CIN NEWS

CIN NEWS

News NE ↓ 1346 episódios

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Não deixe de visitar o site do podcast e apoiar quem o produz: cinkhabar.com

Autor

CIN NEWS

Categoria

News

Site do podcast

cinkhabar.com

Último episódio

16 de jan de 2024

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

प्रयोगविही हुलाक, कामविहीन कर्मचारी 05.03.2022

बैतडीको पाटन नगरपालिकाका भवानी दत्त अवस्थीले जीवनको आधा समय चिठी आदनप्रदान गरेरै आफन्तसँगको सूचना लिनेदिने गर्नुभयो । रोजागारीका लागि भारत रहेका आफ्ना आफन्तलाई कैयौँ पटक पत्र लेख्नुभयो भने भारतबाट नेपालमा रहेका परिवारलाई पनि चिठी पठाउनुभयो । ‘एउटा चिठी भारत पुग्न एकडेढ महिना लाग्थ्यो । जवाफ आउन पनि उति नै समय लाग्थ्यो । भवानीदत्तले उतिबेलाको अनुभव सुनाउँदै भन्नुभयो, ‘अब त सबैको हातमा मोबाइल छ । तत...

बाराको टाँगियाबस्तीः सरकारकै कारण विकासको बन्धक 22.02.2022

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको १४ किलो भन्ने स्थानबाट झण्डै चार किलोमिटर दक्षिणतर्फ कच्ची बाटोको यात्रा गरेपछि ‘टाँगियाबस्ती’ पुगिन्छ । चारकोसे झाडीको मध्ये भागमा रहेको टाँगियाबस्ती पुग्दा लाग्छ, बस्तीमा सरकार पुगेको छैन । पछिल्लो गणनाको तथ्याङ्क नभए पनि बस्तीमा झण्डै दुई हजार घरधुरी रहेको अनुमान स्थानीयबासीको छ ।तर यहाँका नागरिक हालसम्म पनि राज्यबाट पाउनुपर्ने न्यूनतम सेवासुविधाबाट वञ्चित भए...

अनि 'सुन्तलाबास' भयो पाल्पाको अमलबास गाउँ (अडियोसहित) 21.02.2022

पाल्पा सदरमुकाम तानसेनबाट २७ किलोमिटर पश्चिममा पर्छ, ‘अमलाबास’ गाउँ । यो गाउँमा ४० घरपरिवार बस्छन् । स्थानीय यमलाल कोइरालाले ४० वर्षअघि सुरु गरेको सुन्तला खेती अहिले यो गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ । हिजो मकै र भटमास लगाइन्थ्यो । अरु कुनै पनि जातको बाली हुँदैनथियो । अहिले यो डाँडा ‘सुन्तलाबास’ बनेको छ । सबैले सुन्तला लगाएका छन् । यस्तो पहेँलपुर भएको बेलामा देखेर यमलाललाई निकै खुसी लाग्छ ।...

साझा खबर २०७८ फागुन ७ गते साँझ ७ः३० बजे 19.02.2022

साझा खबर २०७८ फागुन ७ गते साँझ ७ः३० बजे

साझा खबर २०७८ फागुन ६ गते साँझ ७ः३० बजे 18.02.2022

साझा खबर २०७८ फागुन ६ गते साँझ ७ः३० बजे

चलचित्रमा रेखा थापाः सशक्तिकरणको पर्याय 11.02.2022

२२ वर्षअघि छविराज ओझाले निर्माण गरेको चलचित्र ‘हिरो’, रेखा थापाका लागि नेपाली चलचित्र यात्राको सुरुवाती विन्दु थियो । त्यसता बनेका सबैजसो रेखाले अभिनय गरेका चलचित्र हेर्दा प्रेमिका वा कम्जोरभन्दा पनि विद्रोही पात्रको रूपमा धेरै देख्न सकिन्छ । नेपाली चलचित्रमा कलाकार करिस्मा मानन्धरपछि सबैभन्दा धेरै सक्रिय मानिने रेखा थापालाई अभिनयको जग बसाउन निर्देशक नरेश पौडेल, निर्माता छबिराज ओझाको भूमिका महत्वप...

सहिदको सम्मान र सम्झनामा सरकारले वास्ता नगरेको गुनासो 30.01.2022

आज माघ १६ अर्थात, सहिद दिवस । राणा शासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाएकै कारण मृत्युदण्ड दिईएका ४ सहिदको सम्झनामा दिवस मनाउने गरिएको छ । देशको व्यवस्था फेरिदै जाँदा सहिदको सूची पनि लम्बिदै गएको छ । प्रजातन्त्र प्राप्तीका लागि सहिद बनेका परिवारका सदस्य भने सहिदको उचित सम्मान र सम्झना नभएको गुनासो गर्छन् । सहिद धर्मभक्त माथेमाका नाती विनयकुमार माथेमाले जथाभावी सहिद घोषणाले वास्तविक सहिदको अ...

नायक राजेश हमालको यात्रा अब गायनतिर पनि 30.01.2022

३ वर्षअघि सीआईएनसँगको कुराकानीमा भनिए जस्तो हुन्थ्यो, भने हिजोआज राजेश हमालले निर्देशन गरेको चलचित्रको बारेमा बहस भइरहेको हुन्थ्यो । तर कोरोना महामारीका कारण चलचित्र निर्माण, निर्देशन गर्ने हमालको योजना अघि बढ्न सकेन । ‘मेरो उद्देश्य समाजमा विभिन्न स्वाद भएका मानिस र बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्दै चलचित्र बनाउँछु भन्ने सोचेको थिएँ । कोरोनाले अझैँ त्यसमा हात हाल्न सकेको छैन ।’ हमालले भन्नुभ...

देशभर ३५ हजारभन्दा बढी कर्मचारी अभाव 27.01.2022

कालिकोटको महावै गाउँपालिकाले बितेको साढे ४ वर्षमा ३ महिनामात्रै प्रमुख प्रशासकीय अधिकृत पायो । त्यसयता प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिकाको सबै पद निमित्तको भरमा चलिरहेको छ । पालिकामा भएको एकजना सहलेखापालले २ वटा पालिकाको लेखा शाखा चलाइरहनु परेको छ । “बडो कष्टसाथ ५ वर्ष बिताइयो । कर्मचारी अभावले धेरै काम गर्न सकिएन ।” पालिका उपाध्यक्ष मनराज शाहीले भन्नुभयो । सुदूरपश्चिम प्रदेशमा २ जना सचिवसहित...

उखु उत्पादन ५० प्रतिशतले किन घट्यो ? 25.01.2022

महोत्तरी गौशालाका तनुक लाल महतोको पुख्र्यौली पेशा उखु खेती हो । तर, अब विस्तारै उहाँ उखु खेतीको विकल्प खोज्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यो वर्ष ५० प्रतिशतले उखु उत्पादन घटेको छ । पहिला पहिला १० विगहा जतिमा खेती गर्थे । तर, समयमै पैसा नपाएपछि उखु खेती गर्ने क्षेत्रफल घटाउन थालेको हुँ । त्यसमाथि लगाएको उखुमा यो वर्ष असार/साउनताका नै किरा लाग्यो । झन् उत्पादन घटेर गएको छ ।’ हरेक वर्ष ३ देखि ४ व...

दलहरूले चुनावको खर्च किन लुकाउन खोजिरहेका छन् ? 25.01.2022

प्रमुख प्रतिपक्षी दल नेकमा एमालेले १० औँ महाधिवेशनका लागि हरेक क्रियाशील सदस्यले १ रुपैयाँ जम्मा गर्ने अभियान चलायो । यसबाट ८ करोड रकम उठाउने योजना पार्टीको थियो । त्यसबाहेक पार्टी सदस्यतावापतको २ करोड २५ लाख रुपैयाँ पनि उठेको थियो । चितवनमा महाधिवेशन सकिएको डेढ महिना बितिसक्दा पनि हिसाब भने सार्वजनिक गरिएको छैन । एमाले पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीले महाधिवेशनमा भएका खर्चको बिल सङ्कलको क...

काठमााडौँ एयरपोर्टमा ट्याक्सीदेखि सावधान ! 07.01.2022

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ट्याक्सीबाट ठगिने क्रम नरोकिएको यात्रुहरूले गुनासो गरेका छन् । सरकारले मिटर जडित ट्याक्सीको भाडा दर प्रतिकिलोमिटर ३९ रुपैयाँ तोके पनि अधिकांश ट्याक्सी चालकले मिटरमा जान अटेर गर्दै आएका छन् । ऐन्, कानूनमा भएको व्यवस्था अनुसार सरकारले मापदण्ड बनाएर भाडा निर्धारण गरे पनि ठगिने क्रम नरोकिएको उनीहरूको गुनासो छ । काठमाडाँ उपत्यकासहित त्रिभुवन अन्तर्राष्...

केएमसीका प्रिन्सिपल र शिक्षा मन्त्रीबीच यसरी भयो चर्काचर्की 07.01.2022

काठमाडौँ । सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको प्रवेशद्धारमा कालो अक्षरमा माग लेखिएका ब्यानर टाँगिएका छन् । भुइमा सेतो कोट लगाएका विद्यार्थी ५ दिनदेखि धर्नामा छन् । काठमाडौँ पेप्सीकोलाका प्रविण न्यौपाने त्यहीँ भेटिनुभयो । आफ्नो बुवाको पनि डाक्टर बन्ने सपना रहेको तर पूरा नभएको भन्दै उहाँले आफूले बुवाको सपना पूरा गर्न चिकित्सा शिक्षा पढ्न चाहेको सुनाउनुभयो । कलेजले साढे ५ वर्ष छात...

धनकुटाको याखा गाउँ सुख्खा पहिरोको जोखिममा 04.01.2022

धनकुटाको साँगुरीगढी गाउँपालिका ५ तुँखाको याखा गाउँमा सुख्खा पहिरो खसिरहँदा गाउँ नै चिराचिरा परेको छ । सुख्खा पहिरोले जमिन चर्किएपछि गाउँलेहरू निन्द्रामा नै झसङ्ग भएर उठ्ने गरेको बताउँछन् । उनीहरूले सुरक्षित बासस्थान मिलाई दिन सरकारसग आग्रह पनि गरेका छन् । मोरङ्ग र धनकुटाको सीमानामा रहेको भेडेटार राजारानी-चुरे खण्डको डाँडाबजारबाट २ किलोमिटर दक्षिण पूर्वमा रहेको धनकुटाको याखा गाउँको जमिन गएको असोज ६...

इलामको लारुम्बामा के छ ? जसले सबैलाई छुन्छ 04.01.2022

इलामको माङसेबुङमा रहेको किरात समुदायको धार्मिकस्थल लारुम्बा गाउँ पुग्नेहरू गाउँको अनुशासनबाट प्रभावित भएर    फर्कन्छन् । घरैपिच्छे सेता र राता रङ्गका ध्वजा, साथमा सूर्य अङ्कित झण्डा । प्रायः सबै घरमा यस्तै ध्वजा फहराउनु लारुम्वाको पहिचान हो । यी ध्वजालाई उनीहरूले भगवान् शिव, पार्वती र गणेशको प्रतीकको रूपमा लिन्छन् । १५ सय घरपरिवारको बसोबास रहेको यो गाउँमा लगभग ७ हजार जनसङ्ख्या छ । ग...

