अछामका युवा व्यवसायिक कृषि र पशुपालनमा 09.02.2020

बयकले भन्नुभयो, ‘बाख्रा पालन व्इवसाय छ । आधुनिक खोर बनाइरहेको छु । पहिला मसँग १० वटा मात्रै बाख्रा थियो, अहिले २०/२५ वटा छ । खसी÷बोका बेचेको पैसाले पढ्नेलेख्ने, खाने कुराहरूमा सहयोग पुगिराखेको छ । ’

बाराका सामुदायिक विद्यालयमा ‘जंक फुड’ प्रतिबन्ध 09.02.2020

सात वटा माध्यमिक र २० वटा आधारभूत गरी २७ वटा सामुदायीक विद्यालय निजगढ नगरपालिकाभित्र छन् । नगरकै आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी पहिलो चरणमा तीन वटा माध्यामिक विद्यालयमा अनमी खटाइएको छ । 

खुल्ला सरकारको आवश्यकता 08.02.2020

नजिकको सरकारले कुन कुरालाई प्राथमिकता दिएर कसरी काम गरिरहेको छ धेरै नागरिकलाई थाहा छैन । निर्माणाधिन योजना र यसको उपलब्धिमा स्थानीय सरकार पारदर्शी नभएको नागरिकको गुनासो छ । तर, नागरिक पनि सोध्न जाँदैनन् । जसका कारण स्थानीय तहको रकम अपचलन भइरहेको अख्तियारको दावी छ । 

ठेकेदार जनप्रतिनिधि 06.02.2020

कर्णाली प्रदेशका अधिकांश जनप्रतिनिधिको आफ्नै डोजर छ भने बागमति प्रदेशका झन्डै ७० प्रतिशत जनप्रतिनिधि डोजर मालिक बनेका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोट पुगेर बताउनु भएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा विकास निर्माणको काममा आफैं सहभागी हुन नपाउने, ठेक्का पट्टाको काममा पनि सहभागी हुन नपाउने व्यवस्था छ । तर, गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसम्मले डोजर किनेर पालिकाको विकासमा खटाउने गरेका छ...

कोरोना भाइरसको प्रभावले पोखरामा पर्यटक घटे 06.02.2020

प्याराग्लाइडिङ उडान चीनमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको नेपाल हवाई खेलकूद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, ‘यो कोरोना भाइरसको प्रभाव प्याराग्लाइडिङमा एकदमै धेरै परेको छ । पहिलो प्रभाव यसमै परेको छ भन्दापनि हुन्छ । किनकी चाइनिज पर्यकट नेपाल आएपछि उनीहरूको पहिलो रोजाइ विषय नै प्याराग्लाइडिङ थियो ।’

पढाइ–लेखाइसँगै व्यवसायीक खेती गर्दै सामुदायिक विद्यालय 05.02.2020

विद्यालयको नजिकै ४० रोपनी जमिन भाडामा लिएर तरकारी तथा अन्य अन्नबाली लगाएको विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना माझीले बताउनुभयो । मुस्किलले चलिरहेको विद्यालयको आम्दानी बढेपछि विद्यार्थीलाई खाजा र आवासको सुविधा समेत दिइएको छ ।

आमा र बच्चाको पोषणका लागि उपमेयर कोशेली कार्यक्रम 05.02.2020

उपमेयर कोशेली कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या समेत बढेको छ । स्वर्गद्वारी, बर्जिवाङ्ग, सारी लगायतका ७ स्वास्थ्य संस्थामा उपमेयर कोशेली कार्यक्रम लागू भएको छ । जसका लागि नगरपालिकाबाट यसवर्ष २० लाख बजेट विनियोजन गरिएको छ ।

कोरोना भाइरसको प्रभावले पोखरामा पर्यटक घटे 05.02.2020

चीनको हुवेई प्रान्तमा फैलिएको कोरोना भाईरसको प्रभावले पर्यटकीय मौसममा पनि पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान छ । खासगरी चिनियाँ पर्यटकहरूले भरिभराउ हुनुपर्ने होटल रित्तै भएको यूवा व्यवसायी वैभव पौडेल बताउनुहुन्छ । 

उपाध्यक्षको डोजरले खन्यो मार्सी फल्ने खेत 04.02.2020

उपाध्यक्षको डोजरले खन्यो मार्सी फल्ने खेत

नदीजन्य पदार्थमा राजनीति 03.02.2020

तामाङले भन्नुभयो, ‘कुनैपनि क्रसर उद्योग मापदण्डभित्र छैन । भनौं न, बाटोको मापदण्ड कसैले पूरा गरेको होला तर, खोलाको दूरीबाट त्यो मापदण्ड पूरा हुँदैन । कसैले खोलाको दूरी र बाटोको दूरी पूरा गरेको होला तर यता जङ्गलको दूरीबाट मापदण्ड पूरा भएको हुँदैन ।’

विदेश पलायन हुँदै नर्सहरू 02.02.2020

नेपालमा रहेका झन्डै ७ हजार स्वास्थ्य संस्थामा बिरामीको अनुपात अनुसार नर्सहरू छैनन् । नेपाल नर्सिङ परिषद्का अनुसार रोजगारी खोज्दै विदेशिने नर्सको सङ्ख्या पछिल्ला वर्षहरुमा बढिरहेको छ । परिषद्का अनुसार वर्षमा ३ सयदेखि ५ सयजना नर्सले विदेश जानका लागि सिफारिस लिन्छन् । तर, ती सबै विदेश जान्छन् कि जाँदैनन् त्यसको तथ्याङ्क परिषद्मा हुँदैन ।

वार्षिक २५ करोडको सुन्तला बेच्दै पर्वत र बागलुङका किसान 02.02.2020

गल्कोट नगरपालिका १ वागलुङका नेत्रबहादुर बुढाथोकीले पनि खेतबारीमा अन्नबाली लगाउन छोडेर सुन्तला रोप्नुभएको छ । बुढाथोकी, ६ मुरी अन्न नफल्ने बारीबाट १६ लाखको सुन्तला बेचेपछि दङ्ग हुनुहुन्छ । उहाँले गल्कोटमा चिस्यान केन्द्र भए किसानलाई झनै राम्रो हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति जग्गा छ, त्यो सबैमा सुन्तला लगाएको छु । कोल्डस्टोर भयो भने, सुन्तला जुन सिजनमा फल्छ त्यो सिजनमा टिपेर राखेर अपसिजनमा ब...

दार्जिलिङमा भारी बोक्ने नेपालीको कथा 31.01.2020

शिरमा ढाका टोपी र काँधमा नाम्लो, दार्जिलिङका नेपाली भरीयाको पहिचान हो । फाट्ट फुट्ट भारी बोक्ने महिला पनि थपिंदैछन् । दुईबर्ष अघि गरेको एक अध्ययनमा भेटिन्छ, दार्जिलिङ र सिक्किममा करिब दुई लाख नेपाली मजदुर छन् । भारी बोकेर मात्रै जीविका चलाउनेको संख्या एक लाखको हाराहारीमा छ ।

उखु खेती गर्न लिएको ऋण तिर्न जग्गै बेच्नुपर्ने बाध्यता 29.01.2020

लाइनबाट विस्तारै गुड्दै गाडी काँटा माथि बस्छ, उखु तौलिन्छ र मिलमा पठाइंदैछ । कम्प्यूटर एकनाशले उखु तौलिने प्रक्रियाहरु भनिरहेको छ । उखु तौलिसकेपछि वजन पनि कम्प्युटरले नै भनिदिन्छ । छेवैमा अनुदानको रकम लिन बाँकी किसानका लागि टाँसिएको सूचना पनि छ । 

फुसको छानो विस्थापित अभियान सुस्त 26.01.2020

एक अर्ब रुपैयाँ बिनियोजन गरिएकोमा ५९ करोड मात्र खर्च, १९ हजार घरसँग सम्झौता (अडियोसहित)

Ouça o podcast CIN NEWS no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos