CIN NEWS

CIN NEWS

News NE ↓ 1346 episoder

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Husk å besøke podkastens nettsted og støtte skaperen: cinkhabar.com

Forfatter

CIN NEWS

Kategori

News

Podkastens nettsted

cinkhabar.com

Siste episode

16. jan 2024

Hvor kan du lytte?

Podkaster i appen Replaio Radio Kommer snart

Podkaster kommer snart til appen. Installer nå, og bli den første som ser en helt ny tilnærming til podkaster

Last ned på Google Play Installer gratis Android nesten 10 mill. nedlastinger · 4,8 i vurdering iOS snart

Episoder

छाउपडी विरुद्ध अदालतको पहिलो कारबाही 24.01.2020

मृतक पार्बतीका जेठाजु छत्र रावतलाई मुलुकि अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ४ बमोजिम ४५ दिन कैद फैसला गरिएको हो । गत मंसिर १५ गतेराती पार्बतीको छाउगोठमा मृत्युभएपछि उहाँका  जेठाजु रावतलाई चारदिनपछि १९ गते प्रहरीले पक्राउगरी मुद्दा चलाएको थियो ।

किसान मर्ने देश 23.01.2020

विचौलियाको मनपरी सुनाउँदै थापाले भन्नुभयो, ‘काउली छ, यो भाउमा दिने भा देऊ नत्र लिंदैनौं भन्छ पसलेले । अब बेच्न ल्याएको सामान फर्काएर लैजाने कुरा त हुँदैन, उसले जति भन्छ त्यति भाउमा दिनुपर्छ । उसको भाउमा हामी दिन्छौं अनि उसको भाउमा बजारमा बिक्रि हुन्छ ।’ 

जिम्मेवारी श्रीमतिको, काम गर्ने श्रीमान 22.01.2020

उपप्रमुख र उपाध्यक्ष कुनै कार्यक्रममा गएपछि भत्ता बुझ्न श्रीमान पुग्छन् । उपप्रमुख बैठकमा हुँदा हलबाहिर श्रीमानहरुको ठूलो भिड नै जम्मा भएर गफिने गरेको देखिन्छ । कतिपय कार्यक्रममा अतिथि उपप्रमुख, भाषण गर्ने श्रीमान भएको रोचक दृश्य पनि देखिने गर्छ ।

फैलिंदै मध्यम वर्ग 22.01.2020

विभागका महानिर्देशक नविन लाल श्रेष्ठले सीआईएनसँग कुराकानी गर्दै सर्वेक्षणका लागि तालिम दिने काम भइरहेको बताउनुभयो । नेपालमा कुन वर्गको अवस्था कस्तो छ, त्यसलाई केन्द्रीत गरेर एक वर्ष भित्रमा तथ्याङ्क लिने काम गरिने विभागको भनाइ छ । कृषि र उद्योग क्षेत्रको विस्तारसँगै सम्पत्तिका आधारमा धनी र गरिबमा बाँडिएको नेपाली समाजमा मध्यमवर्गको विस्तार बाक्लिएको हो । तर, मुख्य स्रोत विदेशबाट पठाएको रेमिटेन्समा...

मध्यमवर्गका नेपालीको सङ्ख्या बढ्यो 22.01.2020

नेपालमा वर्गसम्बन्धी एक मात्र आधिकारिक परिभाषा छ । त्यो हो– गरिबीको । प्रतिव्यक्ति प्रतिवर्ष १९ हजार २ सय ६१ रुपैयाँ आम्दानी नहुने व्यक्तिलाई गरिबीको रेखामुनि राखिएको छ ।

एमसीसी विवाद 20.01.2020

एमसीसी बहसलाई कसरी लिने ? अन्तराष्ट्रिय मामिलाका जानकार अरुण सुवेदीले भन्नुभयो, ‘एक्स्ट्रा हाइ भोल्टेज ट्रान्समिसन लाइन यसले बनाइदिने हुँदा त्यसबाट हुइलिङ हुने पावरचाहिँ, बजार भनेको भारत हो भारतले किनिदिएन भने त्यसको कुनै अर्थ हुँदैन । त्यसकारण बजारको अप्रुबल लिनुपर्छ । बजारले किनिदिन्छ भने म बनाइदिन्छु भनेको भएर त्यसलाई अन्यथा लिनु हुँदैन ।’ 

संविधानमा अधिकार, व्यवहारमा अत्याचार 19.01.2020

संविधानले नै खाद्य सम्बन्धी अधिकारलाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । गुणस्तरीय खाद्यन्नको पहुँचमा प्रत्येक नागरिक हुनुपर्ने परिकल्पना संविधानले गरे पनि नयाँ संविधान जारी भएको ४ वर्ष बित्दा पनि व्यवहारमा लागु हुन सकेको छैन । 

नमुना घोषणा भएका विद्यालयकै कमजोर नतिजा 18.01.2020

विद्यालयले तोकिएको उद्देश्य अनुसारको पारदर्शिता, निर्णय प्रक्रियामा सहभागिता, विद्यालयको भौतिक संरचना, शिक्षकको योग्यता तथा उपलब्धता र समुदायबाट विद्यालयलाई प्राप्त भौतिक सहयोगलाई लगानी मानेर गरिएको विश्लेषणमा २४ जिल्लामध्ये औसतमा सबैभन्दा राम्रो मनाङ र कमजोर भोजपुरका सामुदायिक विद्यालय देखिएका हुन् ।

कार्यविधि सिंहदरबारमै घुमिरह्यो,कार्यक्रम सुरु हुनै सकेन 18.01.2020

कृषि विज्ञ दुर्गाप्रसाद दवाडीका अनुसार अनुदान अन्तरगत छुट्याईएको बजेट फ्रिज हुने अवस्थामा छ । दवाडीले भन्नुभयो, ‘कृषि मन्त्रालय, अर्थ मन्त्रालयको मुख ताक्छ । अर्थ मन्त्रालय यो कार्यविधिको पछि किन लागेको हो ? भन्छ अनि स्वीकृत गर्दैन । त्यसैले बजेट फ्रिज हुने अवस्थामा छ । नागरिक भने कार्यविधिकै कारण मर्कामा परेका छन् । कतिपय कार्यक्रम सुरु हुने समयमा नभएपछि अब त्यो पैसा खर्च हुँदैन ।’

बालबालिका हराउने दर दोब्बरले बढ्यो 17.01.2020

बालकभन्दा बालिका धेरै हराउने तर नभेटिने समस्या समाधानका लागि सरकार र अभिभावकले गरेको प्रयासले सफलता पाउन सकेको छैन ।

जनप्रतिनिधिको विवाद, सेवाग्राहीमा प्रभाव 17.01.2020

शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने दिगो विकासका लक्ष्यमा भनिएको छ ।

स्वास्थ्यमा नागरिकको लगानी राज्यभन्दा सय गुणा बढी 16.01.2020

सिन्धुलीका अनिशा अधिकारीको पाठेघरमा समस्या भएर उपचार गराउन काठमाडौं आउनुभयो । काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि जाँदा ६÷७ वटा जाँच डाक्टरले लेखेछन् । ५ हजार तिर्नुभयो, तर धेरै उपचार बाँकी नै छ । स्वास्थ्य सेवामा प्रत्येक नागरिकको समान पहुँच, आधारभूत स्वास्थ्य सेवा निःशुल्क, कोही पनि नागरिक आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने ग्यारेन्टी राज्यले गरेको छ ।

प्रतिनिधि सभा रोकिंदा राष्ट्रिय सभा पनि अप्ठ्यारोमा 15.01.2020

प्रतिनिधि सभा बैठक प्रभावित हुँदा माथिल्लो सदन मानिने राष्ट्रिय सभा पनि प्रभावित भएको छ । माघ ५ गतेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकका लागि छलफल गर्ने विषयको अभाव छैन । तर त्यसपछि के छलफल गर्ने ? उपाध्यक्ष शशिकला दाहालका अनुसार राष्ट्रिय सभा अन्यौलमा छ ।

बीमाको नाममा श्रमीकलाई मारमा पार्नेगरी नीतिगत भष्टाचार हुँदा सरकार साँक्षी (अडियोसहित) 14.01.2020

श्रम स्वीकृति दुई वर्षको भएता पनि कामदारले तीन वर्षको बीमा गर्नैपर्छ । विदेशीने श्रमिकले एक वर्षका लागि एक हजार पाँच सयदेखि तीन हजारसम्मको बीमा गरानुपर्छ । बीमाको प्रकृति पनि उमेरै पिच्छे फरक–फरक हुने गरेको छ ।

तीन महिनादेखि सभामुखको कुर्सी खाली 13.01.2020

सङ्घीयतासँगै स्थानीय तह सबैभन्दा प्रभावकारी सरकारको रूपमा रहे पनि स्थानीयस्तरमा अनियमितता र भ्रष्टाचार पनि मौलाउँदै गएकोमा चिन्ता व्यक्त व्यक्त गर्दै उनीहरूले त्यसलाई उजागर गर्नमा सञ्चारमाध्यमहरू चुकिरहेको टिप्पणी गरे ।

दुई अध्यक्षलाई शिवमायाको जवाफ ‘प्रतिनिधि सभालाई रिक्त बनाएर राजीनामा दिन्न’ 13.01.2020

हिजोको बैठकमा सभामुख चयन गर्ने कार्यसूची भएपनि सत्तारुढ नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसक्दा सूचना टाँसेर बैठक स्थगित भएको हो । यसअघि पनि दुईपटक सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । सत्तारुढ नेकपाको शनिबार साँझ बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने र आइतबारको बैठक आफैं चलाउने बताउनुभएको थियो ।

मिटर साहुको ज्याजति 09.01.2020

भक्कानो छोड्दै महतोले सुनाउनुभयो, ‘हजुरबुबा, बुबा, आमा, श्रीमतिको नाममा भएका सम्पत्तिहरु बेचेर साहुको पैसा तिरें । उल्टै साहु र साहुका एकाउन्ट हेर्ने अशोक यादवले तँलाई मारेर फालिदिन्छु भन्दै धम्की दिन थालेका छन् । घरबाट निकालिएको छु । कहिले कहाँ कहिले कहाँ रात बिताउनुपर्छ । आफ्नो भन्ने पनि कोहि छैन । छोराछोरीलाई भेट्न पनि दिँदैनन् ।’ दुईजना साहुका कारण अहिले झन्डै ५ हजारभन्दा बढी पीडित बनेका छन् ।...

अस्पतालमा बढे निमोनियाका बिरामी 09.01.2020

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ५६ हजार १ सय ४६ जनामा निमोनियाको संक्रमण देखिएको थियो । यसमध्ये कडा निमोनिया १६ सय ३२ जना बालबालिका संक्रमित भएका थिए । निमोनिया सहित श्वास प्रश्वाससँग सम्बन्धित रोगका कारण गतवर्ष ७४ जना बालबालिकाको मृत्यु भएको तथ्याङ्कमा छ । 

सर्लाहीमा मिटर ब्याजको अर्को घटना सार्वजनिक 08.01.2020

आज बिहान सीआईएनसँग कुराकानी गर्दै सर्लाहीका कुशवाहले भन्नुभयो ‘मैले सञ्जय कुमार रौनियारसँग एक करोड रुपैयाँ ऋण लिएको थिए । ऋण लिएको एक वर्ष नपुग्दै मैले धितोमा राखेको जग्गा उहाँले बेच्न थाल्नुभयो । त्यसपछि मैले उहाँलाई सम्पर्क गरेँ । मैले उहाँको व्याज पनि तिरिसकेको थिएँ । उहाँले जग्गा बेच्न जरुरी नै थिएन ।’

जुम्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु 04.01.2020

जुम्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु 

पर्यटन प्रवर्धन गर्न गोरखाबाट पदयात्र सुरु 04.01.2020

पुस २७ गते काठमाण्डौँ पुग्ने गरी हिजोबाट यात्रा सुरु भएको हो । पदयात्रा सुरु हुनुपूर्व एक कार्यक्रमका बीच पदयात्रामा निस्किएका टोलीलाई टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० शुरु 01.01.2020

सीआईएनसँगको विशेष कुराकानीमा मन्त्री भट्टराईले यो वर्ष विगतका वर्षहरुभन्दा भिन्न हुने बताउनुभएको हो । नेपाल आउने पर्यटकले नेपालीको एकता, उत्साह र जाँगरलाई थप हौसला प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ ।

सुन्तलाले बजार पायो तर ढुवानी महङ्गो 21.12.2019

केहिवर्ष अघिसम्म बलिङ्टार ५ का खिमबहादुर थापा डोकोभरी सुुन्तला बोकेर कावासोती र दलदलले पुग्नुहुन्थ्यो । २८ किलोमिटर लामो पैदल यात्रापछि पुगिने बजारले कहिल्यै उचित मूल्य दिएन । अहिले अवस्था फेरिएको छ । सुन्तलाको भारी बोकेर बजार डुल्नु पर्दैन । सडक र ढुवानीको व्यवस्थाले केही सहज बनाएको किसानहरु बताउँछन् । 

बैतडीमा छैन दाइजोको समस्या 21.12.2019

कतिपय अविभावकले छोरीलाई आफ्नो गच्छे र अवस्था हेरेर सहयोग गर्छन् । तर त्यस्तो सहयोग दाईजोको रुपमा नभएको स्थानीयको भनाइ छ । स्थानीय दुरा भाँट दाइजो ल्याउनुपर्ने वा दिनुपर्ने भनेर करकाप नहुने गरेको बताउनुहुन्छ ।

बलात्कार पीडितको पीडा : न्याय पाउनै कठिन 21.12.2019

प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ५ सय ७७ र कार्तिक महिनामा मात्रै बलात्कार झन्डै दुईसय घटना भएका छन् । यो प्रहरीसम्म आइपुगेको घटना मात्रै हो । बाहिरै नआएका घटना यो भन्दा अझै बढि हुनसक्ने अनुमान छ । बलात्कारको घटनाको तथ्याङ्क जति डरलाग्दो छ, न्यायको ढोका ढकढक्याउन पुगेकाहरुले भोग्नुपर्ने हिंसा अझै पीडादायी छ ।

Hør på podkasten CIN NEWS i Replaio

Radio og podkaster i én app - gratis og uten registrering. Installer i dag, og ikke gå glipp av lanseringen

Last ned på Google Play

Replaio er ikke podkastutgiver; programnavn, omslag og lyd tilhører opphavspersonene og distribueres via offentlige RSS-feeder.