कतै बाघभालुको डर, कतै प्यास नबुझ्ने पीर 03.01.2022

नमोबुद्ध नगरपालिकाको मेथिनकोटका मीनबहादुर श्रेष्ठका अनुसार स्थानीय सरकार आएपछि गाउँमा धेरैले पानीको समस्या समाधान होला भन्ने सोचेका थिए । तर जनप्रतिनिधिको पाँच वर्षे पहिलो कार्यकाल सकिँनै आँट्यो, पर्याप्त पानी नपाउँदाको पीडा थपिँदै गएको छ । ‘यिनै नेताहरूले पानी ल्याउँछु भनेको चार वर्ष पूरा भइसक्यो तर पानी पाइएको छैन।’ आँखाभरि आँसु ल्याउँदै श्रेष्ठले थप्नुभयो, ‘पानी ल्याउनका लागि भुराभुरी १ घण्टाको...

बगरखेतीका कारण फेरिएको बाँकेको एउटा गाउँ 02.01.2022

बाँकेको कुडुवामा बगर खेतीले गाउँको मुहारै फेरिएको छ । बर्सेनि राप्ती नदिले घर खेत बगाउने समस्या रहेको कुडुवामा २ वर्षअघि तटबन्ध निर्माण गरिएको थियो । बर्सेनि आउने बाढीका कारण अधिकांश स्थानीयबासीका घरखेत बगर बनेका छन् । धान, गहुँलगायत अन्न फल्ने जमिन बगर बनेपछि दुःखी बनेका स्थानीय बगरखेतीका कारण भने जीवनशैली नै परिवर्तन हुन थालेको बताउँछन् । २०७१ सालमा राप्ती नदी पसेपछि बाँकेको डुडुवा गाँउपालिका वड...

पार्टीको महाधिवेशनपछि माओवादी र प्रचण्डको हैसियत कस्तो रहला ? 26.12.2021

२०६३ सालमा सशस्त्र युद्ध त्यागेर मूलधारको राजनीतिमा प्रवेश गरेपछिको पहिलो संविधानसभा चुनावमा माओवादीले केही सफलता हासिल गर्‍यो । त्यसपछि भने पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको राजनीतित यात्रा सङ्घर्षपूर्ण निरन्तर छ । युद्धकालीन सहयात्रीहरूसँगको निरन्तरको बिछोड मात्रै होइन, पछि जोडिएका सहकर्मी दल र नेतासँगको सम्बन्ध बीचैमा टुटेपछि पार्टी बलियो बनाउने शर्तमा नीति नै बदल्ने निष्कर्षमा प्रचण्ड प...

स्वास्थ्यको पहुँचबाट टाढा रहेको तेमालको ठूलो पर्सेल गाउँ 29.11.2021

युवा तथा वयस्क अवस्थाका यहाँका नागरिक कोही विदेश गएका छन् भने कोही सहर छिरेका छन् । छोराछोरीलाई सुनाउँदा पीर मान्ने चिन्ताले ठूलो पर्सेलका वृद्धवृद्धाहरू भेटहुँदा मात्रै एकअर्काका समस्या सुन्नेसुनाउने गरेका छन् ।

सामाजिक सञ्जालबाट आर्थिक सहायता अभियान प्रभावकारी 23.09.2021

पाँचथर याङ्वरक-३, की २६ वर्षका जुनु बेघा लिम्बू जन्मजात अपाङ्ग हुनुहुन्छ ।  उहाँका दुईवटै खुट्टा छैनन् । जुनुको कष्टकर दैनिकीबारे थाहा पाएपछि यूकेमा रहेका मनकारी नेपाली सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट सङ्गठित भए । सहयोग अभियानबाट सङ्कलित १५ लाखभन्दा धेरै रकम जुनुलाई  केही दिनअघि  हस्तान्तरण गरियो । पाँच जनाको समूहले त्यतिका रकम सङ्कलन गरी एक लाख रुपैंयाँ जुनुलाई घर खर्च र बाँकी १४...

सरकारले पूर्णता नपाउँदा नीतिनिर्माणमा प्रभाव 21.09.2021

वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संविधानको व्यवस्था अनुसार चुनावपछि स्थिर सरकार र प्रशासनको अपेक्षा नागरिकले गरेको भए पनि अहिले सरकार अस्थिर र गठनपुनगर्नठनको खेल चल्दा उनीहरूले प्रभावकारी सेवा पाउन सकेका छैनन् । ३३ दिनअघि लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । गठबन्धन दलको भाग पुर्‍याउन मन्त्रालयको सङ्ख्या ९ बाट १३ पुर्‍याउनुभयो । तर अहिलेसम्म पनि ४ मन्त्रालय म...

एक कार्यक्रमबीच आर्थिक सहयोग स‌ङ्कलन अभियान, 'जीवनमा यति धेरै खुसी कहिल्यै भएको थिएन'-दीपिका 20.09.2021

काभ्रेको मण्डनदेउपुर नगरपालिका १० का दीपक भण्डारी आफ्नो १८ वर्षीय छोरी दीपिकालाई पिठिउँमा बोकेर विद्यालय ल्याउने र पुर्‍याउने गर्नुहुन्थ्यो । दीपिकाको दुबै खुट्टाले शरीरको भार थेग्दैन्थ्यो । आफ्नो छोरीको यो अवस्थाले बुबा दीपकलाई निकै चिन्तित बनाएको थियो । ‘कहीँकतैबाट सहयोग मिल्छ कि भन्दै नगरपालिका, रेडक्रस लगाएत विभिन्न संघसस्थामा सहयोग मागेँ ,व्यक्तिहरूले पनि धेरैले सहयोग गर्छु भने तर कसैले पनि स...

बाँके निकुञ्जको नरभक्षी बाघ खोज्न हात्ती परिचालन 17.09.2021

बाँके राष्ट्रिय निकुञ्जको बाघको आक्रमणबाट एक ४५ वर्षका पुरुषको मृत्यु भएपछि उक्त बाघ खोज्न हात्ति परिचालन गरिएको छ । बाँकेको अगैया-कुसुम सडकको गाभरको स्थानीय होटलमा काम गर्ने एक पुरुषलाई बाघले आक्रमण गरेको थियो र केही समयपछि उनको शव फेला परेको थियो । निकुञ्ज स्थापना भएको डेढ वर्षमा बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ११ वर्षदेखि बाघको संरक्षणमा जुटेका स्थानीयवासीले मानिसलाई आक्रमण गर्ने बाघलाई...

स्थानीय सरकारमा गएर पनि टिक्न नसक्ने समस्या (अडियोसहित) 13.09.2021

योग्यता अनुसारको कर्मचारी नहुँदा स्थानीय तहको कामकाज प्रभावकारी बन्न नसकेको स्थानीय तहका जनप्रतिनीधिको गुनासो छ । दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृतदेखि वडा सचिवसम्म नहुँदा स्थानीय तहले बनाउने योजना कार्यान्वयन र बजेट खर्च प्रणाली प्रभावकारी बन्न नसकेको जनप्रतिनिधिहरूले बताएका छन् । उपसचिवस्तरको प्रमुख प्रशासकिय अधिकृतको दरबन्दी रहेका कतिपय स्थानीय तहमा सुब्बा तहका कर्मचारी निमित्त प्रमुख प्रश...

परिमार्जन नगरी एमसीसी पारित भए माओवादी केन्द्र सरकारबाट बाहिरिने 11.09.2021

एमसीसीको विषयले सत्ता गठबन्धनमै खटपट सुरु भएको चर्चा सुनिन्छ । त्यसको संकेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत गरिसक्नुभएको छ । काँग्रेस एमसिसी संसदबाट पारित गर्ने रणनीतिमा देखिँदा माओवादी अहिलेकै अवस्थामा पारित गर्न नसकिने बताइरहेको छ । अहिलेकै अबस्थामा एमसिसी पारित होला ? कि पूणर् नहुँदै सरकार ढल्ला ? साथी राजन रुचालले माओवादी नेत गिरीराजमणि पोखरेललाई सोध्नुभएको छ ।

Ouça o podcast CIN NEWS no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos